विघटित संविधानसभा पुनर्स्थापनाका लागि राष्ट्रपति डा. रामवरण यादव समक्ष  बिन्ति पत्र चढाएर संविधानसभा पुनर्स्थापना कसरी गर्ने भन्ने योजनमा जुटेका काँग्रेसका भुपू सभासद बीच कुटाकुटको अबस्था सिर्जना भएको छ ।
केही नेताहरुले आज विहान राष्ट्रपतिलाई भेटेर संविधान सभा पुनर्स्थापना गर्न आग्रह गरेको विषयमा पार्टीको निर्णय नै नभइकन किन गएको भनेर सुरु भएको विवाद कुटाकुटको अबस्थामा पुगेको हो । विहान राष्ट्रपतिलाई भेटेपछि पूर्व सभाषद जीवनप्रेम श्रेष्ठले संविधानसभाको पुनर्स्थापना नै अहिलेको निकास भएकोले सहमतिका आधारमा पुनर्स्थापना गर्न राष्ट्रपतिलाई आग्रह गर्दा के बिग्रियो त ? भनेपछि अर्का पूर्व सभाषद् मोहन पाण्डे ले माओवादीको बहुमत नजिक भएको संबिधानसभा किन माग गर्नुपर्यो भन्दै टेबल ठोकेपछि सुरु भएको बिबाद एकले अर्कालाई टेबलका लागि राखिएको नोटबुकले झटारो हान्नेसम्म पुगेर शान्त भएको हो ।

प्रतिक्रिया दिनुहोस !