नेपाली जनताले चाहेको ६० वर्ष पछि प्राप्त संविधान सभा नेपालका ठूला दलका नेताका कारण विगठन भएको छ । दशौं अर्वको लगानी र हजारौं नेपाली जनताको रगतको बलिदानीवाट प्राप्त संविधान सभा दलिय स्वर्थका कारण असफल भएको छ । मिति २०६९ जेष्ठ १४ मा नेपाली जनताले आफुले बनाएको नेपालको संघियता सहितको संविधान हेर्ने चाहानामा तुषारापत भएको छ । त्यसको साटो फेरी नेपाली जनतामाथि अर्को संविधान सभाको चुनाव २०६९ साल मंसिर ७ मा हुने भनि थोपारियको छ । यसरी थोपरीयको नयां संविधान सभाको चुनावलाई सरकार वाहेक अन्य राजनैतिक दलहरुले कसरी लिने छन् हेर्न बांकि रहेको छ । मन्त्रिपरिषदको निर्णय भनिए पनि मन्त्रिपरिषदको सदस्य निर्णय नहुदै बहिरीएको अवस्थाको निर्णय प्रधानमन्त्रिले राष्ट्रपति सामु पुराउन भएको छ । उक्त मन्त्रिपरिषदको निर्णयलाई राष्ट्रपति ज्यूले कसरि लिनु हुने छ र उक्त निर्णयको संबैधानिक पक्ष के कस्तो हुने छलफलको विषय रहेको छ ।
२०६९ जेष्ठ १४ मा संविधान दिने बाचा गरेका नेताहरुको आज जेष्ठ १४ गतेको दिनको व्यवहार र बोली सुन्दा नेपालको राजनैकि अवस्था अझै जटिल भएर जाने देखिएको छ .