चार वर्ष अघि मुलुकलाई नयाँ संविधान दिने बाचा गरेर संविधान सभा प्रवेश गरेका ६०१ सभासद्हरुले संविधान लेख्ने नाममा झण्डै तीन अर्व रुपैंया सिध्याएका छन् । सहमतीका नाममा पटक–पटक आफ्नो आयू वढाएका सभासद्हरुले संविधान सभाको पहिलो बैठकदेखि बैशाख मसान्तसम्ममा उक्त रकम खर्च भएको जानकारी संसद् सचिवालयका प्रवक्ता मुकुन्द शर्माले दिएका छन् ।  नयाँ संविधान जारी गर्न समय  केहि घण्टा मात्रै  बाँकी रहदा समेत प्रमुख राजनीतिक दलका नेताहरु दलगत स्वार्थका कारण सहमतीका पुग्न सकी रहेका छैनन् ।  दलगत स्वार्थ भन्दा माथि उठेर  मुलुकलाई नयाँ संविधान दिन सफल भएमा मात्र  नेपाली जनताका लागि तीन अर्व रुपैया खर्च हुनुले पनि अर्थ राख्नेछ र उनीहरुले मुलुकले नयाँ जीवन पाएको महशुस गर्नेछन् । अतः बाँकी रहेको केहि समयमा दलहरुबीच  सहमती कायम गरी मुलुकलाई नयाँ संविधान दिदै शान्ति र संबृद्ध नेपाल निर्माणको कार्यमा अग्रसर बनाउनु नै सबैको हितमा हुनेछ । त्यसो हुन नसके जनतामा राजनीतिक दल र सभासद्हरुप्रति आक्रोश बढ्नेछ जुन कसैका लागि हितकर हुने छैन ।

 

 

प्रतिक्रिया दिनुहोस !