सर्वाच्चको फैसला पश्चात निर्धारित समय सिमा भित्रै नया संविधान जारी गर्न नैतिक दबाबमा रहेका प्रमुख तीन दल का शिर्ष नेताहरुले मिलेका विषयलाइ मस्यौदा बनाएर जेठ १४ मा नै नया संविधान जारी गर्ने विषयमा छलफललाइ तिब्रता दिएका छन् । माओवादी अध्यक्ष निवास लाजिम्पाटमा आज बसेको बैठकमा राज्य पुर्नसरंरचनाको विषयलाइ रुपान्तरित संसदले टुंगाउने विषयमा छलफल भए पनि सहमति हुन सकेन । तीन दल रुपान्तरित संसदलार्इ जिम्मा लगाउने विषयमा सहमति नजिक पुगेको प्रतित्रिया दिएका छन् । यस अघि माओवादी र संयुत्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक बसेको थियो । बैठकमा मधेशी नेताहरुले संघीयता विनाको संविधान स्वीकार्य नहुने बताएका थिए । उनीहरुले सर्वाच्चको निर्णय हतारमा गरिएको निर्णय भएको बताएका छन् ।