अन्तर्राष्ट्रिय लडाकू समूह अलकायदाका नेता ओसामा बिन लादेन मारिएको झन्डै एक वर्ष बितेपछि उक्त समूहले भावी आक्रमण योजनाको दस्तावेज गोप्य रुपमा राख्ने अत्यन्तै अकल्पनीयशैलीलाई जर्मनीको डाइ जेइट अखबारलाई उद्धृत गर्दै मंगलबार सीएनएनले सार्वजनिक गरेको छ।
जर्मन क्रिप्टोलोजिस्टहरूले गत वर्ष फेला पारेका अलकायदाका दस्तावेजहरूमध्ये भावी आक्रमण योजनालाई अश्लील भिडियोमा लुकाइएको पाइएको छ। गत मे महिनामा २२ वर्षीय अस्ट्रियानिवासी एक पुरुषको अन्डरवियरभित्र लुकाएर राखिएको मेमोरी कार्डभित्र त्यस्तो योजना भेटिएको थियो। ‘किक आएस’ नामक अश्लील चलचित्र र ‘सेक्सी टान्जा’ नामक फाइलमा एउटा क्रुज जहाज कब्जा गर्ने तथा सन् २००८ मा भारतको मुम्बई शहरमा पाकिस्तानी लडाकूहरूले १ सय ६४ व्यक्तिको ज्यान जाने गरी गरेको आक्रमण जस्तै कतै आक्रमण गर्ने योजना राखिएको फेला पारेको थियो। पाकिस्तानबाट बुडापेस्ट हुदै जर्मनी फर्केका मकसुद लोडिन नामक ती अस्ट्रियन युवकलाई बर्लिनमा पक्राउ गरी प्रहरीले सोधपुछ गरेको सीएनएनले जनाएको छ।
हिरासतमा लिइ“दा उनको नाम आशंकित आतंककारीको सूचीमा रहेको बताइएको छ। उनको गिरफतारीपछि जर्मन अनुसन्धानकर्ताहरूले आतंककारी तालिम र ‘फियुचर वक्र्स’ नामक फाइललगायत अलकायदा सम्बन्धी १ सयभन्दा बढी दस्तावेज फेला पारेका थिए। पुनः भियनामा पक्राउ गरिएका लोडिन र युसुफ ओसाक नामक अर्को युवकविरुद्ध हाल आतंककारी गतिविधिमा संलग्न रहेको आरोपमा बर्लिनमा मुद्दा चलिरहेको छ।
ती दस्तावेजमा आक्रमणको तिथि र आतंककारीहरूको नाम स्पष्ट रुपमा उल्लेख नगरिए तापनि अलकायदाको उद्देश्य युरोप र संयुक्त राज्य अमेरिकामा ठूलो आक्रमण गर्नु रहेको बताइएको छ।
यसअघि पनि आलकायदाको नामक अश्लील चलचित्रस“ग जोडिइसकेको छ। अमेरिकी विशेष कमान्डो टोलीले विन लादेनलाई मार्न पाकिस्तानको स्वोत्तावादस्थित उनको निवासमा छापा मार्दा पनि थुप्रै अश्लील चलचित्र फेला परेको तथ्य सार्वजनिक भएको थियो।

जर्मनी,(एजेन्सी)

प्रतिक्रिया दिनुहोस !