काठमाडौं– सरकारले दुध किसानको भुक्तानीका लागि दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड रुपैयाँ ऋण भुक्तानी गर्न स्वीकृति दिएको छ ।
बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो ।
दुग्ध किसानले यस पटकको दुध आपूर्ति गरेबापतको भुक्तानी प्राप्त गर्ने भएका हुन् ।
आर्थिक वर्ष २०८१/०८२ मा दुग्ध विकास संस्थानको कच्चा दुधको आपूर्तिकर्ता दुग्ध किसानहरुलाई भुक्तानी गर्न बाँकी रकम भुक्तानी दिने प्रयोयोजनार्थ नगद प्रवाह व्यवस्थापन गर्नेगरी प्रविधि सुधार तथा व्यवसाय बिस्तार गर्न अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड रुपैयाँ ऋण भुक्तानी गर्न स्वीकृत दिने निर्णय भएको हो ।
Nepalkhabar.com














