काठमाडौं–मञ्जुश्री संवत् अनुसार २८६० सोनाम ल्होछार(नयाँ वर्ष) डुक मु पुख्री ल्होछारको अवसरमा यो पटक पनि राजधानीमा वृहत ल्होछार साँस्कृतिक महोत्सव हुने भएको छ ।
माघ २५,२६ र २७ गते ल्होछार समारोह आयोजना गरिने बुधबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो ।
तामाङ पत्रकार संघ(ल्होछार समारोह प्रचारप्रसार उपसमिति संयोजक)द्धारा आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार मञ्च निर्माण,झाँकी प्रदर्शन तयारी,प्रमुख अतिथि एवं अतिथि निमन्त्रणा,सहभागि व्यवस्थापन,स्वास्थ्य शिविर व्यवस्थान तयारी जस्ता तयारी पुरा भएको छ ।
ल्होछार समारोह तथा महोत्सवका लागि नेपाल तामाङ घेदुङको संयोजन,नेपाल तामाङ राष्ट्रिय घेदुङको उपसंयोजनमा गठित विभिन्न तामाङ संघसंस्थाहरु सम्मीलित राष्ट्रिय सोनाम ल्होछार २८६० डुक मुपुख्री ल्होछार मूल समारोह समितिले ल्होछार महोत्सवको तयारी पूरा भएको जनाएको हो ।
‘मञ्जुश्री सम्वत् २८६० सिङ फो मुपुख्री ल्होछार भव्य रुपमा सफल पारौं ! पहिचान सहितको ताम्सालिङ प्रदेश स्थापनाको लागि अघि बढौं ।’ भन्ने नाराका साथ प्रत्यक्ष अप्रत्यक्ष ५० औं लाख तामाङ तथा गैरतामाङहरुको सहभागिताको अपेक्षा सहित समारोह आयोजना गर्न लागेको समारोह संयोजक नेपाल तामाङ घेदुङका सहअध्यक्ष कुमार घिसिङले जानकारी दिनुभयो ।
समारोहका उपसंयोजक नेपाल तामाङ राष्ट्रिय घेदुङका महासचिव प्रविनकुमार वलले कार्यक्रमलाई अझ व्यवस्थित ढंगले सफल पार्न आर्थिक व्यवस्थापन उपसमिति,प्रचारप्रसार उपसमिति,मञ्ज साजवट उपसमिति,स्वास्थ्य सेवा व्यवस्थापन उपसमिति,सांस्कृतिक र्याली उपसमिति,सांस्कृतिक कार्यक्रम उपसमिति,खेलकुद तथा युवा परिचालन उपसमिति,वर्ष व्यक्तित्व सम्मान उपसमिति,ल्होछार इभ व्यवस्थापन उपसमिति,अतिथि सत्कार उपसमिति,तामाङ भाषा साहित्य प्रवद्र्धन उपसमिति लगायतका उपसमितिहरु खटिएको बताउनुभयो ।
तीन दिनसम्म मनाइने महोत्सवमा तामाङ जातिको सांस्कृतिक संस्थाहरु ताम्बा,बोन्बो तथा लामा गुरुहरुद्धारा विशेष पूजाआजा,सांस्कृतिक झाँकी प्रदर्शन,परम्परागत गीत,नृत्यहरु साथमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चर्चित कलाकारहरुको प्रस्तुती रहनेछ ।
यसैगरी तामाङ समुदायको विशेष खानाको परिकारहरु,तामाङ भेषभूषाहरु,तामाङ जातिसँग सम्बन्धित पुस्तक तथा अन्य जातिय पहिचान झल्कने परम्परागत वस्तुहरुलाई स्टलहरुमा विक्री तथा प्रदर्शनी गरिने जनाइएको छ ।
माघ २५ गते पहिलो दिन राष्ट्रिय चर्चित हास्य तथा कलाकारहरुद्धारा विशेष सांस्कृतिक कार्यक्रम,माघ २६ गते विशेष पूजापाठ,राष्ट्रि चचर्चित हास्य तथा गीतसंगीतका कलाकारहरु एवं मकर योञ्जन,डिजे तेन्जिङको विशेष प्रस्तुती,तेस्रो दिन २७ गते विशेष पूजापाठ,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्धारा समुद्घाटन,सम्बोधन तथा प्रमाणपत्र वितरण र ताम्बा संस्कृति,राष्ट्रिय चर्चित हास्य तथा गायक गायिकाहरुको सांगीतिक कार्यक्रम हुने प्रेस विज्ञप्तिमा उल्लेख छ ।
तामाङ समुदाय यो पटक २८६० सोनाम ल्होछार अन्तर्गत डुक ल्होछार मनाउने तयारीमा लागेका हुन् । चन्द्रपात्रोको पहिलो महिनाको पहिलो दिन अर्थात प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदादेखि शुरु हुने ल्होछार विभिन्न गुम्बा,घरघरमा पूजा गरी घर गायत सार्वजनिक स्थानहरुमा दज्र्यू गाड्ने,छो प्रसादहरु वितरण गर्ने,शुभकामना आदानप्रदान गर्ने,मान्यजनबाट आर्शिवाद ग्रहण गर्ने,चेलीबेटी,इष्टमित्र,कुटुम्बको भेटघाट,सामुहिक प्रितिभोज र सांस्कृतिक कार्यक्रम गरेर मनाउने गर्दछन् ।
विज्ञप्तिसहित

















