च्याब्रुङ प्रतिको आकर्षण

पाँचथर– प्रदेश स्तरीय नेपाली मौलिक बाजा प्रशिक्षण २०७८ को सुरुवात १ नं. प्रदेशबाट भएको छ । नेपाली मौलिक बाजाहरुको अभिलेखीकरण तथा संरक्षणका लागि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान संगीग विभागले पाँचथरबाट यसको सुरुवात गरिएको विभाग प्रमुख प्राज्ञ अशोक कुमार राईले जानकारी दिनुभयो ।

सुरुवातकै कामप्रति प्रशंसा भएको छ । पाँचथरमा भएको १२ दिने च्याब्रुङ प्रशिक्षणमा सबैको आकर्षण उत्तिके देखियो । संघीय सांसद तथा भौतिक पुर्वाधार तथा यातायात पूर्व मन्त्री वसन्त कुमार नेम्बाङले च्याब्रुङ प्रशिक्षणमा आफु बस्न नपाएकोमा थक थक लागेको बताउनुभयो ।

पूर्व मन्त्री नेम्बाङका साथै किरात याक्थुङ चुम्लुङका केन्द्रीय महासचिव निरती तुम्बापो, एवं प्राज्ञ सभा सदस्य भुमिका लिम्बु,संगीतज्ञ शिलाबहादुर मोक्तान,प्रसिद्ध गायिका कुन्ती मोक्तान लागायत धेरै विशिष्ट ब्यक्तित्वहरुले अवलोकन अनुगमनको क्रममा राम्रो प्रशिक्षण भन्दै यसमा आफू सहभागी हुन नपाएकोमा बहुत थक थक लागेको बताउनु भएको हो । उहाँहरुले नेपाली मौलिक र सांस्कृतिक पहिचान प्रवद्र्धन एवं संरषणका लागि कुनै पनि निकायबाट यस्ता कार्यक्रमहरुको निरन्तरता रहनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिस्ष्ठनको आयोजना र किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा पाचथरको ब्यबस्थापनमा प्रदेश स्तरिय लोक बाजा प्रशिक्षण कार्यक्रम अन्तर्गतको कार्यक्रम सदरमुकाम फिदिम स्थित बरदान संगीतालयमा लिम्बू जातिको अर्यन्तै पुरानो मौलिक बाजा च्याब्रुङको आधुनिक र सांगीतिक सिस्टम भित्र रहेर गरिएको प्रशिक्षण सकिएको हो ।

ताप्लेजुङ ,पाचथर,तेह्रथुम लगायतका अत्यन्तै उत्शाहित २२ जना पशिक्षार्थीहरु रहेको उक्त प्रशिक्षण कार्यक्रम मंसिर १२ गते देखि हरेक दिन दुई सिफ्ट गरेर ७ घण्टाको दरले मंसिर २६ सम्म सञ्चालन गरिएको हो ।

‘मैले कैयौ वर्ष च्याब्रुङ नाचें तर त्यो परम्परागत बादन र त्यस्तै नाचमा मात्र सिमित रहेछ, यो प्रशिक्षणले पुरै आँखा खोली दियो,आधुनिक र ब्यबस्थित रुपले बजाउन र नाच्न सिक्न पाउँदा सुरु सुरुमा त मै हराएँ तर प्रशिक्षणको केही दिन देखि मात्र प्रस्ट बुझियो कि हामिले नाचेको बजाएको त पुरै अब्यबस्थित र अबैज्ञानिक रहेछ ।’–सहभागि ताप्लेजुङ्का केबि किरातिले बताउनुभयो । तेह्थुमकी सहभागी समीक्षा थेगुवाको प्रतिक्रिया पनि कम महत्वपूर्ण छैन । ‘यसरी नै हामिले च्याब्रुङ नाच्नु बजाउनु मात्र होइन यसको उत्पती, यसको महत्व देखि बनाउने तरिका समेत जानियो भने मात्र पारङ्गत र साँगीतिक मुलधारमा ल्याउन सकिने रहेछ ।’–थेगुवाले बताउनुभयो ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिस्ठानका प्राज्ञ तथा संगीत बिभाग प्रमुख अशोक राईको प्रत्यक्ष निगरानिमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख प्रशिक्षक यासेली योङहाङ र प्रशिक्षकमा वरदान संगीतालयका प्रमुख बुद्ध लिम्बु इङ्वा हुनुहुन्थ्यो ।

कार्यक्रममा घटिका थेबे,समिक्षा लिम्बू,जुनु तुम्बापो,सुम्जिरी तुम्बापो,देबुबहादुर सावा,प्रभा मेयोङवा,उदय नेम्वाङ,केबि किराँती,कर्म चन्द्र नेम्बाङ,मन्दिरा मेयोङ्वा,महेश सेलिङ,मिराक हाङ लिम्बू ,महेन्द्र कुमार तुम्बापो,चन्द्र प्रकाश तुम्बापो,सेसेमा सुहाङ,तारा लिङ्देन,सम्झना योङहाङ,सुखराज लिम्बू,ज्योति बेघा,सुरेन्द्र सुहाङ,बिरेन्द्र लिम्बू माबो,लाजोहाङ लिम्बूले प्रशिक्षण लिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !