• शिशिर दोङ ,धुलिखेल

सिप्रेडको स्पिड फर लाइफ परियोजनाले मंगलबारदेखी काभ्रेको धुलिखेलमा सामुदायिक स्रोत ब्यक्ती(सिआरपि) र कृषि प्राविधिकहरुको क्षमता अभिबृद्धी सम्बन्धी तालिम थालेको छ ।

तालिममा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, हेलम्भु गाउँपालिका,काभ्रेको तेमाल गाउँपालिका,नमोबुद्ध नगरपालिका र धुलिखेल नगरपालिका समेत ५ स्थानीय तहका कृषि शाखाका २/२जना गरि २० जना सहभागी रहेको सिप्रेड प्राविधिक धुर्वा राईले जानकारी दिनुभयो ।

तेमालदेखि तालिममा सहभागी भएका सामुदायिक स्रोत व्यक्ति रत्न भण्डारीले तालिम अवधिमा नयाँ प्रबिधिको ज्ञान र स्थानिय स्रोत साधानको परिचालन गरि कृषि क्षेत्रलाई मजवुत बनाउन सक्ने उर्जा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै नमोबुद्ध नगरपालिकाका सामुदायिक स्रोत ब्यक्ती प्रतिमा चिमोरियाको प्रतिवद्धता छ–“यो तालिमपछि आफूले सिकेका ज्ञान र सीप आफुमा मात्र सिमित नराखी समुदायमाझ पुरयाउनेछु ।”

तालिमको पहिलो दिन स्पीड फर लाइफ परियोजना काभ्रेका प्रमुख विवेक आचार्यले परियोजनाका लक्ष्य ,उदेश्य र रणनीति बारे प्रष्ट पार्नुभएको थियो । एसिया एडको आर्थिक सहयोगमा संचालित परियोजनाले स्थानीय स्तरमा रहेको रैथाने जातको बालीको संरक्षण तथा सम्बद्र्धन गर्ने उदेश्य लिएकोले आफुहरु त्यस्सैमा लागि पर्ने उहाँले स्पष्ट पार्नुभयो ।

तालिमका प्रशिक्षक प्रधानमन्त्री कृषि अधुनीकीकरण परियोजना आलु सुपरजोन काभ्रेका अधिकृत कृष्ण धितालले अव्यवस्थित र अनियन्त्रित विषादि प्रयोग गर्ने प्रवृत्तिका कारण मानव स्वास्थ्यमा असर भई दर्घकालिन रूपमा अपाङ्गता भई वाँच्नु परेको उदाहरणहरु देखिएकोप्रति सचेत हुनुपर्ने बताउनुभयो ।

उहाँले विषादी बढी प्रयोग गरेको होइन कि प्रयोग गर्ने विधि वा प्रक्रिया गलत भएको औंल्याउनुभयो । विषादी प्रयोग गर्ने ब्यक्तिले आँखामा चस्मा ,मुखमा माक्स,हातमा पन्जा ,खुट्टामा बुट र जिउमा एप्रोन जस्ता सेप्टिको प्रयोग नगर्दा उपभोक्त भन्दा सोही किसान नै विभिन्न रोगको सिकार हुने गरेको उहाँको भनाई छ ।

कृषि ज्ञान केन्द्र काभ्रेका वागवानी अधिकृत उमेश सापकोटाले परियोजना लागू गरिएका स्थानहरुमा गर्दै आएका मुख्य बालिहरु जस्तै चम्सुर, रायो ,केराउ काँक्रो सिमि लगायतका बालिहरुबारे लक्षित गर्दै खेतिलाई ब्यवसायिककरण गर्नमा कृषकले जग्गा तयारी गर्ने देखि उत्पादन नहुन्जेल सम्म रेख देख गरिरहनु पर्नेमा जोड दिनुभयो । त्यसका लागि लहरे बालिको सन्दर्भमा फोजि अर्थात (दोस्रो पुस्ता र तेस्रो पुस्ता) प्रविधिको प्रयोगको अति प्रभावकारी हुने उहाँको सुझाव छ ।

आवासीय सहितको तालिम १४ गते सम्म सन्चलन हुने परियोजनाका कार्यक्रम संयोजक नवराज न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !