• हिम्मतिला उदाहरणीय नारी

काभ्रे–लामो समय देखि ड्राइभिङ सेन्टर मार्फत् थुप्रैलाई ड्राइभिङ ट्रेनिङ दिइदै आउनुभएकी काभ्रेली चेली लक्ष्मी मगरलाई यसैैकारण अहिले लकडाउनले निकै व्यस्त बनाएको छ ।

उहाँ अहिले विश्वमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण तथा रोकथामका लागि सरकारले लागू गरेको लकडाउनमा धेरै जनाको सारथी बन्नु भएको छ ।

उहाँ काम विशेषले इटहरी जानु भएकै बेला मुलुकमा लकडाउन घोषणा भएपछि काठमाडौ फर्किन सक्नु भएन । उहाँ आफ्नो दाईको घरमा जानु भएको बखत थियो त्यो । दाईलाई मधुमेह(सुगर), प्रेशर भएकोले एम्बुलेन्स घरमै राख्ने विचार गर्नु भयो ।

लक्ष्मीलाई लाग्यो आफूसंग सीप छदैछ,यतिबेला मानिसहरुलाई नि गाडीको निकै नै समस्या परेको छ । उहाँले दाईसंग सल्लाह गरि एम्बुलेन्स चलाउने विचार गर्नुभयो । त्यसयता उहाँ एम्बुलेन्स चालकको रुपमा व्यस्त हुनुहुन्छ । त्यो पनि आफ्नै तर्फबाट निस्वार्थ र निशुल्क सेवा  ।

हामीले उहाँसँग प्रत्यक्ष टेलिफोनमार्फत लकडाउनमा अनुकरणीय सेवा अनुभवबारे बुझेका छौ । उहाँको आफ्नो अनुभव यस्तो छ : 

यसरी सेवा कर्रममा व्यस्त हुन पाउँदा रमाइलो लागिरहेको छ । ड्राइभिङ तालिम दिइ रहेपनि एम्बुलेन्स चालक नै बनेको पहिलो पटक हो । सुनसरी एम्बुलेन्स संघ अन्तर्गत धेरै एम्बुलेन्स चालकहरुसंग चिनजान गर्ने मौका मिल्यो त्यो भन्दा बढि खुशी चाहि सेवा गर्न पाइराछु ।

लकडाउनको सुरुको दिनमा अस्पतालहरुबाट धेरै बिरामीहरु डिस्चार्ज भएकोले धेरै नै व्यस्त भएँ । त्यो दौरानमा दिनमा कुनै दिन त २२-२३ घण्टासम्म एम्बुलेन्स चलाएँ । कहिले काठमाडौ , विराटनगर, पूर्वतिरको दमक काँकटभिट्टा लगायत धेरै ठाउँहरुमा गएँ ।

समुदायको मान्छेहरु नि हामी देखि सतर्क भएको पाउछौ, दुरी ख्याल गर्ने, तर राम्रै व्यवहार गरेको छ उनीहरुले पनि । पारिवारमा पनि बाहिरबाट आइसकेपछि आफ्नो सरसफाई गर्ने परिवारको सदस्यसंग दुरी कायम गर्ने गरिराछु ।

हुन त यो रोग नै त्यस्तै किसिमको छ । हामी आफै पनि सजक हुनु नै पर्छ डाक्टर भन्दा अगाडि हामी बिरामीको सम्पर्कमा पर्छौ , उसलाई कोरोना लागेको नलागेको भनेर स्पष्ट भएको हुदैन । काम गरिराछु लकडाउन अवधिभर गरिरहन्छु ।

हामीले व्यक्तिगत सुरक्षाको सामाग्री पनि पाएको छैन संघले यो विषयमा उपमहानगरपालिकामा कुरा उठाइराखेको छ । अहिलेलाई आफैले पन्जा, मास्क,किनेर चलाइराछु किन्न नि पाइरहेको छैन । पिपिईको केसमा एउटा रेनकोट किनेको छु आवश्यक परेको खण्डमा लगाउनलाई ।

खासमा ११ वर्ष देखि गाडी चलाको हो । एम्बुलेन्स चलाउन त खासै केहि छैन । बिरामीको अवस्था देख्दा अझ काम गर्नुपर्छ जस्तो लाग्छ । लकडाउन छ, गाडी छैन गाह्रो भैरको हुन्छ । त्यसैले पनि कुनै दिनमा दिनै भर निरन्तर एम्बुलेन्स चलाए । तर कहिले काँहि लाग्छ । आफू नि सुरक्षित हुन जरुरी छ । मास्क, पन्जा लगाउने , सरसफाईमा ध्यान दिन्छु ।

अन्त्यमा केहि सन्देश ?

हुन त जसले जसरी समयहरु बिताइरहनु भाछ,आ- आफ्न भोगाई छन् । जसरी हामीले अहिले काम गरिराछौं एउटा एम्बुलेन्स चालक भएर । अहिले हामीले व्यक्तिगत सुरक्षाको सामाग्री उपलब्ध भएको भए राम्रो हुन्थ्यो ।

हामी नि धेरै ठाउँमा पुग्छौ, भेट्छौ , हामी आफ्नो र हामीबाट अरुलाई सुरक्षित बनाउन समयमै ध्यान दिनु भयो भने राम्रो हुन्छ । सबै जनाले आ आफ्नो ख्याल गरौ, नियमको पालना गरौ भन्न चाहान्छु ।

लक्ष्मी एक व्यवसायी, समाजसेवी पनि

मगर युवा जमातकी हिम्मतिला तथा उदाहरणीय व्यक्ति । काभ्रेमा ड्राईभिङ सेन्टरको संचालनदेखि रेष्टुरेन्ट पनि चलाउनु हुन्छ । साथै उहाँ आफ्नै रेखदेखमा अहिले २ जना बच्चाहरुलाई पढाई रहनु भएको छ । उनिहरु कक्षा ३ र ९ कक्षामा अध्ययनरत छन् ।

https://www.youtube.com/watch?v=xOc7gzL53xk

प्रतिक्रिया दिनुहोस !