-सन्दीप के.सी.
विश्वमा अहिलेको समय सम्म करिव १६लाख मानिस कोरोनाभाइरस अर्थात कोभिड १९ का कारण बिरामी परेका छन् भने करिवे १ लाख भन्दा बढि ब्यक्तिले यो संसारबाट बिदा लिइसकेको भयावह अवस्था रहेको छ । विकशीत हुन् वा विकाशशील कुनै पनि मुलुक अछुतो छैन । संसारका करिव १ तिहाइ भन्दा बढि मानिसहरु बिना आर्थिक उपार्जन घरभित्र लकडाउनको अबस्थामा जिवन गुजारी रहेका छन् । स्वास्थ्य बिज्ञानलाई चुनौती दिंदै कोभिड १९ ले स्वास्थ्य क्षेत्रमा आकस्मीक अवस्था घोषणा गर्न बाध्य मात्र तुल्याएन यसले मानिसहरुलाई त्राहिमामको अवस्था श्रृजना गर्न सफल भयो । अमेरीका तथा इटाली र स्पेन जस्ता देशहरुमा भएका विकाश निर्माणहरुलाइ समेत ठप्प पारेर चुनौतीपुर्ण एकान्तबास बन्दाबन्दीको जिवनमा जिउन विवश बनाएको छ ।
नेपाल जस्तो बिकाशको गतिमा लर्खराउँदै गरेको बिदेशी भुमीमा श्रम बेचेर देश बासीको गुजारा चलाउने देशमा ३ हप्ता को लकडाउन नखाउँ भने दिनभरीको सिकार खाउँ भने कान्छा बाउको अनुहार झैैं भएको छ । सरकार कोरोना नियन्त्रण गन विश्वले अबलम्बन गरेको बिधि लकडाउन प्रभावकारी बनाउन निर्बिकल्प जोड लगाइरहेको छ भने जनता केही दिनको अबधिमा सुधार आउने आशाका साथ जिवन रहेत जसोतसो गरी खाउँला भनि भर्रखरै चलाउन सिकेका मिडीयामा आपसि दुखेसो पोख्दै साहुले उधारो पत्याउन्जेल काम नगरी खान पाएकोमा धन्य भएका छन् ।
रातारात अब राजधानी टिक्न सकिंदैन भनी ४ देखि ७ दिन सम्मको बाटो पैदल हिँडेर मेची माहाकाली फर्कनेको दशा देख्दा लाग्छ अब दुई छाक खाएर आफ्नै छाप्रो भित्र टाउको लुकाउनेहरु बास्तविक जिवनमा गरिवीको रेखा नाघेर सम्पन्नता तिर लम्कीएकै हो रहेछन । बाटोमा जुझारु युवाहरुले राखेका पानी र चाउचाउ पनि कती मिठो चपाइ रहेका थिय उनिहरु । सायद अब केही दिन लम्बीने हो भने लाग्छ त्यो पनि भेटीने अवस्था रहने छैन । ति अबोध बालबालिकाहरु बोकेर तातो पिचमा गन्तब्यमा घिस्रिरहेकाहरुलाई लाग्दो हो यो बाटो नबनेको भए पनि कम्तीमा खालि जमिन त टेक्न पाउँने थियँ ।
परिस्थिती हेर्दा लाग्छ अबस्था त्यतीमा सिमित हुनेवाला छैन। यो भोकमरीको पिडा झेलिरहेकी एउटा गर्भवती आमाको पेटबाट जन्मने शिशुको कुपोषीत अबस्था जब मानसपटलमा आउँछ लाग्छ विश्वले एउटा अर्को पिडित पुस्ता जन्माउँदैछ जो फेरी हिजो भोगेको कुपोषण, गरिवी र बिपन्नताको चक्रमा होमीन तयार रहनुको बिकल्प छैन । यसो भनि रहँदा लेखकको उदेश्य निरासाको जालो फाल्नु र कमजोर देशको अवस्था चित्रित गर्न खोज्नु हँदै होइन ।
हो हामी घर भित्र रहनु नै माहामारीबाट वच्ने विकल्प हो तर एकातिर हुने खानेहरुमा शारीरिक क्रियाकलापको कमि र मिठा मिठा खानपानका कारणल उच्च रक्तचाप र मुटुका रोगहरु बढ्ने टड्कारो जोखिम बढेको छ भने अर्को तर्फ कमजोर र हुँदा खानेहरुमा कामका अभाबका कारण कुपोषणको चक्र फैलने सम्भावना देखिन्छ । सहश्राब्दी बिकास लक्ष्यले राखेको भोकमारीको अन्त्य र कुपोषणको चक्र तोड्ने लक्ष्य अलपत्र पर्ने अवस्थामा पुग्ने अनुमान सहजै गर्न सकिने परिस्थिती बनिसकेको छ ।
त्यसैले चुनौतीलाई सम्भावनामा बदल्न नलाग्ने र देशको मुख ताक्ने अनि बिदेशबाट आउने रेमिटेन्सको भर पर्ने हो भने अवस्था झन नाजुक हुन सक्छ । अब घरभित्र गर्न सकिने, समुह बेगर एक्ले बसेर गर्न सकिने कामहरु तथा बाँझा जमिनहरु उपयोग गरेर खाध्यान्न तथा दैनिक आय उपार्जनमा नलागेर रमिते बनेर बस्नुको कुनै तुक भेटिंदैन । आउनुहोस चुनौतीलाई सम्भावनामा बदलौैं, पुर्खाको कमाइले खानेहरुसंगको संगत छोडेर आगामि सन्ततीलाई उज्यालो भविश्य दिन माहामारीको अन्त्यका दिन मात्र गनेर हँुदैन । जिवन जिउने तरिका बदलौं, रोग नफैलने कामना संगै भोलीका सुन्दर दिनको मिठो आसा सहित क्रियाशिल जिवन बाँचौं सहकार्यका साथ ति अबोध आमा र शिशुहरुलाई जोगाऔं।
लेखक धुलिखेल नगरपालिका,काभ्रेका स्वास्थ्य शाखा प्रमुख हुनुहुन्छ ।
लैगिंक हिंसा सम्बन्धी परामर्शका लागि