• नमोबुद्ध संवाददाता

काठमाडौं–गीत संगीत तथा रंग दुनियाँमा नेपालका आदिवासी जनजाति समुदायमा तामाङ निकै अगाडी बढेको पाईन्छ,यस क्षेत्रमा भएका थोरै कलाकर्म मात्रै मिलेर भएका छन् भने धेरैचाँहि बेग्लाबेग्लै ।

स्वतन्त्र ढंगबाट आ–आफ्नै तवरले एकले अर्काको इगोकै रुपमा भएका कर्मले प्रतिस्पर्धा बढायो जसले गर्दा पनि संख्यात्मक रुपमा धेरै गीत संगीत आए,चलचित्रहरु बने तर यिनै बीचमा कला सृजनाको गुणात्मक पाटो सुधार्नुपर्ने चर्को आवाज उठ्दै आयो ।

कुनै पनि कामलाई उत्कृष्ठ बनाउन सामुहिक प्रयासको महत्वपुर्ण भुमिका हुन्छ,यो प्रयास तामाङ कला क्षेत्रमा विरलै हुन्छ ।  यस क्षेत्रमा सामुहिक भावलाई लत्याउने,घमण्ड र संकिर्णता रहेसम्म यो आवाज सदैव उठिरहन्छ नै ।

पेशागत रुपमै लागेका तामाङ कलाकार बढिमा तीन दर्जनको हाराहारीमा होलान् तर त्यसभित्र खेमा खेमा–गुट गुट भएका कारण तामाङ कला जगतमा गुणात्मकतता र सामाजिक उत्तरदायित्वका विषय सम्बोधनको स्थिती अझै बनेको छैन ।

यिनै सन्दर्भमा सामुहिकतालाई पकड्न ‘ह्याङ तामाङ घि तातोला’(हामी तामाङ एक हुनुपर्छ)  भन्ने मुल नाराका साथ स्थापना भई कला क्षेत्रमा क्रियाशिल डम्फु मिडिया हाउसले ‘डम्फु ह्राप्सी’ (डम्फु बजाइ) बोलको सांस्कृतिक गीत भिडियो सहित शुक्रबार राजधानीमा सार्वजनिक गरेको छ ।

डम्फु गीतका साथ डम्फु बजाउँदै उद्घाटन गरिएको औपचारिक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्नुहुदै बरिष्ठ कलाकार जयनन्द लामाले हिजोको पञ्चायती व्यवस्थामा राज्यले मलुकका आदिवासी समुदायको कला र कलाकर्मीलाई गरेको व्यवहारबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताउनुभयो ।

सिन्धुपाल्चोकको पहाडी गाउँबाट आजभन्दा ४ दशकअघि काठमाडौं झरेका लामाले आफ्नो पहिचान खोजेकै(तामाङ गीत गाएकै) कारण जेल परेको विगत सम्झाउँदै उहाँले भन्नुभयो–“हिजो हिन्दुगान मात्रै गाउन लगाउँथे,हाम्रो कुरा गर्दा जेल परिन्थ्यो तर आज हामी धेरै हदसम्म स्वतन्त्र भएका छौं, हाम्रो समुदायको यस्तै यस्तै विकाका लागि एक ठाउँमा उभिनै पर्छ,यस्तो बेला नगरे कहिले गर्ने ? त्यसैले यहाँहरु सबैलाई शुभकामना छ । ”

“हिजो हिन्दुगान मात्रै गाउन लगाउँथे,हाम्रो कुरा गर्दा जेल परिन्थ्यो तर आज हामी धेरै हदसम्म स्वतन्त्र भएका छौं, हाम्रो समुदायको यस्तै यस्तै विकाका लागि एक ठाउँमा उभिनै पर्छ,यस्तो बेला नगरे कहिले गर्ने ? त्यसैले यहाँहरु सबैलाई शुभकामना छ । ”

डम्फु मिडिया हाउसका सञ्चालक एवम् कलाकार अमिर दोङले पनि ‘डम्फु ह्राप्सी’ गीत सामुहिक भावनाको प्रतिफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो–“कुन्साङ वाइबा सम्धी अहिले बाहिरी मुलुकमा हुनुहुन्छ,उहाँ हाम्रो समुदायबारे निकै चिन्तन गर्नुहुन्छ,कला क्षेत्रमा सबै कलाकारलाई अटाउने गरी एउटा काम गर्नुपर्यो भन्नुभयो,मैले हुन्छ गर्छु भनें,हाम्रो समुदायको चिनारी सबै कलाकारहरुलाई एक ठाउँमा उभ्याएर यो काम गरें,सबै कलाकारहरु छिन्नभिन्न भएर लागिरहेको अवस्थामा हाम्रो कला क्षेत्रका गुरुदेखी चेलासम्मलाई जुटाएर यो काम सफल भयो, यो कर्म तामाङ एकताको लागि हो ।”

यसबाट तामाङ कलाकार तथा तामाङ एकताको सन्देश जाने उहाँको भनाई छ ।

‘लानीदिनी’,‘छेह्रेङ्गै’ जस्ता एल्बमबाट स्थापित भईसक्नुभएका कुन्साङ वाइबा डेढ दशक अघि ‘सेम जो’ गीति एल्बम सार्वजनिक गरेलगत्तै युरोप छिरेयताको कला कर्म हो ‘डम्फुमी ह्राप्सी’।

यो गीतमा पनि वाइबाले चन्द्रकुमार दोङसँगको सहकार्य टुटाउनुभएन,दोङकै शब्द संगीतमा गाउनुभयो ‘डम्फु ह्राप्सी’ ।
गीतमा तामाङ समुदायको सांस्कृतिक जीवनमा डम्फु र सेलो गीतको महत्व दर्शाईएको छ ,प्रतिकात्मक रुपमा भाषा,धर्म र संसकृतिको संरक्षणका लागि एउटै थलोमा उभिन आह्वान गरिएको छ ।

अमिर दोङद्धारा निर्देशित गीतको भिडियोमा चार दशअघिदेखीका बरिष्ठ कलाकारदेखी अहिलेको कलाकारसम्म जोडिएका छन् ।

विक्रम मोक्तान र प्रकाश वाइबाको क्यामेरामा खेम मोक्तानको कोरियोग्राफी अनुकुल जयनन्द लामा,नायक कुमार मोक्तान,नायिका चाँदनी मोक्तान,रञ्जिता ब्लोनका साथै बुद्धि तामाङ,सन्दिप स्याङतान,स्वयम् निर्देशक दोङ र कलाकार वाइबा,कुइसाङ रुम्बा,राजकिङ वाइबा,अनिता गोले,सुस्मा मोक्तान,पुसन लामा,निराञ्जली लामा,अभि लामा,पुर्णिमा थोकर,याङ्गी दोङ,पदम दोङ,मिलन थिङ लगायत झण्डै दुई दर्जन कलाकारले कम्मर मर्काएका छन् ।

सबैले भन्छन् :

डम्फु ह्राप्सी स्याअीले एःङा

ह्राङ्ला ह्रिमठिम तोक जेना,

तिनिनन् स्याअी न्हाङ्गर स्याअी

ह्याङ्ला ह्रिमठिम छुना लाअी,……..

भिडियोसहित हेर्नुहोस् :

https://www.youtube.com/watch?v=HZtLJoGwkI0

प्रतिक्रिया दिनुहोस !