-
नमोबुद्ध संवाददाता
काठमाडौं– सुचना तथा संचार प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले चीनियाँ राष्ट्रपति सी चिन फिङको भ्रमण ऐतिहासिक रुपमा सफल भएको बताउनु भएको छ । मंगलबार राजधानीको बिजुलीबजारस्थित संचार केन्द्रमा पत्रकारहरुलाई सम्बोधन गर्दै उहाँले भ्रमणका उपलब्धीबारे चर्चा गर्नुभएको हो । प्रस्तुत छ, सरकारका प्रवक्ता बाँस्कोटाले गर्नु भएको सम्बोधनको सम्पादित अंश–
हाम्रो निकट छिमेकी राष्ट्र चीनका महामहिम राष्ट्रपतिको २ दिने नेपाल भ्रमण तयारीका हिसाबले, सुरक्षा व्यवस्थापनले र त्यसबाट प्राप्त गरिएका उपलब्धिका हिसाबले असाधारण रुपमा सफल भएको हाम्रो विश्वास छ ।
यसको एउटा ऐतिहासिक पक्ष के रह्यो भने २३ वर्षदेखि चीनबाट यो तहको भ्रमण नेपालमा भएको थिएन । लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको, संघीयता कार्यान्वयनमा ल्याएको, सुदृढ र स्थिर राजनीतिक व्यवस्थाको हिसाबले पनि हाम्रो सम्वैधानिक व्यवस्था ५ वर्षका लागि मजबूत सरकार रहेको बेलामा महामहिम चिनियाँ राष्ट्रपति सी को नेपालमा भ्रमण भयो । यो भ्रमणको बहुआयामिक अर्थ छ ।
अर्को महत्वपूर्ण कुरा के रह्यो भने यो भ्रमणलाई नेपालको संस्थापनले मात्र होइन आम नागरिकहरु, सबै राजनीतिक दलहरु, नेपालको मिडिया र नेपालको भलो चिताउने सबैले हार्दिक स्वागत गरेको एउटा असाधारण अवस्था देखियो । र, यो नै हाम्रो लागि सबैभन्दा महत्वपूर्ण कुरा हो । यसले ठोस रुपमा केही छापहरु, केही सन्देशहरु नेपालभित्र, नेपाल बाहिर र बाँकी संसारलाई पनि दिएको छ ।
हाम्रा छिमेकी मुलुकहरु चीन र भारतको तुलनामा भूगोलको हिसाबले, जनसंख्याको हिसाबले, आर्थिक प्रगति र क्षमताको हिसाबले पनि हामी वामे सर्दै छौं । तर चीन संसारको एउटा महाशक्ति राष्ट्र र त्यसको राष्ट्रपतिको नेपाल भ्रमण एउटा विश्वव्यापी सन्देश के थियो भने– ‘मानव जातिका विश्वव्यापी सुख र समृद्धिका अभियानहरुमा हामी साथै रहन्छौं ।’ त्यस हिसाबले पनि दुई देशको राजनीतिक नेतृत्वको बीचमा विश्वास र समझदारीको वातावरण बन्यो ।
भ्रमणले आर्थिक विकासतर्फ लक्षित दिर्घकालिन साझेदारी तय गरेको छ । जुन नेपाली जनताको आकांक्षा हो । जसमा खुलेर चिनियाँ राष्ट्रपति महामहिम सि चिन फिङले नेपाललाई सहयोगको हात बढाउने घोषणा गर्नुभयो । जुन कुरा मिडियामार्फत नै आम नेपाली जनता र विश्वजगतले पनि थाहा पाइसकेको छ । खासगरी सम्माननीय प्रधानमन्त्रीले एउटा सपना देख्दै आउनुभएको थियो कि ‘नेपाल भूपरिवेष्ठितबाट भुजडित राष्ट्रको रुपमा लैजानेछु’ भन्ने । त्यसको निम्ति चिनियाँ राष्ट्रपतिले हामीलाई हौसला प्रदान गर्नुभएको छ ।
भ्रमणले आर्थिक विकासतर्फ लक्षित दिर्घकालिन साझेदारी तय गरेको छ । जुन नेपाली जनताको आकांक्षा हो । जसमा खुलेर चिनियाँ राष्ट्रपति महामहिम सि चिन फिङले नेपाललाई सहयोगको हात बढाउने घोषणा गर्नुभयो । जुन कुरा मिडियामार्फत नै आम नेपाली जनता र विश्वजगतले पनि थाहा पाइसकेको छ । खासगरी सम्माननीय प्रधानमन्त्रीले एउटा सपना देख्दै आउनुभएको थियो कि ‘नेपाल भूपरिवेष्ठितबाट भुजडित राष्ट्रको रुपमा लैजानेछु’ भन्ने । त्यसको निम्ति चिनियाँ राष्ट्रपतिले हामीलाई हौसला प्रदान गर्नुभएको छ ।
चिनियाँ राष्ट्रपतिले वीआरआई अन्र्तगत हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जाललाई विकास गर्ने जुन कुरा गर्नुभयो, त्यसको झन ठुलो अर्थ छ । हिमालय हिजो एउटा किल्ला जस्तो थियो, त्यो बेलामा पनि नेपाली जनता र चिनियाँ जनताले आफ्ना संस्कृतिमार्फत मानव पुल बनाएका थिए । अब हामी भौतिक पुल बनाइरहेका छौं । साथै चीन र दक्षिण एसियासित समेत त्यो पुल पुग्न सक्ने संभावना देखा परेको छ । त्यस हिसाबले हेर्ने हो भने सडक सञ्जाल, रेलवे, हवाई, सञ्चार, उर्जालगायत यी सबै कुराहरुले हाम्रो समृद्ध राष्ट्रहरुबाट छिमेकी मुलुकहरुले पाउनुपर्ने हिस्सा प्राप्त गरेको अनुभूति भएको छ । यद्यपि त्यसमा हामी नै निर्णायक र महत्वपूर्ण हुन्छौं जहिलेपनि ।
चीन हामीभन्दा शक्तिशाली र क्षमतावान् राष्ट्र हो । उसलाई हामीले अरु दिन सक्दैनौं । त्यसैले हामीले राष्ट्रपतिलाई भव्य स्वागत दियौं । मन मनबाट सम्मान दियौं जसबाट चिनियाँ राष्ट्रपतिले हामीलाई धन्यवाद ज्ञापन गर्नुभएको कुरा पनि हामीले मिडियामार्फत नै थाहा पाएका छौं । उहाँको त्यो धन्यवाद ज्ञापन सरकारले पनि पाएको छ । एउटा सम्भावनाको अथाहा ढोका खुल्यो । यसबाट अब हिजोको सपनाहरु आज योजनामा बदलिएका छन् । यी योजनाहरु अब कार्यान्वयनको तहमा क्रमशः जाँदैछ । जसले अबका केही वर्षहरुभित्र नेपालको सम्पूर्ण अर्थतन्त्र, यसका उत्पादन क्षमता र सामाजिक र आर्थिक रुपान्तरणमा यसले अगाडि बढाउनेछ, थप उत्साहित बनाउनेछ । यस हिसाबले यो एउटा धेरै नै महत्वपूर्ण उपलब्धी हो ।
सँधै नकारात्मक टिका टिप्पणी गर्नेहरुतर्फ नेपाल राष्ट्र र नेपाली जनता गएको छैन । यसलाई हामीले नयाँ स्तरको उचाईको सम्बन्ध कायम गरेका छौं । यो भ्रमणले स्वाभाविक रुपमा पर्यटनमा, उर्जामा, सञ्चारमा, व्यापारमा, यातयातमा, संस्कृतिलगायत सम्पूर्ण चिजमा चमत्कारिक प्रभावहरु देखा पर्दै जानेछन् । यो भ्रमणले दुवै देशको हात कसिलोसित मिलेको छ । हामी कोही पनि हारेका छैनौं । दुवै राष्ट्रले जितेका छौं । दुवै देशका समान चासो र उदेश्यहरु एकरुपताका साथ अघि बढ्ने कुरा भएको छ ।
एउटा सम्भावनाको अथाहा ढोका खुल्यो । यसबाट अब हिजोको सपनाहरु आज योजनामा बदलिएका छन् । यी योजनाहरु अब कार्यान्वयनको तहमा क्रमशः जाँदैछ । जसले अबका केही वर्षहरुभित्र नेपालको सम्पूर्ण अर्थतन्त्र, यसका उत्पादन क्षमता र सामाजिक र आर्थिक रुपान्तरणमा यसले अगाडि बढाउनेछ, थप उत्साहित बनाउनेछ । यस हिसाबले यो एउटा धेरै नै महत्वपूर्ण उपलब्धी हो ।
त्यस हिसाबले हेर्दा हामीले गरिबी र पछ्यौटेपनबाट अघि बढ्न चाहेको र चीनको आर्थिक विकास र सहयोगी मन रहेकाले हामीपनि बाँकी दुनियाँसँग सँगसँगै हुनेछौं भन्ने विश्वास पनि दिएको छ । हामी र हाम्रो बैदेशिक सम्बन्धलाई त्यसको कडीको रुपमा यो भ्रमण रहेको छ । हामीले विकास र समृद्धिमा सँगै हिड्नका लागि साझेदारीका कुरा गरेका छौं । र यसले पछिसम्ममा विकासको ठुलो फड्को मार्नेछ । त्यसमा हामीले एउटा सफलता हाँसिल गर्नेछौं । चिनियाँ राष्ट्रपति सीको राष्ट्रिय रुपमै गरिएको हार्दिक स्वागत, हार्दिक सम्मान र सुरक्षा प्रबन्धहरु, जनताले दर्शाएको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा कुनै पनि अवरोध नहोस् भन्ने सरकारको चाहनालाई जनता स्वयम्ले साथ दिएको कुराले हामीलाई थप सहयोग पु¥याएको छ ।
आगामी दिनमा पनि मित्रराष्ट्रहरुसँग यस प्रकारका सम्बन्धहरु गहिराईमा पुर्याउन सक्छौं भन्ने छ । यो भ्रमण विश्वासका तहमा असाधारण मान्न सकिन्छ । हाम्रा राष्ट्रिय आकांक्षाहरुलाई अगाडि बढाउने क्रममा असाधारण उत्साह र समर्थन छ । यो भ्रमण अतुलनीय रह्यो । सगरमाथाकै उचाई र समुन्द्र जत्तिकै गहिराईको सम्बन्ध स्थापित भएको छ । त्यसले हामी सबै खुसी छौं । सरकार खुसी छ, आम नागरिकहरु खुसी छन् र चीन पनि खुसी भएको कुरा स्वयम् महामहिम राष्ट्रपति ज्युले व्यक्त गर्नुभएका मिडिया मार्फत र हामीलाई पठाइएका सन्देशहरुले पनि स्पष्ट गरेका छन् । त्यसैले भ्रमणका प्रभावहरु क्रमश देखा पर्दै जानेछ र त्यसले अवश्य नै विकास, समृद्धि, सामाजिक न्याय, आर्थिक, सामाजिक रुपान्तरणमा काँचुली फेर्ने गरि अगाडि बढ्नेछ ।
राष्ट्रपति सी जिनपिङ्गको भ्रमणले संसारसामू हामीलाई एउटा नयाँ विन्दुमा पुर्याएको छ ।