नेपालमा रेल गुड्ने विश्वास

  • नमोबुद्ध संवाददाता

काठमाडौं– चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई महत्वका साथ हेरिनुका पछाडि आस र विश्वास पनि हो । दशकौं वर्ष राजनीतिक द्धन्दमा फसेको नेपालले बल्ल आर्थिक समृद्धि र विकासको एजेण्डा पाएकोले यसमा छिमेकी मुलुकको साथ खोज्नु अस्वाभाविक हैन ।

शनिबार अपराह्न नेपाल भ्रमणमा आउनुभएका चीनका राष्ट्रपति सी स्वदेश फिर्तिअघि नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता भयो ।

चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आआफ्नो मुलुकको प्रतिनिधित्व गरेको वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचारविमर्श भएको थियो ।

वार्ता लगत्तै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको छ ।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा तिनै समझदारीका कुराहरु उल्लेख छन् । समझदारीपत्र र लेटर अफ एक्सचेञ्जमा के–के छन् त ? हेर्नुहोस् ।

१. चीन–नेपाल अन्तरदेशीय रेल परियोजनाको सम्भाव्यता अध्ययनको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच समझदारी ।

 

२. सुशासन क्षमता बृद्धिका लागि समझदारी

 

३. अपराध सम्बन्धी आपसी कानुनी सहायताको लागि सम्झौता

 

४. सगरमाथा संरक्षणको लागि समन्वय गर्न समझदारी

 

५. राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच लगानीका प्रमुख परियोजनाको प्रवर्द्धन र उत्पादनमूलक क्षमतामा समन्वयनको लागि समझदारी ।

 

६. चीनको छेन्दुमा नेपालको कन्सुलेट जेनेरल राख्नको लागि नोट आदानप्रदान ।

 

७. सीमा व्यवस्थापन प्रणालीको लागि सम्झौता

 

८. काठमाडौं महानगरपालिका र चीनको नानजिङ सिटीबीच भगिनी सम्बन्ध स्थापना गर्ने सहमति ।

 

९. बुटवल उपमहानगरपालिका र चीनको जियाङ सिटीबीच भगिनी सम्बन्ध स्थापनाको सहमति ।

 

१०. परम्परागत औषधि सम्बन्धी सहकार्यको लागि स्वास्थ्य मन्त्रालय र चीनको राष्ट्रिय परम्परागत औषधि प्रशासनबीच समझदारी ।

 

११. विपद् जोखिम न्यूनीकरण र आपत्कालिन सहायताको लागि गृह मन्त्रालय र चीनको आपत्कालिन व्यवस्थापन मन्त्रालयबीच समझदारी ।

 

१२. महान्यायाधीवक्ता कार्यालय र चीनको सुप्रिल पिपुल्स प्रोक्युरेटर्सबीच समझदारी ।

 

१३. त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युसियस हेडक्वार्टरबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस ईन्स्टिच्युट स्थापनाको लागि सम्झौता ।

 

१४. नेपालबाट चीनमा सुन्तलालगायत फलफूल निर्यातको लागि आवश्यक प्रोटोकल ।

 

१५. व्यापार सम्बन्धी संयुक्त कार्यदल स्थापनाको लागि उद्योग मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच समझदारी ।

 

१६. नेपालमा चाइना एड अर्थक्वेक मनिटरिङ नेटवर्क प्रोजेक्टको लागि स्वीकार प्रमाणपत्र ।

 

१७. लगानी समन्वय कार्यदल स्थापनाको लागि अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच समझदारी ।

 

१८. सुरुङ निर्माण समन्वयको लागि अर्थ मन्त्रालय र चीनको अन्तर्रा्ष्ट्रिय विकास निकायबीच समझदारी ।

 

१९. सीमा सुरक्षा उपकरण र कार्यालय उपकरणको लागि पत्र आदानप्रदान ।

 

२०. काठमाडौं उपत्यकाको पानी वितरण सुधार परियोजनाको बैठकको माइन्युट ।

प्रतिक्रिया दिनुहोस !