• नमोबुद्ध संवाददाता

पनौती –संघीय कानुन अनुसार असार १० भित्र स्थानिय सरकारले आफ्ना वार्षिक नीति,कार्यक्रम र बजेट सभामार्फत सार्वजनिक गर्नुपर्ने र मसान्तभित्र पास गर्नुपर्ने हुन्छ ।

यहि मुताविक काभ्रेको सांस्कृतिक तथा ऐतिहासीक नगर पनौती नगरपालिकाले आफ्नो पाँचौ नगरसभामा आर्थिक वर्ष २०७६÷०७७ को नीति,कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

पनौती नगरपालिकाको पाँचौ नगर सभामा नगर प्रमुख श्री भीम न्यौपानेद्वारा प्रस्तुत आव ०७६/०७७ को नीति तथा कार्यक्रम सम्बन्धी वक्तव्य यस्तो छ :

यस सभामा समुपस्थित माननीय सभासद् ज्यूहरु, नगर सभासद मित्रहरु, पत्रकार एवं कर्मचारी बर्ग, पनौती नगरपालिकाको पाँचौ नगर सभाको पहिलो वैठकमा यहाँहरु सवैमा हार्दिक स्वागत अभिभादन गर्दै यस ऐतिहासिक क्षणमा गौरवको अनुभूति गरेकोछु ।

न्याय र समानताको लडाईमा जीवन उत्सर्ग गर्नुहुने शहीद सगुन लगायत समस्त ज्ञात अज्ञात शहीद प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछु ।

हामीलाई सत्मार्ग तर्फ निरन्तर प्रेरित गरी सहयोग सल्लाह र सदभावको रापले सेक्नुहुने आदरणीय अग्रज ब्यक्तित्वहरुमा सम्मान ब्यक्त गर्दछु । हाम्रा प्रयास, प्रयत्न र सपना साकार बनाउन सदैव प्रयत्नशील ऐक्यवद्ध पङ्तिलाई कदर गर्दछु ।

प्रकृति र संस्कृतिको अनुपम् संगम राजधानी काठमाण्डौंको वैकल्पिक सुरक्षित वसोवासको सुन्दर ऐतिहासिक भूमिमा जनताको भरोसा र विश्वासलाई ब्यवहारत उन्नत र अब्बल बनाउन गरिनुपर्ने कृयाकलापको श्रोत र सामथ्र्यका दृष्टिले संभावना बाहिर जाँदा समेत हामी जनतासंगको सामीप्यताले उत्साह पूर्ण सहभागीतालाई कमी हुन नदिने तर्फ सचेत र सतर्क छौं ।

निरंकुशता बिरोधी आन्दोलनलाई भोग्दै यहाँ सम्मको यात्रा गर्दा त्यस्तो कार्यशैली ब्यवहार तर्क बिचारमा समेत प्रवेश गर्न दिन नहुने तर्पm हामी जागरुक छौं ।

हाम्रा विकास प्रयास महत्वाकांक्षाको डंगुर मात्र होइनन लामो समय पछि खुलेको निकासले सृजित बाढी हो । जसको ब्यवस्थापन कुशल जागरुक समूहगत सहकार्यले सहज बनाएको छ । नभएको माग्ने, हुने संग माग्ने, दिनु पर्ने संग माग्ने स्वभाविक जन अधिकारलाई कुनै मानेमा रोक्न खोज्दा भावना माथीको गहिरो प्रहार हुने पूर्वानुभूतिलाई सवैले स्मरण गर्नै पर्छ ।

जनाधारका नाउंमा स्वार्थवश प्रपञ्चपूर्ण योजनाको जालो होइन योजनाको चाङ्ग यो त थुनिंदाको परिणाम हो, सवैले हेक्का राख्नु पर्छ ।

तर जनताले भन्न र सोध्न पाउनुपर्ने सवाल हाम्रा सामु सोध्न नपाए, भन्न नपाए कसका सामु जाने, जवाफ दिएर मात्र उम्किने भन्दा भावनाको कदर तर्फ लाग्दा उचित हुन्छ भन्ने हाम्रो विवेकले भनिरहेको छ ।

भड्किने भड्काउने असन्तुलन कायम गर्ने गराउने रणनैतिक खेलको भूमरी भित्र हामी यात्रु बन्दैनौं र बनिरहेका छैनौं ।

उपलब्धताका आधारमा श्रोतको वितरण अवस्थाको विश्लेषणले गणितीय तथ्याङ्कमा तल माथी रहने यथार्थता दस्तावेजले वोल्ने बिषय हुन यो हामी सवैलाई हेक्का हुने प्रसंग हो ।

जागृत भाव, कृयाशीलता, लगन र दृढ इच्छा शक्तिले परिवर्तनलाई आत्मसाथ गर्न निरन्तर प्रेरित गर्दा समेत सहभागीता जनाइएन भने अधिनमा रहेको वस्तुको सदुपयोग कदापि हुन सक्दैन ।

त्यस मानेमा त्यस्तो अंश र अंशको सुरक्षा चूनौती बन्दछ । आरोप प्रत्यारोप, मुद्दा मामिला तर्क बितर्क सुन्ने र त्यसैमा घोरिने घोत्लिने बानीले नेतृत्वलाई उर्जा प्राप्त हुदैन भन्ने हाम्रो ठम्याईले हामीलाई निरन्तर यस्ता घट्ना परिघट्ना संग जुध्दै समाधान खोज्न अग्रसर गराउदै छ ।

आशा छ यस्ता खाले सार्वजनिक हितका अभियानमा आदरणीय न्यायप्रेमी पनौती वासीको सहकार्य हुने नै छ । इमान्दार प्रयास कुनै पनि छेउ कुनाको बिकासमा स्वामित्व र सहभागीता हाम्रा कार्यभार हुन जसले हामीलाई गर्वित गराउंछ ।

काम जसले गरोस त्यसको उपयोग ब्यवहारिक रुपमा हुन सक्ने बन्दोवस्त गरिनु आवश्यक रहेको तर्फ सम्बद्ध सवैको ध्यान पुग्नैपर्छ अन्यथा बिषय वस्तुको गाम्भीर्यता नबुझी गरिने टिप्पणीको कुनै अर्थ नहुने कुरा हामीले हेक्का राख्नु पर्छ ।

ब्यवस्थित विकास या संतुलित विकास एक आपसमा पर्याय नभएता पनि हाम्रो सोच र दृष्टिकोणले यीनको भेद थाहा पाउन सकिन्छ । रमाउने मनलाई रमाउन दिनु त पर्ला तर अर्काको मन दुखे कसो गर्ने रु घेरावन्दी या घेराबार स्वतन्त्रका नाउँमा स्वच्छन्द बनिदा प्राप्त परिणाम कस्तो ब्यहोर्नु पर्ला, आफू भित्रको संस्कारको समीक्षालाई थोरै मात्र अनुभुत गरे दोष या कमजोरीको ठूलो हिस्सा आफै तर्फ केन्द्रित हुन्छ तापनि उन्मुक्तिको यात्रा रुचाउंदा संभावित परिणामको हेक्का राख्न सकिन्न ।

आफ्नो अवस्थाको विश्लेषणले संभावना, सामथ्र्य र आवश्यकता वीचको अन्तर सम्बन्ध कायम राख्दा यथार्थताको पहिचानलाई सहज बनाउन सक्छ र यसैका आधारमा आफ्ना योजना कार्यक्रम पस्किनु पर्छ भन्ने हाम्रो बुझाईले हामीलाई हिनताबोध होइन गर्वित गराएको छ ।

निर्भरता र सुधारलाई एक आपसमा अन्तर सम्बन्धित बिषय बनाउँदा बजेटको लगानीमात्र प्रधान बन्न नसक्ने अवस्थामा जनताकै अभिमत खोज्ने बुझ्ने परिमार्जन गर्ने कार्य हाम्रा प्राथमिक दायित्व हुन । यीनै दायित्वको बोधले हामीलाई निरन्तर प्रेरित गर्दैछन् ।

जनताको अजेय शक्तिको सामु असरल्ल बिकास छोड्ने भन्दा शक्तिको उपयोग र परिचालनलाई बढावा दिंदै त्यसको ब्यवस्थापन तर्फ हाम्रा नीति केन्द्रित हुनेछन । पूरातनवादी सोचशैली ब्यवहार र आचरणले आधुनिक विकास प्रयासको फड्को पुग्न नसक्ने तर्फ हामी गम्भीर छौं ।

परिवर्तनलाई आत्मसाथ गर्दै जनताको विकासको भोकलाई उचित संबोधनमा आन्तरिक मात्र नभई बाह्य सहयोग र साझेदारीलाई खुल्ला राख्दै अझ बढि लक्षित कार्यको पुरा पुर कार्यान्वयनमा सफलता प्राप्तीको अभिष्टमा सम्बद्ध सवैको सहभागीता रहनेमा बिश्वस्त छौ ।

द्वारहरु खुल्ला छन स्वस्थ स्वच्छ विचार नीति योजना कार्यक्रम र परिचालनको एकिकृत भाव प्राप्त हुँदा ग्रहणीय हुनेछ । सीमितताको घेराभित्र असिमित असंख्य अभावको पूर्ति भर्खरै पुरा नहुने संकेत हामी सवैले बुझेकै छौ । शालिनता पूर्वकको धैर्यताले समय क्रमसंगै हिडाउन सिकाउंदैछ । त्यस्ता सपना क्रमशः पुरा हुने र गर्न सकिनेमा हामी सवै आशावादी छौं ।

स–सानो असंतुष्टिलाई हुर्काउने भन्दा उपयुक्त तवरले ब्यक्त गरि ब्यवस्थापन गर्दै जाने कार्यशैलीले हामीलाई दुखी भन्दा सुखी बनाउंछ । सन्देह र सन्त्रास हाम्रो उर्जा समाप्तीका मुल तत्व हुन त्यस्तो परिवेश तयार हुन नदिने तर्फको बुद्धिमानी पूर्ण कार्यशैलीले संस्थागत मात्र नभई वैयक्तिक जीवन भोगाईलाई उत्कृष्ट बनाउँछ ।

हामीले पस्किन खोजेको विकास मौलिकता तर्फमात्र उन्मुख छैनन समग्र विकास प्रयासमा हाम्रा प्रयास छन जो मूर्त र अमूर्त दुवै तहको बिम्बको रुपमा अनुभूत गर्न सक्छौं ।

सच्चा प्रयास र संलग्नताले अन्तरद्वन्दलाई अन्त गर्छ । अन्तर मनको स्पर्शले अन्तर घुलन गराउँदै कामको गतिमा बढोत्तरी गरि लक्ष्य चुम्न सहजताको प्रत्याभूति दिन सक्ने हुँदा त्यस तर्फ सवैको दुरदृष्टि पुग्नेमा पूर्ण आशा गर्दै यीनै पृष्ठभूमिका वीच हाम्रो यस वर्षको संस्थागत विकासे यात्राले हासिल भएका उपलब्धिलाई संक्षिप्तमा चर्चा गर्दछु ।

यीनै अबस्थाको बिश्लेषणबाट आगामी नीति कार्यक्रम तय गरिदा त्यसको प्रभावकारीता सिद्ध हुनेमा आशावादी छु ।

आव २०७५÷७६ मा सम्पादित महत्वपूर्ण कामका केहि अंशहरु

– एकिकृत खा.पा. अन्तिम चरणमा रहेको ।

– करिडोर निर्माण कार्य सुरुवात भै निर्माणाधीन अवस्थामा रहेको ।

– मेयर कप फुटवल सम्पन्न

– राष्ट्रपति रनिङ्ग शिल्ड कार्यक्रम सम्पन्न

– शहीद पार्क १ र ८ नं। निर्माण भै सम्पन्न हुने चरमा रहेको ।

– कक्षा ८ को नगरस्तरिय परीक्षा संचालन गरिएको ।

– सामुदायिक बिद्यालयमा करीब ५१०० जनालाई पोशाकको ब्यवस्था ।

– बिशेष सामाजिक सुरक्षा भत्ता बितरण गरिएको ।

– भैंसी सुत्केरी भत्ता बितरण गरिएको ।

– पाडा पाडी जन्मदर्ता कार्यको थालनी गरिएको ।

– बिशेष रोग लाग्नेलाई थप सहयोग रु। १०,०००।– का दरले गर्ने गरेको ।

– ठाडोबाटो टेलिकम हु्रँदै ४ नं। वडा कार्यालयवाट टौखाल जोड्ने वाटोको ट्रयाक ओपन र पुल सहित स्तरोन्नती गरिएको।

– खोपासी ९पनौती–१०० सत्यालडाडा पञ्चकन्या तिपचोक ड्याम नयाँ ट्रयाक एवं स्तरोन्नती गरिएको।

– माने दोभान रानीकोट सडक स्तरबृद्धि

– लिलावती सिंचाई योजनाको कार्य

– ३ नं वडा कार्यालयका लागि जग्गा ब्यवस्थापन गरिएको ।

– २ वटा बालमैत्री वडा घोषणा भई लगानी योजना स्वीकृत

– Comprehensive IUDP तयारी अघि बढेको ।

– पावर हाउस ख्याकु बल्थली सडक ढलान कार्य सम्पन्न

– नगद साझेदारीमा आधारित योजनामा उत्साहजनक सहभागीता

– थप जनशक्रि व्यवस्थापन गरिएको,

– पारदर्शिता र जवाफदेहितासंग सुशासनलाई मजवुत बनाउन १२ वडामा जनताको आगनमा नगरपालिका कार्यक्रम र वडावासीको उत्साहजनक सहभागिता

– Film city गुर्दुम डाँडा पनौती–२ र जीवन विज्ञान प्रतिष्ठानका लागि चिसापानी पनौती–१ को जग्गा उपलब्ध गराउन सम्बन्धित निकायमा सिफारिस गरिएको

– लुभु लामाटार पनौती नमोबुद्ध सडक बहुवर्षे आयोजना स्वीकृत भई बोलपत्र सम्बन्धि कार्य अघि बढेको

– ग्वार्को लुभु लामाटार पनौती दाहालटार चौकीडांडा सडक राजमार्ग घोषित

– वातावरण क्षेत्रमा कार्य गर्न व्क्ष्ऋब् मार्पmत १ जना स्वयंसेवकको संलग्नता, समुदाय सचेतिकरणमा योगदान पुग्दै गरेको,

– मेयर्स फोरममा भएको सहभागीताले पनौतीको अमूर्त कलाको महत्वलाई थप उजागर गर्ने, भाइचाराको विकास गर्ने कार्यमा मद्दत पुगेको,

– नगरको समग्र भूभागलाई समेटेर प्रस्ताव गरिएको चक्रपथको विस्तृत ईञ्जिनियरीङ्ग डिजाईन लगायत सर्भेको कार्य सम्पन्न,

– नगरपालिकाका कर्मचारीहरुको क्षमता विकासका लागि ३ वर्षे क्षमता विकास योजना तर्जूमा,

– नगरपालिका क्षेत्रका प्रथम चरणमा पहिचान भएका जम्मा ८७६८ लाभग्राही मध्ये प्रथम किस्ता ८०६९ दोश्रो किस्ता ३५१७ र तेश्रो किस्ता ४१३४ जनाले प्राप्त गरेका छन् भने रेकर्डका आधारमा ३४०३ घरको निर्माण सम्पन्न भएकोछ । यसै सन्दर्भमा छुट भएका घरधुरीको पूनः सर्वेक्षण कार्यसंगै थप लाभग्राही पहिचानको कार्य अघि बढेको छ ।

– प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूचिकृत हुने वडागत बेरोजगारीको संख्या ८४१ रहेकोमा हाल २६४ जना श्रममा संलग्न रहेको देखिन्छ ।

– निर्माणाधिन क्षेत्रीय रङ्गशालाको सम्पन्न प्रथम चरणको निर्माण कार्यको नगरपालिकालाई हस्तान्तरण सम्पन्न,

– कुशादेवी स्वास्थ्य चौकीको निर्माण कार्य अघि बढिरहेको ।

नगर सभा सदस्यज्यूहरु,

यीनै लक्ष्य, हासिल उपलब्धी, अवस्था, आवश्यकता र सामथ्र्यका आधारमा नगरपालिकाले अख्तियार गरेको नीति अनुसार देहायका कार्य गर्ने व्यवस्था मिलाईएको छ । साथै उल्लेखित अबस्था आगामी बर्ष गर्नुपर्ने कार्यको स्वरुप निर्धारण र संचालन गर्न देहाय बमोजिमको नीतिगत ब्यवस्था गरिनेछ ।

– आगाामी आ।व। ०७६÷७७ को नीति कार्यक्रम प्रस्तुत हुँदा उल्लेख भएका ब्यवस्थाहरु मध्ये खास परियोजनागत उद्देश्यमा नजोडिएका नीतिगत ब्यवस्थालाई आगामी बर्षमा समेत निरन्तरता दिइनेछ ।

– यस नगरपालिकाको आगामी आब ०७६÷७७ का लागि बिषय÷क्षेत्रगत नीतिको रुपमा निम्न नीतिगत ब्यवस्था अवलम्बन गरिनेछ ।

१. सार्वजनिक क्षमता विकास तथा सुशासन

– सूचना प्रकाशन, प्रशारण जस्ता बिषयलाई थप ब्यवस्थित गरी सेवाग्राहीको सेवा प्राप्त गर्ने अधिकारलाई सर्वसुलभ बनाइनेछ ।

– बिषयगत समितिको भूमिकालाई ब्यवस्थित नियमित एवं अभिलेखगत बनाइनेछ ।

– सहयोग÷सहारा लिई कार्य गराउनुपर्ने सेवा ग्राहीलाई आवश्यक सहयोग गर्न ज्भउि म्भकप को ब्यवस्था गरिनेछ।

– सेवाग्राहीलाई सहज प्रतिक्षारत गराउन आवश्यक सुविधायुक्त प्रतीक्षालय निर्माणको चरण्मा रहेको छ, यसलाई समयसीमा भित्र सम्पन्न गरि उपयोगमा ल्याईनेछ ।

– क्षेत्रगत रुपमा उत्कृष्ट कार्य गर्नेलाई पुरस्कृत÷प्रोत्साहित गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।

– नगरकार्यपालिका ९कार्य विभाजन० नियमावलीले ब्यवस्था गरे बमोजिमका महाशाखा, शाखाहरुको स्थानगत, पहिचानगत, जिम्मेवारीगत एवं दरवन्दीको ब्यबस्था गरी सोही अनुसार संगठन संरचना तयार गरिनेछ ।

– विषय क्षेत्रगतरुपमा स्वीकृत कार्यक्रमको बजेट खर्च गर्नू पूर्व सम्बन्धित विषयगत समितिको सिफारिसमा कार्यपालिकाले विस्तृत कार्यक्रम स्वीकृत गर्ने व्यवस्था मिलाईनेछ ।

– विविध कारणले अनिवार्य अवकाश हुनु पूर्व नै स्वैच्छिक रुपमा कुनै स्थायी कर्मचारी निवृत्त हुन चाहेमा निश्चित मापदण्ड बनाई नियमित सुविधाका अतिरिक्त थप प्रोत्साहन स्वरुप तोकिएको रकम उपलब्ध गराउने व्यवस्था मिलाइनेछ ।

– शहरी सुशासन कायम गर्न निर्णयको कार्यान्वयनमा सघाउ पुर्याउन आवश्यक कार्यविधि वनाई नगर प्रहरीको व्यवस्थापन गरिनेछ ।

– प्राविधिक जनशक्तिको आपूर्ति पश्चात क्षेत्रगत रुपले फिल्ड तहमै जिम्मेवारी रहने गरी प्रभावकारी सेवाका लागी उपलब्ध जनशक्ति वितरण गर्ने व्यवस्था मिलाइनेछ ।

– मासिक शाखागत प्रतिवेदन एवं एकिकृत प्रतिवेदन तयार गर्ने ब्यवस्था मिलाइनेछ ।

– बिषय बिज्ञहरुको लेख रचना अनुसन्धान र उत्पादन समेटिने गरी ‘‘पनौती दर्पण” नामक पुस्तिका प्रकाशन गरिनेछ ।

– ‘‘जनताको आँगनमा नगरपालिका” नामक कार्यक्रम लाई निरन्तरता दिईनेछ ।

– अनुगमन सम्बन्धी निर्देशिकाको ब्यवस्था गरी थप प्रभावकारी अनुगमन गर्ने ब्यवस्था मिलाइनेछ ।

– कामको प्रगति आम नागरिक बीच पु¥याउन पत्रकार भेटघाट कार्यक्रमलाई नियमित बनाईनेछ।

– कार्यालयका लागि आबश्यक मालबस्तुको खरिद लगायत काम नलाग्ने मालबस्तुको लिलामी गरी हटाउने ब्यवस्था मिलाउन आवश्यक समिति निर्माण गरिनेछ ।

– पूर्वाधार कम भएका, असुरक्षित रहेका वडा कार्यालयहरुको लागि थप पूर्वाधारयुक्त वनाउने लगायत सुरक्षित स्थान तर्फ लैजान आवश्यक अध्ययन गरी सो को प्रभावकारी कार्यान्वयन गरिनेछ ।

– बजार अनुगमन गरी मूल्य, गुणस्तर, सहज आपूर्ति जस्ता बिषयमा उपभोक्ताको हित प्रवद्र्धन गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।

– पनौती नगरपालिका अन्तरगतका सबै वडाहरुमा विद्युतीय हाजिरीको व्यवस्था मिलाईनेछ ।

– वडा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुलाई प्रविधिमैत्री बनाउन क्षमता अभिबृद्धि तालिम संचालन गरिनेछ ।

– नगरपालिकालाई सूचना प्रविधिमैत्री बनाउन डिजिटल नोटिस बोर्ड जडान गरिनेछ ।

– नगर कार्यपालिकामा कार्यरत अधिकृतस्तर लगायत अन्य कर्मचारीहरुलाई कम्प्युटर सम्बन्धि क्षमता अभिबृद्धि तालिम संचालन गरिनेछ ।

– मेलमिलापकर्ताहरुको भूमिकालाई प्रभावकारी बनाइनेछ ।साथै कामको संलग्नताका आधारमा प्रोत्साहित गर्ने व्यवस्था मिलाइनेछ ।

– खर्च सम्बन्धी कार्यको मापदण्डको तर्जूमा गरिनेछ ।

– योजना संचालन समय तालिका निकासाका आधार र मापदण्ड तर्जूमा गरिनेछ ।

– क्षमता विकास योजना अनुसारको कार्य अधि बढाइनेछ ।

– कार्य उत्प्रेरणा जगाउने खालका बिभिन्न तालिम, गोष्ठी, अध्ययन अवलोकन भ्रमण जस्ता कार्य गर्ने ब्यवस्था मिलाइनेछ ।

– कर्मचारी समायोजनले सृजित नयाँ कार्य वातावरणलाई संस्थाको समग्र हित अनुकुल बनाउन संलग्न जनशक्तिको मनोवल उच्च वनाउनेतर्पmका प्रयासहरु यस पूर्व हुदै आएता पनि समायोजनको महत्वपूर्ण निर्णय विषयलाई पर्याप्त गृहकार्यका आधारमा निश्कर्षमा पुर्याउन कार्यपािलिकाको ध्यानाकर्षण भई कार्यदल गठन भएकोमा कार्यदलको आवश्यक सुझाव सहितको प्रतिवेदनका आधारमा नगरपालिकाले आवश्यक कार्यविधि तर्जूमा गरि साविक स्थानीय निकायबाट नियुक्त भई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम समायोजन भएका कर्मचारीहरुको तह मिलान गरिनेछ ।

– तर्जूृमा भएका कानूनको शीघ्र प्रकाशन, अभिलेखीकरण, मौज्दात ब्यबस्थापन जस्ता कार्यलाई थप ब्यवस्थित एवं प्रभावकारी बनाइनेछ ।

२. अर्थ :

– सार्वजनिक यातायातका साधनमा टिकट प्रणाली लागु गराउन आवश्यक पहल गरिनेछ ।

– यात्रु बीमाको ब्यवस्था मिलाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराइनेछ ।

– बसपार्कको बैकल्पिक ब्यवस्थाका लागि जग्गा ब्यवस्थापन गरिनेछ ।

– उद्यम विकास रणनैतिक योजनालाई क्रमश ः कार्यान्वयन गर्दै जाने ब्यवस्था मिलाइनेछ ।

– औद्योगीक क्षेत्र पहिचान गरि उद्योग मैत्री पूर्वाधारको विकास गरिनेछ ।

– पार्क तथा उद्यानको विकास गरि आर्थिक गतिविधि बनाइनेछ ।

– सहकारी क्षेत्रको विकास प्रवद्र्धन लगायत सहकारी क्षेत्र साझेदारी एवम् नगरस्तरिय सहकारी समिति र विधागत समिति निर्माण गरि संस्थागत सुशासनको लागि नियमन समेतको कार्य अघि बढाइनेछ ।

३. सार्वजनिक संपत्ति उपयोग तथा संरक्षण:

– नगर क्षेत्रका सवै वडाहरुबाट सरकारी र सार्वजनिक जग्गाको पहिचान गर्ने, लगत उतार गर्ने कार्यका लागि नापी तथा मालपोत कार्यालयसंग समेत आवश्यक समन्वय गरिनेछ ।

– वडा वडामा रहेका सार्वजनिक संरचनाहरुको वडागत विवरण संकलन गरि अद्यावधिक गरिनेछ ।

– सार्वजनिक संपत्ति÷जग्गाको पहिचानका आधारमा आवश्यकताका आधारमा संरक्षण गर्ने ब्यवस्था मिलाइने छ।

४. राजस्व तथा आर्थिक प्रशासन सम्बन्धी :

– अन्तिम लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएका कैफियत तथा टिप्पणी उपर नियमित गराउने तर्फ आवश्यक कारवाही गरी बेरुजु शुन्य हुने गरी खर्च गर्ने नीति लिइनेछ ।

– कार्यालयमा रहेका सवारी साधनहरुको व्यवस्थित प्रयोग गरी न्यून खर्चमा अधिकतम उपलब्धि प्राप्त गर्ने गरी खर्च व्यवस्थापन गर्ने नीति लिइनेछ ।

– लक्ष्य अनुसारको राजश्व उठ्तीलाई पुरागर्न ब्अतष्यल एबिल वनाई कार्यन्वयन गरिनेछ ।

– स्वीकृत कार्यक्रमहरु आर्थिक बर्षको अन्त्यमा मात्र गर्ने परिपाटीलाई दुरुत्साहित गरिनेछ ।

– सार्वजनिक खरिद प्रकृया तथा आन्तरिक आयको ठेक्का प्रकृयालाई थप व्यवस्थित र पारदर्शी बनाउन बिद्युतिय बोलपत्र प्रणाली अवलम्बनलाई निरन्तरता सहित वढावा दिइनेछ ।

– करको दरलाई समय सापेक्ष जनताको करभार वहन क्षमतालाई मध्यनजर गर्दै करको दायरा फराकिलो पार्दै नगरपालिकाको आन्तरिक आयमा बृद्धि गर्दै आत्मनिर्भर बनाउदै लगिनेछ ।

– आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्त दुरुस्त बनाइनेछ ।

– प्रक्षेपित आम्दानीका आधारमा खर्च तर्पmको लक्ष्य धान्न नसक्ने अवस्थामा कार्यक्रम संचालन तर्पmको मितव्ययीता र औचित्यताका आधारमा नगरी नहुने कार्य वाहेक अनुपातिक रुपमा पूंजिगत वजेट समेत घटाई बजेटको सन्तुलन कायम गरिनेछ ।

५. प्राकृतिक श्रोत तथा वातावरण :

– नीजी जग्गामा रहे भएको भता पनि पानीका मुलमुहानलाई सार्वजनिक रुपले उपयोगी बनाइनेछ ।

– मुल मुहानको लगत अद्यावधिक गरी नगर भित्र रहेका खानेपानी, जलश्रोत, सिंचाई सम्बन्धी उपभोक्ता समितिहरुको दर्ता तथा व्यवस्थापन कार्यलाई व्यवस्थित गरिनेछ ।

– मुहान दर्ता सम्बन्धी कार्यका लागि आवश्यक कार्यविधि बनाइनेछ ।

– साविकमा रहेभएका पोखरीको संरक्षण गर्ने र प्र्रत्येक वडा क्षेत्रमा पोखरी निर्माण गर्न प्रोत्साहित गरिनेछ।

– डिप बोरिङ्ग लगायत पानी जन्य उद्योगलाई ईजाजत लिनुपर्ने ब्यवस्था सहित करको दायरामा ल्याइनेछ ।

– नगर क्षेत्रभित्रका खानीको अनुगमन नियमन गर्ने ब्यवस्थालाई थप प्रभावकारी बनाईनेछ ।

– खानी संचालनको क्षेत्र निर्धारण गर्ने सम्बन्धमा आवश्यक गृहकार्य अधि बढाइनेछ ।

– खानीजन्य उद्योगको बिकल्पका रुपमा अन्य संभाब्य उद्योगका बारे सरोकारवालासंग वहस प्रारम्भ गरिनेछ ।

– नगर क्षेत्रका सामुदायिक वनको उत्पादनलाई कार्य योजना मुताविक स्थानीय विकास निर्माणमा लगाउन आवश्यक वातावरण मिलाइनेछ ।
– वन क्षेत्र विनास हुने गरी सडक पूर्वाधार लगायतका निर्माणजन्य कार्यलाई बनमैत्री हुने गरी निर्माण गराउन आवश्यक नीति अवलम्बन गरिनेछ ।

– वनको सुन्दरता, जमिनको अबस्थिति अनुसार संभावनाका आधारमा पिकनिक स्पोट लगायत भ्यू टावर निर्माण कार्यलाई निरन्तरता दिईनेछ ।

– कुनै पनि उद्योगले उत्पादन गरि बाँकी रहेका मालबस्तु सम्बन्धित उद्योगी÷ब्यवसायीले ब्यवस्थापन गर्नुपर्ने नगरेमा सोहीबाट क्षतिपूर्ति भराई ब्यवस्थापन गरिनेछ ।

– वातावरणलाई चुनौती दिने प्रकृतिका उद्योगलाई संचालन गर्न दिंदा मर्का पर्ने देखिएमा त्यस्ता उपर आवश्यक अध्ययन गरि कार्यवाही अधि बढाउने ब्यबस्था मिलाइनेछ ।

– खोला खोल्चा तथा कुलाको मापदण्ड तथा सीमा अध्ययन गरी मिचे मिचाएको देखिएमा आवश्यक कार्यवाही अधि बढाइनेछ ।

– नीजि घर उद्योगबाट निस्कने बिषादी जन्य पदार्थको ब्यवस्थापन सिधै ढल÷खोलामा मिसाउन निषेध गरि स्वः ब्यवस्थापन गर्नुपर्ने बारे सचेत गराइनेछ ।

– कृतिम ताल तलैया र पोखरी निर्माणलाई थप प्रोत्साहित गरिनेछ ।

– जलाधार क्षेत्र, सीमसार क्षेत्रको थप प्रबद्र्धन गरिनेछ ।

– कृषकहरुलाई Organic Farming  तर्फ प्रोत्साहित गर्न जैविक बिषादी निर्माण केन्द्रको प्रबद्र्धन लगायत तालिमको आवश्यक ब्यवस्था गरिनेछ ।

– घर नक्सापास हुँदा प्रत्येक घरले घर कम्पाउण्ड हाता वा आसपास कम्तिमा ५ वटा विरुवा रोप्नुपर्ने ब्यवस्थालाई प्रभावकारी बनाइनेछ ।

– कुकुर तथा अन्य छाडा पशु ब्यवस्थापन लगायत रेविज विरुद्धको कार्यक्रमलाई निरन्तरता दिईनेछ ।

– शुभ कार्यको प्रारम्भमा वा कसैको स्मृतिमा विरुवा रोप्ने सँस्कृतिको विकास गराउन प्रेरित गरिनेछ ।

–Led चिमको प्रयोगलाई प्रोत्साहित गर्ने नीति लिईनेछ ।

६. पूर्वाधार विकास :

– चक्रपथ, सडक, भवन, ढल लगायतका दिर्घकालिन ठूला तथा गौरवका योजनाहरुको डिपिआर तयार गरि योजना कार्यान्वयन गरिनेछ ।

– ठूला योजनाको गुणस्तरीयता र दिगो विकासमा कमि हुन नदिन योजना हेर्ने प्राविधिक कर्मचारीलाई पूण जिम्मेवार बनाईनेछ ।

– निजी जग्गामा हुने अव्यवस्थित भौतिक परिवर्तन र प्लटिङ्गलाई निरुत्साहित गरी भू–उपयोग प्रणालीको आधारमा व्यवस्थित वसोवासका लागी दिर्घकालिन नीति आवलम्वनका साथै कम उत्पादकत्व हुने जमिनमा निर्माण कार्य गर्न प्रोत्साहित गर्ने र तोकिएको स्थानमा मात्र भौतिक विकासलाई निर्देशित गर्ने नीति अवलम्बन गरिनेछ ।

– वडा केन्द्र सडकहरुलाई प्राथमिकिकरण गरिनेछ ।

– सडक, भवन लगायतका पूर्वाधारहरुमा क्षति पुर्याए वापत क्षतिपूर्ति भराउने कानूनको व्यवस्था गरिनेछ ।

– पूर्वाधार योजना अगाडी बढाउदा प्राकृतिक श्रोतको संरक्षण तथा उपयुक्त व्यवस्थापन गर्दै आर्थिक विकास र वातावरणीय संरक्षणको सन्तुलन कायम हुने गरी अवलम्बन गरिनेछ ।

– प्रत्येक वडामा संभावनाका दृष्टिले उद्यान निर्माण कार्यलाई निरन्तरता दिईनेछ ।

– प्रत्येक वडाको कुनै १ बस्तीलाई नमूना बस्ती बनाउन आवश्यक मापदण्ड बनाइनेछ ।

– प्रत्येक वडामा एक खेल मैदानको पूर्वाधार तयार गरिनेछ ।

– नगरपालिकाको आवधिक योजना तर्जूमा गरिनेछ ।

– ठुला योजनाहरुको हकमा योजना अनुगमन प्रतिवेदन अनिवार्यरुपमा पेश गर्न लगाइने नीति लिइनेछ ।

– नतिजामूलक योजना कार्यान्वयन कार्यविधि तयार गरी सोही बमोजिम योजना कार्यान्वयन गर्ने नीति लिइनेछ ।

– क्षेत्रिय महत्व÷केन्द्रीय महत्व राख्ने ठुलो बजेट अंश खर्चिनु पर्ने विकास आयोजनाका लागि प्रदेश सरकार लगायत संघीय सरकारसंग आवश्यक पहल गरिनेछ ।

– सीमावर्ती क्षेत्रको मापदण्ड, त्यस क्षेत्रमा प्रवाह भइरहेको सेवा सुविधा र गुनासोको शीघ्र संवोधन गर्नेतर्पm अग्रसरता देखाइनेछ ।

७. विपद ब्यवस्थापन 

– नगरक्षेत्रका राष्ट्रिय, सामुदायिक, कबुलियती र निजी वनक्षेत्र नजिकका खेती र बस्तीहरुमा देखिएको मानव–वन्य जन्तु बीचको द्धन्द व्यवस्थापन अन्तर्गत वन्य जन्तुहरुबाट सिर्जित समस्या समाधानका लागि सरोकारवाला निकायहरुका बीच एकिकृत प्रयासको थालनी गरीनेछ ।

– वन्यजन्तुले बालीनाली क्षती गरेको अवस्थामा संघीय र प्रदेश सरकारबाट राहतको प्रकृया जारी रहँदाका अवस्थामा तत्काल राहतका लागि विपद् जोखीम न्यूनिकरण कोषबाट यथोचित राहत वितरणका लागि आवश्यक व्यवस्था मिलाइनेछ ।

– विपद लगायतका विभिन्न अत्यावश्यक सहयोग सहायता राहत उपलब्ध गराउन छुट्टै कार्यविधि तर्जूमा गर्ने व्यवस्था मिलाइनेछ ।

– गठित बिपद् ब्यवस्थापन समितिहरुलाई थप कृयाशील बनाइनेछ ।

– विपद् ब्यवस्थापन योजनालाई अद्यावधिक गर्ने लगायत सो को कार्यान्वयन एवं विपद् सूचना केन्द्रलाई थप उपयोगी बनाईनेछ ।

– अत्यावश्यक सेवाका रुपमा रहेको वारुणयन्त्र आन्तरिक तथा वाह्य सम्बन्ध र सहयोगबाट खरिद÷प्राप्त गर्न आवश्यक व्यवस्था मिलाई नगरवासीमा सृजना हुन सक्ने विपत्तीको सामना गर्न समुचित व्यवस्था मिलाइनेछ ।

– अत्यावश्यक सेवाका रुपमा रहेको एम्बुलेन्स सेवालाई नियमित एवम् व्यवस्थित तवरले संचालन गर्ने वडालाई एम्बुलेन्स सञ्चालन अनुदानको व्यवस्था प्रारम्भ गरिनेछ ।

– उद्धार सामग्री भण्डार केन्द्रको संरक्षण उपयोग लगायत केन्द्र थप गर्ने बारे आवश्यक योजना बनाइनेछ ।

– भवन संहिता पालनामा विशेष जोड दिइनेछ ।

– आपत्कालिन खानेपानी सरसफाई योजना अद्यावधिक कार्यलाई निरन्तरता दिईनेछ ।

८. संस्कृति सम्पदा 

– जात्रा मेला पर्वको वडागत विवरण तयार गरी अभिलेख राख्ने अद्यावधिक गर्ने कार्यलाई निरन्तरता दिईनेछ।

– गुठी अधिनस्थ जग्गा जमीनको विवरण लगायत सम्बन्धित गुठी दायित्व यकिन गर्ने ब्यबस्था मिलाइनेछ ।

– लोपोन्मुख साँस्कृतिक बाजा गाजाको संरक्षण गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।

– उत्खनित कार्यको निरन्तरता सहितको स्पष्ट सीमा निर्धारण गरि कार्य संचालन गर्न आवश्यक ब्यवस्था मिलाईनेछ ।

– मठ मन्दिर पाटी पौवाको लगत अद्यावधिक कार्यलाई निरन्तरता दिईनेछ ।

– आगामी १२ बर्षे मकरमेलाको पूर्व तयारीका लागि योजनाबद्ध निर्माण प्रकृया अधि बढाइनेछ ।

– संपदाको संरक्षण, मापदण्ड पालना लगायत विश्व सम्पदा सूचीमा सूचीकृत गराउने कार्यलाई विशेष महत्वका साथ अधि बढाइनेछ ।

९. योजना फरफारक तथा पेश्की बेरुजु असुली 

– योजना संझौता पश्चात उपभोक्ता समितिलाई योजना संचालन तथा ब्यवस्थापन सम्बन्धमा अभिमुखिकरण तालिम दिने ब्यवस्थालाई थप ब्यबस्थित एवम् प्रभावकारी बनाइनेछ ।

– योजना संझौता गर्ने तथा सम्पन्न हुने प्रकृयात्मक आधारलाई कार्यविधिले निर्देश गरे अनुसार हुन आवश्यक ब्यवस्था मिलाइनेछ ।

– प्राविधिक दृष्टिकोणले उपयुक्त देखिई उपभोक्ता समितिबाट निर्णय सहित लागत अनुमान संशोधनका लागि माग भई आएको सन्दर्भमा योजना सम्झौतामा उल्लेखित सम्पन्न गर्नुपर्ने समय अगावै संशोधित लागत अनुमान स्वीकृत पश्चात मात्र संशोधित आईटमहरुको निर्माण कार्य गर्ने गराउने नीति लिईनेछ ।

– स्वीकृत ल।ई। र कार्य थलोमा भएको कामका बीच तालमेल मिले नमिलेको अबस्थालाई सुरुदेखिनै अनुगमन गर्ने सुझाव दिने ब्यबस्थालाई थप सहज सरल बनाइनेछ ।

– नगद सहभागीतामा आधारित साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाईनेछ साथै यस्तो रकमबाट संस्थागत साझेदारीमा रकम खर्च गरिनेछैन ।

– ठेक्का पट्टाबाट संचालन हुने योजनाका हकमा समयमै ठेक्का आब्हान गर्ने ब्यवस्था मिलाइनेछ।

– २०७२ सालको बिनाशकारी भूकम्प आगाडी संचालन भई पेश्की बेरुजु बाँकी योजनाका हकमा सम्बन्धित उपभोक्ता र वडाको सर्जमीन एवं सिफारिशका आधारमा नियमित गराउन आवश्यक ब्यबस्था मिलाइनेछ ।

– आवश्यक मापदण्ड बनाई उत्कृष्ट कार्य गर्ने उपभोक्ता समितिलाई प्रोत्साहित गर्ने नीतिलाई निरन्तरता दिईनेछ।

– नगरस्तरिय योजना संचालनका लागि आवश्यक उपभोक्ता समिति गठन गर्दा नगरपालिकाका पदाधिकारी लगायतका प्राविधिकहरुको उपस्थिति रहने ब्यवस्थालाई थप प्रभावकारी बनाईनेछ ।

१०. पर्यटन प्रवद्र्धन 

– नेपाल भ्रमण वर्ष २०२० लाई भव्यरुपमा सफल वनाउन आवश्यक कार्यक्रम संचालन गरिनेछ ।

– होमस्टे दर्ता, नविकरण लगायतका कार्यका लागि कार्यविधि तर्जूमा गरिनेछ ।

– पर्यटन क्षेत्रको मात्र काम गर्ने गरि नगरपालिकाद्धारा आफ्नै मातहतमा रहने गरि पर्यटनसंग सम्बन्धित संस्था स्थापना गर्न आवश्यक पहल गरिनेछ।

– प्रचार प्रसार : पहिचान भैसकेको क्षेत्रहरुको विकासको लागि प्रचार प्रसारको ब्यवस्था मिलाईनेछ ।

– पनौती नगरपालिकाको छुटै स्लोगन तयार गर्ने ब्यवस्था मिलाईनेछ ।

– पनौतीमा भएका जैविक विविधता, आसपासका पर्यटकीय क्षेत्र संलग्न भएको छुट्टै पनौती नगरको नक्सा प्रकाशन गर्ने ब्यवस्था मिलाईनेछ ।

– सामाजिक संजाल लगायतका सूचना प्रविधिको माध्यमबाट पनौतीको प्रचार प्रसार गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।

– साईनबोर्ड, विभिन्न चौबाटो दोवाटोमा बुझिने गरि साईनबोर्डको ब्यवस्था गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।

– पनौती न्गष्मभ द्यययप, पनौती नगरपालिकामा रहेका स्थानहरुको पहिचान गरि न्गष्मभ द्यययप निकाल्ने ब्यवस्था मिलाईनेछ ।

– Adventure Tourism को संभावनाको लागि विज्ञ टोलीहरुद्धारा सम्भाब्यता अध्ययन अनुसन्धान गरि सो अनुरुप योजना बनाउने कार्यलाई निरन्तरता दिइनेछ ।

– पर्यटनलाई चाहिने गाइड तथा जनशक्ति यहि उत्पादन होऊन् भन्ने उद्देश्यले प्रत्येक बर्ष २ जना ट्र्ेकिङ्ग गाईड तथा २ जना टुर गाईडको लागि छात्रवृत्ति दिने कार्यलाई निरन्तरता दिइनेछ ।

– प्रत्येक बर्ष पर्यटन क्षेत्रमा योगदन गर्ने ब्यक्तिको पहिचान गरि उत्कृष्ट ब्यक्तिलाई पर्यटन बर्ष ब्यक्ति घोषणा गर्ने कार्य अघि बढाईनेछ ।

– प्राकृतिक संम्पदा संरक्षण, यस नगरपालिका भित्र रहेका नदिहरु संरक्षण तथा यसको सरसफाईको तुरुन्त योजना बनाई कार्यान्वयन गर्ने, साथै खोलानालाहरुमा अप्राकृतिक तरिकाबाट माछा मार्ने काम तत्काल बन्द गरि हरित क्षेत्र घोषणा गर्ने ब्यवस्था मिलाईनेछ ।

– सुरक्षित वातावरण, पर्यटक तथा स्थानीय सुरक्षाको लागि नगरपालिकाको विभिन्न स्थानमा पर्यटकीय प्रहरी पोष्टहरु स्थापना गर्दै जाने ब्यवस्थाका लागि आवश्यक पहल गरिनेछ ।

– लगानीमैत्री वातावरण, पर्यटन क्षेत्रले वाह्य तथा आन्तरिक लगानी बढाउँदा नगरको आन्तरिक आयमा समेत बृद्धी हुने भएकाले यस प्रति आकर्षित गर्न लगानीमैत्रि वातावरण बनाउन विज्ञहरुको राय सल्लाहमा आवश्यक निति बनाउने ब्यवस्था मिलाईनेछ ।

– धार्मिक महत्वको प्रचार, खोजविन गर्ने ब्यवस्था मिलाईनेछ।

– वस्ती वा समुदायका नजिक रहने खानीले अर्थोपार्जनमा योगदान दिएको देखिएता पनि पर्यावरणीय संतुलन कायम राख्दै दिगो विकासमा भने यसले चुनौती थप्ने देखिदा पर्यटन ब्यवसाय समेतको संभाब्य दिगोपनामा मद्दत पु¥याउन उचित तवरले बैज्ञानिक ब्यवस्थापन गर्न उपयुक्त कार्य वातावरण खोजी गरिनेछ ।

– सार्वजनिक नीजी साझेदारी मार्पmत स्थानीय पर्यटनबाट प्रत्यक्ष लाभ लिने तथा यसमा संलग्न ब्यक्तिहरुको सहभागीतामा गोष्ठि, सेमिनारको आयोजना गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।

– नगरपालिका भित्र रहेका धार्मिक, साँस्कृतिक, पुरातात्विक एवम् प्राकृतिक क्षेत्रहरुलाई समेटी वृत्तचित्र निर्माण गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।

– पनौती नगरपालिका क्षेत्रको वडा नं। २ स्थित गुर्दुम डांडा क्षेत्रलाई पर्यटकिय गन्तब्यका रुपमा विकास गर्दै फिल्म सिटी समेतमा रुपान्तरण गर्न जग्गा ब्यवस्थापन लगायतका कार्य गरिनेछ।

११. सामाजिक विकास 

– विद्यालयहरुको शैक्षिक, प्रशासनिक र ब्यबस्थापकिय सुधार सहित दरवन्दी मिलान गरि प्राविधिक बिषयहरुको कक्षाहरु संचालन कार्यलाई निरन्तरता दिईनेछ ।

– सामुदायिक विद्यालयहरुको शैक्षिक तथा प्रशासनिक कार्य प्रभावकारी बनाउन प्रधानाध्यापकहरुको कार्यसम्पादनमा आधारित करार सम्झौताद्धारा जिम्मेवार बनाउने ब्यवस्था मिलाईनेछ ।

– बिद्यार्थी भर्ना विशेष अभियान कार्यक्रम अन्तर्गत विद्यालय उमेर समूहका सबै बालबालिकाहरुलाई विद्यालय पहुँचको सुनिश्चिता गरि पठनपाठनको ब्यवस्था मिलाई अनिवार्य आधारभुत शिक्षा सुनिश्चितता गर्र्ने ब्यवस्था मिलाईनेछ ।

– बिद्युतिय हाजिरी प्रणाली जडान गर्न बाँकि आधारभूत विद्यालयहरुमा उक्त प्रणाली लागु गरि प्रभावकारी मुल्याङ्कन गर्ने ब्यवस्थालाई निरन्तरता दिईनेछ ।

– शिक्षकको पेशागत विकासलाई मर्यादित बनाई सिकाई वातावरण सरल, आधुनिक प्रविधि युक्त बनाउन थप शैक्षिक विकासका तालिम, कार्यशाला शैक्षिक प्रर्दशनि जस्ता कार्यक्रमहरु संचालन गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।

– शैक्षिक बिषमता कम गर्न संस्थागत र सामुदायिक बिद्यालयहरुको गतिविधिहरुको आदान प्रदान गरि शैक्षिक गुणस्तर अभिबृद्धि कार्य अघि बढाउन नमूना शिक्षण प्रक्रियाको विधि अबलम्बन गरि शिक्षक आदान प्रदान कार्यक्रम संचालन गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।

– साक्षर पनौती हामी सबैको गौरब मुल ध्येयका साथ साक्षर नगर घोषणाका लागि थप प्रयास गर्ने ब्यवस्था मिलाईनेछ ।

– सामुदायिक बिद्यालय प्रति सबैको चासो स्थापित गर्न सार्वजनिक पद धारण गर्ने नागरिकहरुको बालबालिकाहरुलाई सामुदायिक बिद्यालयमा भर्ना गराउन उत्प्रेरीत गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।

– पनौती नगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा कार्यक्रमलाई प्रभावकारी बनाउन वडागत रुपमा बालमैत्री अध्ययन केन्द्रको स्थापना गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।

– खेलकुद विकास र खेल क्षेत्रको गौरबको योजना अन्तर्गत निर्माणाधिन पनौती रंगशालालाई थप उचाइमा पु¥याउन आवश्यक कार्य प्रारम्भ गरिनेछ । साथै नगर तथा वडाहरुमा खेलकुद विकास समिति गठन गरि कार्यक्रम बनाई कार्य प्रारम्भ गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।

– पनौती नगरपालिकाका सबै वडाहरुमा बालमैत्री स्थानीय शासन पद्धती अबलम्बन गरि वडा नं। २,३ र १२ बालमैत्री घोषणा भईसकेको सन्दर्भमा आगामी आ।व।मा नगरपालिकाका सबै वडाहरुलाई बालमैत्री वडा घोषणा गरी पूर्णरुपमा नगरपालिकालाई वालमैत्री स्थानीय तह घोषणा तथा सो कार्यक्रम कार्यन्वयन गर्ने नीति अवलम्बन गर्ने व्यवस्था मिलाईनेछ ।

– बालश्रम मुक्त नगरपालिका घोषणा तथा सो को निरन्तरताका लागि बालश्रम अनुगमन प्रणालीलाई कार्यक्रमिक तवरले अघी बढाइने कार्यलाई निरन्तरता दिईनेछ ।

– बालमैत्री लगानी योजना पहिचान भएका बालबालिकासंग सम्बन्धित कार्यक्रमहरुलाई यथोचित तवरले सम्बोधन गर्ने ब्यवस्था मिलाईनेछ ।

– बालमैत्री कार्यको मेरुदण्डको रुपमा रहेको बालमैत्री विद्यालय निर्माण गर्ने नीति लिई सो अनुरुपका कार्यक्रमहरु सञ्चालन गरीनेछ ।

– नागरिकहरुको लागि नगरपालिकाले सञ्चालन गर्ने कार्यक्रमहरुमा सहकार्य गर्न चाहने राष्ट्रिय तथा अन्तराष्ट्रिय दातृ निकायसंगको सहकार्यका लागि आवश्यक नीति निर्माण गरी कार्यक्रमिक तवरले दातृ निकायसंगको सहकार्यमा विकास गर्ने नीति लिई सो कार्यको लागि आवश्यक लागत साझेदारीको व्यवस्था गरिनेछ ।

– जेष्ठ नागरिक वाचनालय तथा चौतारा निर्माण, संचालन तथा ब्यवस्थापन कार्यलाई निरन्तरता दिईनेछ।

– जेष्ठ नागरिक प्रतिको सकारात्मक ब्यवहार तथा अबहेलना बिरुद्ध सचेतनामूलक कार्यक्रम संचालन गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।

– सामाजिक परिचालनका लागि टोल विकास संस्था प्रबद्र्धन कार्यक्रमलाई ब्यवस्थित तवरले अघी बढाउने कार्यलाई निरन्तरता दिईनेछ ।

– सामाजिक परिचालन कार्यक्रम मार्फत नागरिक सचेतना केन्द्रहरुमा संचालित बचत तथा ऋणका कार्यक्रमहरु वडा कार्यालय मार्फत गर्ने ब्यवस्था मिलाईनेछ ।

– सामाजिक सुरक्षा तथा घटना दर्ता ब्यवस्थापन सम्बन्धमा सम्बन्धीत वडाहरु मार्फत प्रबिष्टी तथा रेकर्ड अद्यावधिक गर्ने कार्यलाई अघी बढाउने कार्यलाई निरन्तरता दिईनेछ।

– सामाजिक सुरक्षा भत्ता विवरण सम्बन्धित वडा कार्यालयहरु मार्फत सार्वजनिक परिक्षणको गर्ने ब्यबस्था लाई निरन्तरता दिइनेछ ।

– नेपाल सरकारले सन् २०२४ सम्म व्यक्तिगत घटना दर्तालाई सतप्रतिशत पु¥याउने अन्र्तराष्ट्रि«य प्रतिवद्धता अनुसार कार्यान्वयन गर्न आवश्यक कार्यक्रम बनाई संचालन गरिनेछ ।

– सम्पूर्ण वडाबाट आगामी आर्थिक वर्ष भित्र अनलाईन घटना दर्ता कार्यक्रमलाई पूर्णता दिन आवश्यक पहल गरिनेछ।

– समयमै घटना दर्ता नगर्दा देखिएका कानूनी जटिलतालाई न्यूनिकरण गर्न घटना दर्ता अभियान संचालन गरिनेछ।

– नेपाल सरकारको घोषणा अनुसार प्रत्येक वर्षको बैशाख १ देखि ७ गते सम्म घटना दर्ता सप्ताह अभियानका रुपमा संचालन गरिनेछ ।

– व्यक्तिगत घटना दर्ताको अभिलेखलाई व्यवस्थित र सुरक्षित गर्न डिजिटाईज गर्ने कार्यको थालनी गरिनेछ ।

– पञ्जीकरण शाखाको कार्यलाई व्यवस्थित गर्न आवश्यक पूर्वाधार र क्षमता विकासको कार्यक्रम संचालन गरिनेछ।

– जुन सुकै उमेरका विधवा महिला तथा ६० बर्ष पुरा भएका अविवाहित र पतीसंग सम्बन्ध बिच्छेद भएका महिलाहरुलाई केन्द्रिय सरकार मार्फत सामाजिक सुरक्षा भत्ता वितरण हुँदै आएकोमा नगरपालिकाको तर्फबाट श्रोत ब्यवस्थापन गरि आ।व। ०७५÷७६ बाट ३५ बर्ष पुरा भएका अविवाहित एकल तथा पतीसंग सम्बन्ध विच्छेद भएका महिलाहरुलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने कार्यलाई आगामी आव २०७६/७७ मा समेत निरन्तरता दिईनेछ।

– लुमन्ती लगायतका सामाजिक संस्थाको समन्वय एवम् उपलब्ध बैंक तथा वित्तिय संस्थाको सहकार्यमा तोकिएको आर्थिक अवस्था भएका घर परिवारलाई आवासको उचित व्यवस्था गर्न नगरवासी स्वयंको दायित्वमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाईनेछ ।

– आध्यात्मिक सोच, चिन्तन एवम् योग र साधनाका माध्यमबाट स्वस्थ नागरिक स्वच्छ समाज निर्माणको अभियानमा आवश्यक सहयोग पुर्याउन त्यस्ता क्षेत्रमा संलग्न संस्थाहरुको उपयुक्त कृयाकलामा आवश्यक समन्वय साझेदारी गर्दै जीवन विज्ञान प्रतिष्ठानका मुख्य गतिविधि संचालनार्थ नगरपालिकाको निगरानी स्थानीय संगको समन्वय रहने गरी पनौती न।पा।१ स्थित चिसापानी क्षेत्रको जग्गा उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाइनेछ ।

– नागरिकको मौलिक अधिकारको रुपमा गुणस्तरिय स्वास्थ्य सेवा प्राप्त गर्ने कार्यलाई सुनिश्चित गरिनेछ ।

– समुदायमा आधारित आधारभूत स्वास्थ्य सेवाको गुणस्तरीय पहुच तथा प्रभावकारितामा अभिबृद्धी गरिनेछ ।

– आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ, प्रभावकारी र गुणस्तरीय बनाउन पूर्वाधार बिकास, नियमित औषधी आपूर्ति तथा थप औजार उपकरणको व्यवस्था गरिनेछ ।

– मानसिक स्वास्थ्यसंग सम्बन्धित समस्या तथा नसर्ने र सर्ने रोगहरुको रोगथाम, उपचार र नियन्त्रणका लागि कार्यक्रमहरु संचालन गरिनेछ ।

– आमा, नवजात शिशु, बालबालिका र किशोरीहरुको स्वास्थ्य प्रवर्धनमा सुरक्षित मातृत्व, खोप, पोषण तथा बिद्यालय स्वास्थ्य कार्यक्रम संचालन गरिनेछ। बर्थिंग सेन्टरमा सुत्केरी हुने आमाहरुलाई थप प्रोत्साहित गरिनेछ ।

– जेष्ठ नागरिकहरुका स्वास्थ्य समस्याहरु समाधान गर्न स्वास्थ्य सेवाको पहुँचमा बृद्धि गरिनेछ ।

– नगरवासीहरुलाई बिशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न हाल संचालित स्वास्थ्य संस्थाहरुको स्तरोन्नति गर्दै नगरपालिका भित्र कम्तिमा १५ सैयाको अस्पताल निर्माण गर्ने कार्यलाई प्राथामिकतामा राखिनेछ ।

– स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकालाई अझ बढी प्रभावकारी बनाउन थप प्रोत्साहित गर्दै क्षमता अभिबृद्धिका लागि कार्यक्रमहरु संचालन गरिनेछ ।

– स्वास्थ्य सेवा प्रवाहलाई जवाफदेही वनाउने व्यवस्था मिलाइनेछ ।

– नगरपालिका भित्रका सबै प्रकारका सेवा प्रदायक स्वास्थ्य संस्थाहरुको नियमन गरिनेछ ।

– निजि क्षेत्र तथा संघ संस्थाहरुसंगको समन्वय र सहकार्यमा स्वास्थ्य सम्बन्धि विविध कार्यक्रम संचालन गरिनेछ्र।

– महिला बालबालिका, जेष्ठ नागरिक र विपन्न समुदाय लक्षित स्वास्थ्य कार्यक्रम संचालन गर्ने ब्यवबस्था मिलाईनेछ ।

– खोपासी क्षेत्रमा प्राणघातक रेविज विरुद्ध भ्याक्सिन दिन भ्याक्सिनकेन्द्र स्थापना गरिनेछ ।

– प्रधानमन्त्री रोजगार कार्यक्रम मार्पmत समान कामका लागि समान ज्यालाको मान्यता थप स्थापित हुदै गएकोले यसलाई कार्यक्रमिक रुपमा निरन्तरता दिइनेछ ।

– सडक बत्ती व्यवस्थापनमा संलग्न रहने मजदुरको सुरक्षा र जोखीमलाई न्यून गर्न आवश्यक उपाय अवलम्वन गरिनेछ ।

१२. कृषि, सहकारी तथा पशु विकास 

– नगरपालिका KISs\AN(2 र सहकारी संस्थाहरुको साझेदारीमा कृषि उत्पादन, प्रशोधन, वजारीकरण, अध्ययन प्रविधि हस्तान्तरण जस्ता कार्यक्रमहरु मार्फत कृषक तथा सहकारीकर्मीहरुलाई आय आर्जन कार्यमा सहभागी गराउने खालका प्रोत्साहन सहितको साझेदारी नीति अख्तियार गरिनेछ ।

– कृषकहरुलाई आधुनिक कृषि सम्बन्धि ज्ञान सिप, प्रविधि, यान्त्रीकरण, अध्ययन, अवलोकन, उत्पादनमा आधारित अनुदान, उपयुक्त स्थानमा संकलन केन्द्र, विक्रि स्थलहरुको सुधार गर्ने ब्यवबस्था मिलाईनेछ ।

– जैविक खेति प्रबद्र्धन, बिषादी न्यूनिकरण, कृषक पाठशाला, स्कुल शिक्षा कार्यक्रम संचालन गर्ने ब्यवस्था मिलाईनेछ ।

– कृषि तथा घासे बालीहरुको उच्च प्रविधिको नर्सरी स्थापना गर्ने ब्यबस्था मिलाईनेछ ।

– पशु नश्ल सुधारका माध्यमबाट उच्च उत्पादन दिने र चाडै बढ्ने खालका पशुपालन÷उत्पादनलाई समुदायमा आधारित र समुदायको माग अनुरुप रहेर गर्ने ब्यवस्था मिलाईनेछ ।

– हावा पानी सुहाउदो कृषि तथा पशुपालनको एक गाउँ एक उत्पादन कार्यक्रम नमूनाको रुपमा संचालन गर्ने ब्यवबस्था मिलाईनेछ ।

– कृषि तथा पशुपालनको उत्पादनलाई गुणस्तरीय बनाई उपभोक्ता समक्ष पु¥याउनका लागि सोसंग सम्बन्धित जनचेतनामुलक तालिम, गोष्ठि, होडिङ्गबोर्ड, एफ।एम। रेडियो कार्यक्रम संचालन गरी कृषि सामाग्री, पशुपालन सामाग्री ढुवानी गर्ने के्रट, डिजिटल तराजु, मिल्क क्यान, चिलिङ्ग भ्याट, सहकार्यमा अनुदान उपलब्ध गराउने ब्यबस्था मिलाईनेछ ।

– कृषि तथा पशु वीमा कार्यलाई प्रभावकारी रुपमा संचालन गर्नका लागि जनचेतनामूलक तालिम, गोष्ठि संचालन गरिनेछ । वीमा प्रिमियममा स्थानीय स्तरले व्यहोर्नुपर्ने रकममा ५०५ अनुदान उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइनेछ ।

– एक गाउँ एक प्राविधिकहरुको अवधारणालाई निरन्तरता दिदै थप वडाहरुमा क्रमश कृषि तथा पशु प्राविधिक थप गर्दै जाने प्रत्येक वडामा आकस्मिक रुपमा आवश्यक पर्ने कृषिका लागि किटनासक जैविक बिषादिको ब्यबस्था मिलाईनेछ ।

– कृषि वस्तु र वीऊ विजन प्रवद्र्धनका लागी नगरस्तरीय मेलाहरु आयोजना गरिनेछ ।

– उन्नत जातका विउ बिजनको समयमै ब्यवस्था गर्ने, रोग परिक्षण शिविर संचालन, माटो परिक्षण कार्यहरु आवश्यकतानुसार संचालन गर्ने ब्यवबस्था मिलाईनेछ ।

– पशु स्वास्थ्य शिविर, थुनेलो रोगको परिक्षण शिविर संचालन गर्ने प्राविधिकहरुका लागि किट वितरण गरि कृषकहरुलाई पशु पंक्षी सेवा घरदैलोमा नै सर्वसुलभ रुपमा उपलब्ध गराउने ब्यबस्थालाई निरन्तरता दिईनेछ ।

– पशुपंक्षिका लागि आवश्यक पर्ने औषधिहरु विभिन्न महामारी रोगहरुको विरुद्धका खोपहरुको अनुकुल समयमा व्यवस्थापन गरिनेछ ।

– कृषि तथा पशुपंक्षी नीतिको विकास गरिनेछ ।

– आवश्यकतानुसार साना तथा मझौला सिंचाई कुलोहरु जनसहभागीतामा संचालन गर्दै जाने, ट्राउट माछा पालन कार्यक्रमलाई पर्यटनसंगै जोड्न तथा स्थापना संचालन गर्ने, दुग्ध संकलन केन्द्रहरुको पहिचान गरि आवश्यक सामाग्रीहरुको ब्यवस्था गरिनेछ ।

– प्रत्येक वडाहरुमा स–साना वटा पशु वधशाला निर्माण गर्दै नगरस्तरिय पशु बधशाला स्थापनाको संम्भाब्यता अध्ययन गर्र्न आवश्यक ब्यबस्था मिलाईनेछ ।

– नगरस्तरिय सुविधा सम्पन्न प्रयोगशाला सहितको पशुपंक्षी अस्पताल स्थापना कार्य अघि बढाउन आवश्यक ब्यवस्था मिलाईनेछ ।

– यूवाहरुलाई तत्काल रोजगारीको अवसर दिलाउनका लागि युवा लक्ष्यित ब्यवसायिक कृषि तथा पशुपालन कार्यलाई अधि बढाउदै यूवा लक्षित कार्यक्रमहरु संचालन गर्ने ब्यबस्था मिलाईनेछ।

– नगर क्षेत्रभित्रका भैसीको अनुवाँशीक संरक्षण गरी भैसीपालक कृषकहरुलाई प्रोत्साहन दिन र उत्पादन योग्य भैसी संरक्षण गर्न भैसी सुत्केरी भत्ता उपलब्ध गराउने ब्यबस्थालाई निरन्तरता दिईनेछ ।

– कृषि तथा पशुपंक्षी पालक कृषकहरुलाई ब्यवसायीकरण तर्फ उन्मुख गराउन उत्पादनमा आधारित मेयर उत्कृष्ट पुरस्कारको ब्यवबस्थालाई निरन्तरता दिईनेछ ।

– नगर क्षेत्रभित्र छाडा छाडीएका गाई बस्तुलाई उचित रुपमा संरक्षण गरि सो को ब्यवस्थापन गर्न आवश्यक व्यवस्था गरिनेछ ।

– सहकारी क्षेत्रको विकास र प्रवद्र्धनका लागि कानून, नगरस्तरीय समितिको गठन, क्षेत्राधिकारको व्यबस्था, संरचनागत व्यबस्था लगायत अभिलेखीकरण, प्रतिवेदन, नियमन जस्ता महत्वपूर्ण कार्यलाई बृहत सहभागीताबाट सुनिश्चित गरिनेछ । विधागत समिति निर्माण गरी नगरपालिका क्षेत्र भित्र रहेका सहकारीहरुको एकिकरण, वडागत संख्यात्मक आधार, कार्यविधि, मापदण्ड तयार गरी सहकारीहरुको व्यवस्थापन गरिनेछ ।

– शहरी सौन्दर्य बृद्धि, हरित उद्यान निर्माण जस्ता कार्यहरु सहकारी संस्थासंगको साझेदारीमा निर्माण गर्ने कार्यलाई प्राथमिकतासाथ अघि बढाईनेछ ।

– सहकारी संस्थाको अनुगमन र नियमन ब्यबस्थालाई थप प्रभावकारी बनाइनेछ ।

– दोहोरो सदस्यता नियमित गराइने नीतिलाई ब्यबहारिक रुपमा क्रमशः लागु गरिंदै लगिने छ ।

– सहकारी संस्थाको कानूनत गर्नुपर्ने सम्पूर्ण ब्यवस्थापकीय कार्यका लागि आवश्यक नीति बनाईने छ ।

– सहकारी संस्थालाई आर्थिक कारोवारका आधारमा करको दायरामा ल्याउन आवश्यक गृहकार्य गरिनेछ ।

– सहकारी क्षेत्रको विकास र प्रबद्र्धनका लागि सहकारी क्षेत्र विकास कोषको अवधारणा अधि बढाइनेछ ।

– कृषि लगायत ब्यवसायिक सहकारी संस्थालाई समुदायका नागरिकको आर्थिक उत्पादकत्व बृद्धि गराउने कार्यमा संलग्न गराईनेछ ।

१३. प्रधानमन्त्री रोजगार कार्यक्रम 

– बेरोजगार व्यक्तिहरुलाई न्यूनतम १०० दिनको रोजगारी प्रदान गरिनेछ ।

– बेरोजगार व्यक्तिहरुलाई आवश्यकता अनुसार सिपमुलक तालिमको व्यवस्था गरिनेछ ।

– नगरपालिकाबाट सञ्चालित आयोजनाहरुमा बेरोजगार व्यक्तिहरुलाई रोजगारी प्रदान गरिनेछ।

– बेरोजगार व्यक्तिहरुलाई स्थानीय रोजगारदाताहरु मार्पmत रोजगारी प्रदान गरिनेछ ।

– न्यूनतम १०० बरावरको रोजगारी दिन नसके निर्वाह भत्ता प्रदान तर्पmको केन्द्रीय नीतिलाई अवलम्बन गरिनेछ ।

सभासद्ज्यूहरु,

अन्तमा उल्लेख भए अनुसारको पनौती नगरपालिकाको आगामी आ।व। ०७६÷७७ को नीति तथा कार्यक्रम निर्णयार्थ छलफलका लागि टेवुल गर्दछु ।

धन्यवाद
जय पनौती ।
२०७६।०३।२३

भीम न्यौपाने
प्रमुख

पनौती नगरपालिकाको पाँचौ नगर सभामा
उप–प्रमुख गिता बञ्जाराबाट प्रस्तुत बजेट बक्तव्य

अध्यक्ष महोदय,
पनौती नगरपालिकाको अर्थ विधेयक, र विनियोजन विधेयक २०७६ ले प्रदान गरेको अधिकार र सिमाभित्र रही आर्थिक वर्ष २०७६/०७७ को आय व्यय अनुमानित विवरण सहितको वार्षिक बजेट निति तथा कार्यक्रम सम्मानित नगर सभा समक्ष पेश गर्ने अनुमति चाहन्छु ।

नेपालको संविधान, २०७२ ले संघीय शासन व्यवस्थामा परिलक्षित गरिएको आर्थिक विकास, सामाजिक विकास, सुशासन लगायतका विषयलाई ध्यानमा राखि आगामी बर्षको बजेट निति तथा कार्यक्रम तर्जुमा गर्दा निम्न आधार लिइएको छ ।

– नेपालको संविधान, २०७२ ले परिलक्षित गरेका निर्देशक सिद्धान्त तथा नीतिहरु

– स्थानीय सरकार ऐन, २०७४

– आर्थिक कार्यविधि ऐन, २०५५, आर्थिक कार्यविधि नियमावली, २०७४ सार्वजनिक खरिद ऐन, २०६३ र खरिद नियमावली २०७४ ।

– बजेट तर्जुमा दिग्दर्शन २०७४

– बालमैत्री स्थानीय शासन रणनिती २०६८ र बाल मैत्री स्थानीय शासन कार्यविधि २०६८

– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको निर्देशन तथा परिपत्र

– अर्थमन्त्रालयको आर्थिक विषयसँग सम्बन्धी निर्देशन एवं परिपत्र

– कर तथा दस्तुरको संकलित अवस्था र संभावना

– प्राप्त हुन सक्ने अनुमानित शशर्तरनिशर्त आय

– रोयल्टी बापतको रकम

– स्वीकृत भई अधुरा रहेका योजना लगायत सञ्चालन हुन बाँकी योजना तथा कार्यक्रम

– पूर्वाधार विकास समितिले सिप।ारिस गरेका योजना

– ऐन नियम दिग्दर्शनले व्यवस्था गरेको मार्गदर्शन

– समुदाय स्तरको भेला

– वडा भेलाबाट प्राप्त सुभ।ाव

– विषयगत समितिको राय सुभ।ाव एवम् सिप।ारिस

– जनताको आँगनमा नगरपालिका कार्यक्रमवाट प्राप्त सुभ।ाव
बौद्धिक समूह भेलाको मार्ग दर्शन

– राजश्व सुधार योजना २०७५

अध्यक्ष महोदय,
१. कर दस्तुर निर्धारण एवं पुनरावलोकनका लागि गठित नगरस्तरीय राजश्व परामर्श समितिको सिफारिसमा निर्धारण गरिएका कर, दस्तुर, सेवा शुल्कको दररेट आर्थिक विधेयकमा उल्लेख गरिए बमोजिम हुनेछ । यसबाट र बाह्य स्रोतबाट हुने समेत गरि रु।

१ अरब ६ करोड ३० लाख ९५ हजार आय हुने प्रक्षेपण गरिएको छ । प्रक्षेपण गर्दा लक्ष्य उपलब्धीको अवस्था, आवश्यकता र सामथ्र्यको आधारमा नगरपालिकाले अख्तियार गरेको नीति अनुसार देहायका कार्यहरु गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

आर्थिक वर्ष २०७६÷०७७ मा आय देहायका शीर्षकहरुबाट देहाय अनुसार प्राप्त गर्न सक्ने प्रक्षेपण गरिएको छ ।

जसमा, आन्तरिक आयबाट रु। ३० करोड ४१ लाख ८४ हजार राजश्व बाँडफाँडबाट रु। २० करोड ५६ लाख ९७ हजार नेपाल सरकार र प्रदेश सरकारको वित्तीय हस्तान्तरणबाट, वित्तीय समानिकरण अनुदान रु। १५ करोड ४७ लाख ५९ हजार

सशर्त अनुदान रु २२ करोड ३४ लाख ५५ हजार
समपुरक अनुदान रु ५ करोड
नगद सहभागिता रु ४ करोड
मौज्दात बाँकी रु ८ करोड ५० लाख

२. आय प्रक्षेपण र वित्तीय परिचालनको आधारमा कुल जम्मा रु। १ अरब २६ करोड १ लाख २६ हजार बजेट विनियोजन गरिएको छ । विनियोजित बजेट देहाय अनुसार खर्च हुने अनुमान गरिएको छ ।

जसमा,

विषयगत शाखाहरुको कार्यक्रमहरु समेत गरि,

चालु खर्च रु ५७ करोड ७६ लाख २६ हजार

पुँजिगत खर्च रु २८ करोड

वित्तीय व्यवस्था रु २५ लाख

बजेट तर्जुमा गर्दा यथासम्भव प्राप्त हुन सक्ने आय अनुमानका क्षेत्रलाई भरपर्दो बनाउन आवश्यक रणनीतिका अलावा खर्च प्रणालीलाई उत्पादकत्वसँग जोड्ने गरी मितव्ययितापूर्ण कार्यशैलीमा जोड दिइने छ । आम्दानी भन्दा खर्च बढि भई न्युन हुन आउने बजेट रु।

१९ करोड ७० लाख ३१ हजारको बजेट घाटा पूर्ति गर्न सञ्चालन हुने योजनालाई बहुबर्षिय ठेक्का प्रणाली, योजना सञ्चालनको त्र।मवद्ध तालिकीकरण, नगर विकास कोष जस्ता संस्थासँगको सहकार्य एवं सं३ीय सरकार र प्रदेश सरकारसँगको साभ।ेदारी, सहकार्य र समन्वयमा पूर्ति गर्ने गरी आवश्यक व्यवस्था मिलाइनेछ ।

क्षेत्रगत बजेट विनियोजनको विवरण देहाय अनुसार रहेको छ,

विषय क्षेत्रगत कार्यक्रमहरु रु ९ करोड ५० लाख

गौरवका आयोजनाहरु रु २० करोड ६० लाख

नगरस्तरीय र वडास्तरीय आयोजनाहरु रु २२ करोड ८० लाख

पूर्वाधार विकासमा रु ३१ करोड ३३ लाख

उपभोत्त।ा साभ।ेदारी कार्यक्रम रु १० करोड

आयोजना समपुरक कोष रु ५ करोड

अन्य विभिन्न कार्यक्रमहरु रु ९ करोड ५० लाख ८० हजार

क्षेत्रगत बजेट विनियोजनको विस्तृत विवरण अनुसूचीमा उल्लेख गरिएको छ ।

३. पनौती नगरपालिकाको गौरवको योजनाको रुपमा छनौट भएका आयोजनाहरुलाई आवश्यक बजेट बिनियोजन गरेको छु । पनौती नगरपालिकाको समग्र विकासलाई प्रभाव पार्ने यस्ता आयोजनाहरु यस आर्थिक वर्षदेखि वहुवर्षीय ठेक्काको रुपमा सञ्चालन गर्नको लागि आवश्यक व्यवस्था मिलाइनेछ ।

आर्थिक वर्र्ष २०७६÷०७७ को लागि स्वीकृत भएका गौरबका योजनाहरुको लागि रु २० करोड ६० लाख बजेटको व्यवस्था गरिएको छ ।

४. नगद सहभागितामा आधारित साभ।ेदारी कार्यक्रममा विनियोजित बजेटबाट नगर क्षेत्रको पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास लगायतका क्षेत्रगत विकासमा स्थानीय उपभोत्त।ाहरुसँग साभ।ेदारी गर्ने व्यवस्था गरिएको छ ।

नगद सहभागितामा आधारित विकास निर्माण कार्यलाई प्रोत्साहन गर्न र नगरपालिकाले सञ्चालन गरेका विकास निर्माण सम्बन्धि कार्यमा अपनत्व कायम गर्न उपभोत्त।ा तथा अन्य संस्थाहरुको साभ।ेदारीमा विकास निर्माण कार्यहरु अगाडी बढाउने लक्ष्य नगरपालिकाले लिएको छ । नगदमा आधारित जनसहभागिता आयोजना तथा कार्यक्रमहरुको लागि आर्थिक वर्ष २०७६÷०७७ मा रु। १० करोड बजेट बिनियोजन गरेको छु ।

५. नेपाल सरसकार, प्रदेश सरकार र जिल्ला समन्वय समितिसँगको साभ।ेदारीमा विभिन्न योजनाहरु सञ्चालन गरिनेछ । यस्ता निकायहरुसँगको साभ।ेदारीमा सञ्चालन हुने आयोजनाहरुको लागि आवश्यक रकमको व्यवस्था गरेको छु । आयोजनाहरु सञ्चालनको लागि आवश्यक साभ।ेदारी गर्न समपुरक कोषमा रु। छ करोड बजेट बिनियोजन गरेको छु ।

६. वडालाई वित्तीय अधिकारमा लैजाने गृहकार्य भइरहेको छ । वडास्तरमा भईरहेको स–साना योजना मर्मत तथा वडा कार्यालय सञ्चालनसँग सम्बन्धित खर्चहरु वडा कार्यालय मापर्।त नै खर्च गर्ने व्यवस्था मिलाइने छ र सो कार्य साविकमा भएको व्यवस्था बमोजिम नै सञ्चालन हुने छ ।

यसबाट स–साना प्रकृतिका सञ्चालन खर्च लगायत साना विकास आयोजना वडागत रुपमा नै गर्न सकिने छ । यसको लागि प्रति वडा कार्यालय सञ्चालन लगायत विभिन्न आयोजना मर्मत सम्भार तथा कार्यक्रमहरु सञ्चालन गर्न समेत गरि रु। २२ लाखका दरले बजेट व्यवस्था गरिएको छ ।

७. वडाले वडा भेला गरी सहभागितात्मक योजना तर्जुमा पद्धतिका आधारमा प्राप्त योजनाहरुलाई प्रत्येक वडामा ठुला साना गरी वडाले छनौट गरी निर्णय गरेका पाँच वटा योजनाको लागि प्रति वडा ५५ लाख विनियोजन गरिएको छ ।

८. पनौती नगरपालिका कृषि तथा पशुपंक्षीको ठूलो सम्भावना भएको क्षेत्र हो । यहाँको कषि प्रणाली व्यवसायिकतामा जान सकेकोे छैन । कृषि व्यवसायिकता जान र पशुपंक्षी पालन कार्यलाई व्यवसायिकरण गर्न यो क्षेत्रमा नयाँ ढंगले अगाडी बढ्नु पर्ने देखिन्छ । कृषिलाई आधुनिकीकरणमा लैजानको लागि कृषकहरुलाई प्रोत्साहित गर्नु पर्ने देखिन्छ ।

कृषिमा यान्त्रिकीरणको प्रयोग, आधुनिक कृषि प्रणाली सम्बन्धी तालिम, पुष्प व्यवसाय प्रवद्र्धन, कृषि फार्महरुको स्थापना, कृषि बस्तुहरुको बजारीकरणको लागि कृषि उपज संकलन केन्द्रको निर्माण लगायतका कृषि विकास सम्बन्धी कार्यहरु गर्नको लागि रु १ करोड ५० लाख बजेट बिनियोजन गरेको छु ।

त्यसैगरी युवा लक्षित पाडापाडी हुर्काउने कार्य, दुग्धजन्य पदार्थको विविधीकरण, आधारभुत प्रयोगशाला सहितको नगरस्तरीय पशु पंक्षि अस्पताल स्थापना, उत्पादनमा आधारित अनुदान प्रणाली, उन्नत जातको बाख्रा साटासाट कार्यक्रम, भैंसी सुत्केरी भत्ता लगायतका अन्य पशुपंक्षि विकास सम्बन्धी कार्यहरु गर्नको लागि रु २ करोड ५० लाख बजेट बिनियोजन गरेको छु ।

९. मानव जीवनको लागि स्वास्थ्य महत्वपूर्ण विषयमा रहेको छ । मानिसको जीवन स्वस्थ नभएमा अन्य कुनै पनि कार्यहरु सञ्चालन गर्न नसकिने अवस्था रहन्छ ।

अत नगर क्षेत्रका जनतालाई सहजरुमा स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि नेपाल सरकारबाट सर्शत कार्यक्रमको रुपमा आएको कार्यक्रमहरु बाहेक पनौती नगरपालिकाभित्र विभिन्न स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नको लागि रु १ करोड ५० लाख बजेट विनियोजन गरेको छु ।

१०. पुण्ययाता करिडोर बैकल्पिक सडक निर्माण गर्न आगामी आ।व।को लागि रु। ९ करोडको बजेट व्यवस्था गरेको छु ।यसलाई बहुबर्षिय आयोजनाको रुपमा लिई निरन्तर बजेटको व्यवस्था गरिने छ ।
११. महिला विकाससम्बन्धी विभिन्न जनचेतनामुलक, क्षमता विकास सम्बन्धी र आय आर्जन मुलक कार्यक्रमहरु सञ्चालन गर्न र समग्र महिला विकास सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्न को लागि रु ५० लाख बजेट बिनियोजन गरको छु ।

१२. राष्ट्रिय अर्थतन्त्रको एउटा खम्बाको रुपमा दिइएको सहकारी क्षेत्रलाई प्रवद्र्धन गरी न्युन आय भएका नगरवासीहरुको आर्थिक जिवनस्तर उकास्ने तथा अन्य उत्पादनमुलक क्षेत्रमा लगानी बढाई उत्पादकत्व बढाउने जस्ता कार्यहरुलाई प्रोत्साहित गर्न सहकारी क्षेत्रसँग सम्बन्धित कार्यक्रमको लागि रु ५० लाख बजेट बिनियोजन गरेको छु ।

१३. विषयगत निकायका हकमा तोकिए अनुसार प्राप्त हुन आएको बजेटलाई मुल बजेटमा समावेश गरि तोकिए बमोजिम नै बजेट विनियोजन गरिएको छ । हस्तान्तरण हुने वा आउन बाँकी निकायका बजेट तथा कार्यक्रम यस बजेटमा समावेश हुन सकेको छैन ।

प्राप्त भए अनुसार जे जसरी तोकिएर प्राप्त हुन्छ सोही बमोजिम कार्यान्वयन गर्ने व्यवस्था मिलाइनेछ साथै गैसस लगायतका विभिन्न योजना परियोजनाको बजेट समेत मुल बजेटमा समाबेश नभएता पनि कार्यान्वयनका त्र।ममा त्यस्ता संस्थाले नगरपालिकाको अनिवार्य सहमति लिई कार्यान्वयन गर्ने व्यवस्था मिलाइने छ ।

१४. नगरको समग्र बृहत एकिकृत शहरी विकास योजना तर्जुमा गर्न आवश्यक बजेट विनियोजन गरिएको छ । जसको लागि रु।। ३५ लाख बजेट विनियोजन गरिएको छ ।

१५. नगरपालिकाको मौजूदा जनशक्ति समायोजन गर्नु पर्ने दरबन्दी लगायत थप गर्नु पर्ने कर्मचारी दरबन्दीको एकिकृत तालिका अनुसूचिमा उल्लेख छ ।

१६. आर्थिक वर्ष २०७६/०७७ देखि लागु हुने गरी नेपाल सरकारले राष्ट्रसेवक कर्मचारीहरुको मनोबल बढाउनको लागि वृद्धि गरेको तलब सुविधाहरु यस नगरपालिकाका कर्मचारीलाई समेत लागु हुने गरी आवश्यक बजेटको व्यवस्था गरेको छु ।

प्रस्तावित जनशक्तिलाई आवश्यक तलव भत्ताको बजेट व्यवस्था गरि साविकमा दिई आएको थप सुविधाहरु यथावत राखिएको छ ।

१७. पेश्की बेरुजू लगायत बाँकी बक्यौता असुल उपर गर्ने आवश्यक व्यवस्था मिलाइएको छ ।

१८. सञ्चार क्षेत्र र सञ्चारकर्मिको उत्प्रेरणाको लागि आवश्यक बजेट व्यवस्था गरिएको छ ।

१९. विपद व्यवस्थापन कार्यको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।

२०. आयोजना सिघ्र र स्तरिय रुपमा सम्पन्न गर्नेलाई मापदण्डको आधारमा आयोजनागत पुरस्कारको व्यवस्था गरिएको छ ।

२१. विपन्न दलित विद्यार्थीहरुलाई विशेष छात्रवृतिको व्यवस्था मिलाइएको छ ।

२२. प्रत्येक सामुदायिक माध्यमिक विद्यालयहरुमा इन्टरनेटको सुविधा प्रदान गरिनेछ ।

२३. पोशाकमा एकरुपता कायम गर्न पदाधिकारीहरुका लागि पोशाकको व्यवस्था गरिएको छ ।

२४. प्रचलित कानून–प्रदेश कानूनंले तोके बमोजिम पदाधिकारीका लागि आवश्यक पारिश्रमिकको व्यवस्था गरिएको छ ।

२५. आय प्रक्षेपणको विस्तृत विवरण र सोको आधारमा तयार गरिएको बजेट विनियोजनको विभिन्न अनुसूचीहरु यसैसाथ संलग्न गरिएको छ ।
धन्यवाद

प्रतिक्रिया दिनुहोस !