-
नमोबुद्ध संवाददाता
काठमाडौं– कला, साहित्य र रंगमञ्चमार्फत सकारात्मक सोच विकास गर्दै स्थानिय संस्कृति र सम्पदा प्रबद्र्धन गर्ने ध्येयले हुँदै आएको जेसुम यात्राको आठौं श्रृंखला ललितपुरको सांस्कृतिक शहर खोकनामा सम्पन्न भएको छ ।
चित्रकार, कवि र रंगकर्मीहरु सामेल यात्रा खोकना बसपार्कबाट शुरु भएको थियो । खोकनाका पुराना घर, मन्दिर, देबल, पोखरी, तेल पेल्ने पुरानो कोल, मल्लकालीन बौद्ध विहार लगायतको अवलोकन गर्दै टोली रुद्रायणी मन्दिरमा पुगेको थियो । मन्दिर परिसरमा बुद्धिरत्न डंगोल, कृष्णभक्त डंगोल, बेखनर डंगोल, नरेन्द्रराज डंगोलदेखि वडा सदस्य श्याम महर्जन, ज्ञानभक्त डंगोल, संचारकर्मी स्वयम्भु डंगोल लगायतले टोलीलाई खोकनाको ऐतिहासिक, सांस्कृतिक एवं भौगोलिक महत्व प्रकाश पारेपछि यात्रा खोकनाको पुरानो बस्ती कुदेशतिर अघि बढेको थियो ।
टोलीले १६ सय बर्ष अघिको पुरानो बस्तीको भग्नावशेष समेत अवलोकन गरेका थिए । भग्नावशेषमा भेटिएका पुरानो चोक, आँगन, मल्लकालीन इँट्टा, लिच्छवीकालिन इनार जस्ता ऐतिहासिक सम्पदाको हेर्दै हरेक बर्ष सिकाली जात्रा हुने चौरमा पुगेर स्रष्टाहरुले विश्राम लिएका थिए । त्यहाँ उनीहरुले प्रकृतिसँग रमाउँदै कविता लेखे । चित्रकारहरुले चित्र कोरे । स्नेह सायमी, अनिता लामा, विश्वासदिप तिगेला, गुणेश बुढा, धर्मानन्द भट्ट, फूलमान वल, रमेश कडेल, मोहन संग्राम लगायतले कविता लेखे । प्रायः सबैले खोकनाको सांस्कृतिक सौन्दर्यप्रति चिन्ता जाहेर गर्दै कविता लेखे । मुलुकमै पहिलोपटक बत्ती बलेको खोकनामा विस्तारै अँध्यारोले छोप्दै लगेको विम्ब र प्रतीकमा कविताहरु सर्जिएकमा थिए ।
भुकम्पले क्षति पुर्याएको खोकनाको सांस्कृतिक सम्पदाहरुप्रति स्रष्टाहरुले चिन्ता जनाए । वडासदस्य श्याम महर्जनले यस्तो अवस्थामा पनि सरकारले पुरानो बस्तीको बिचबाट फास्ट ट्रयाकको योजना गरिरहेको प्रति गुनासो गरे । मल्ल राजा नरेन्द्र देवका पालामा भारतको आसाम चेरापुञ्जीबाट मत्सेन्द्रनाथ ल्याउँदा बागमतीछेउको प्राचीन बस्ती कुदेशबाट माथि सारिएको यो ऐतिहासिक बस्ती अहिले सरकारले अघि सारेको फास्ट ट्र्याक, बाहिरी चक्रपथ र बागमती करिडोर परियोजनाले समस्यामा परेको उनले बताए ।
टोलीले १६ सय बर्ष अघिको पुरानो बस्तीको भग्नावशेष समेत अवलोकन गरेका थिए । भग्नावशेषमा भेटिएका पुरानो चोक, आँगन, मल्लकालीन इँट्टा, लिच्छवीकालिन इनार जस्ता ऐतिहासिक सम्पदाको हेर्दै हरेक बर्ष सिकाली जात्रा हुने चौरमा पुगेर स्रष्टाहरुले विश्राम लिएका थिए । त्यहाँ उनीहरुले प्रकृतिसँग रमाउँदै कविता लेखे । चित्रकारहरुले चित्र कोरे । स्नेह सायमी, अनिता लामा, विश्वासदिप तिगेला, गुणेश बुढा, धर्मानन्द भट्ट, फूलमान वल, रमेश कडेल, मोहन संग्राम लगायतले कविता लेखे । प्रायः सबैले खोकनाको सांस्कृतिक सौन्दर्यप्रति चिन्ता जाहेर गर्दै कविता लेखे । मुलुकमै पहिलोपटक बत्ती बलेको खोकनामा विस्तारै अँध्यारोले छोप्दै लगेको विम्ब र प्रतीकमा कविताहरु सर्जिएकमा थिए ।
चित्रकार दिपेन्द्र बनेपालीसँगै चन्द्रा श्रेष्ठ, तथागत गौतम, राकेश चन्द्र श्रेष्ठ, दिवेश प्रधान, कला लिम्बु राजेन्द्र याकामी, केदार माक, झलक केसी, विकास विसंखे, सर्जन ढकाल, सौरभ कोइराला, अनिल खडा, पुण्यराम माताङ र लक्ष्मीप्रसाद खोतेजाले चौरमा चित्रहरुको घुम्ती प्रदर्शनी गरे । उनीहरु मध्ये केहीले खोकनाको रुद्रायणी मन्दिरको पछिल्लो अवस्था उतारे, केहीले खेतका फाँट, गरा र कुदेशको भग्नावशेष छोपिएको झाडी र पुराना घरलाई कम्पोजिसन भित्र पारे । संचारकर्मी स्वयम्भु डंगोलसम्मले खोकनामा प्रचलित सिखाली जात्रादेखि दशैं नमाउने खोकनाको संस्कृतिसम्म प्रकाश पारे । स्थानिय संस्कृति र सम्पदा खोज्दै गरिएका जेसुम यात्रा श्रृंखला अन्र्तगतका चित्रहरुको छिट्टै एकमुष्ट प्रदर्शनी गर्ने जेसुमकी संयोजक अनिता लामाले बताइन् ।