नमोबुद्ध संवाददाता :
काठमाण्डौं– सरकारले बेघर भइ सडकमा पुगेकाको उद्धार गर्ने योजना बनाएको छ । विशेषगरी काठमाण्डौं उपत्यका लगायत देशका विभिन्न शहरमा चिसोमा कठ्याङ्ग्रिँदै र गर्मीमा भोकै खुलाआकाशमुनि बस्नुपर्ने स्थितीको अन्त्य गर्न सरकार अघि सरेको हो । कोहीपनि मानिस भोकै÷नाङ्गै बस्नुनपर्ने नारालाई व्यवहारमा उतार्न सरकार अब भने विभिन्न गैरसरकारी निकायको सहयोगमा उद्धार तथा व्यवस्थापनमा लाग्दैछ ।
केहीदिन अघिमात्रै काठमाडौंका विभिन्न स्थानमाखुला आकाशमुनि बस्दै आएका एकसय ९ जनालाई प्रहरीले उद्धार ग¥यो । एउटा आश्रम संस्थासँगको सहकार्यमा सरकारले बेघर भई सडकमा पुगेकालाई व्यवस्थापन गर्ने अभियान चलाएको छ । आश्रमका प्रवक्ता एवम् ३ नम्बर प्रदेश संयोजक सुनिल बर्तौलाका अनुसार आश्रमले खुलाआकाशमा रात बिताउन बाध्य जो कसैलाई पनि उद्धार गरि संरक्षणको काम गर्छ । स्वास्थ्य समस्या देखिएका, अशक्ततथा बिरामीआश्रमको पहिलो प्राथमिकतामा पर्छन् ।
मकवानपुरको हेटौडा,चितवनको भरतपुर, काठमाडौंको सामाखुशी, बुढानिलकण्ठ, ललितपुरको हात्तिवन, गोरखालगायत ११ जिल्लाबाट साढे ६ सय वेवारिसे व्यक्तिको उद्धार भइसक्यो । मकवानपुर र गोरखालाई भोकै÷नाङ्गै सडकमा बस्नुनपर्ने जिल्लाकारूपमा घोषणा गर्ने तयारी छ । मकवानपुर यही फागुन ४ गते भोकै÷नाङ्गै सडकमा बस्नुनपर्ने पहिलो जिल्लाका रुपमा घोषणा हुने जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताउनुभयो ।
प्रदेश नम्बर ३ को बनेपा, २ को जनकपुर, ५ को नेपालगञ्ज, कर्णालीप्रदेशको सुर्खेत र एक नम्बर प्रदेशको विराटनगरमाआश्रम सञ्चालनगर्न सरकारले सहयोग गर्ने आश्वास दिएको छ । त्यसो भएमा २०८२ सालसम्म देशभर कोहीपनिव्यक्ति सडकमा सुतिरहेको भेटिने छैनन् ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीथममायाथापाले सरकारले आफैंले पनिपुर्नस्थापना केन्द्र सञ्चालन गरेर र विभिन्न संघसंस्थासँग समन्वय गरेर बेघर भइ सडकमा पुगेका मानिसको संरक्षणको काम गरिरहेको बताउनुभयो । तर आवश्यक मात्रामा भने कामअझै हुननसकेको उहाँले बताउनुभयो ।
सरोकारवाला निकायका अनुसार झन्डै ४ हजार व्यक्ति वेवारिसे अवस्थामा सडकमा छन् । गत भदौबाट लागू भएको नयाँ कानूनमा सडकमा माग्न नपाउने व्यवस्था पनि गरिएको छ ।
सिआईएन