नमोबुद्ध संवाददाता
काठमाडौं– केही अघि मात्रै एकल कविता बाचनमा उत्रिएकी थिइन्, कवि अनिता लामा । राष्ट्रिय नाच घरमा आयोजित पहिलो एकल प्रस्तुतिमा उनले साहित्यिक पारखीको राम्रै मन जितेकी थिइन् । त्यसको केही अन्तरालमै बुधबार उनै अनिता फेरि एकल बाचनमा उत्रिइन् । यसपटक नारी सशक्तिकरणका सिर्जनाहरु सहित प्रस्तुत भएकी उनले दर्शक दिर्घाबाट उत्तिकै वाहवाही पाइन् ।
नागरिकता समेत पिता वा पतिको नामबाट लिनुपर्ने समाजमा नारी अधिकार र स्वतन्त्रताको अवस्था कस्तो कल्पना गर्न सकिन्छ ? यस्तो बेला के पैत्रिक सम्पतीमा छोरीको हकको कल्पना गर्न सकिन्छ ? अनिताका कविताले मनमा हैन मस्तिष्कमा यसरी हान्थ्यो ।
कार्यक्रम गरेको थियो, धुम्बाराहीस्थित महिला सामुदायिक कार्यक्रम संचालन समिति र महिला सामुदायिक केन्द्रले । महिला सम्बन्धित संस्थाले गरेको कार्यक्रममा महिला विषयबस्तु नहुने त कुरै भएन । कवि अनिताले ‘नागरिकता’ शिर्षकको कवितामा पुरुषहरुको दबदबा रहेको सत्ताले नारीलाई कसरी दबाउ“दै आएको छ भन्ने सन्दर्भलाई शक्तिशाली रुपमा उठाइन् । नागरिकता समेत पिता वा पतिको नामबाट लिनुपर्ने समाजमा नारी अधिकार र स्वतन्त्रताको अवस्था कस्तो कल्पना गर्न सकिन्छ ? यस्तो बेला के पैत्रिक सम्पतीमा छोरीको हकको कल्पना गर्न सकिन्छ ? अनिताका कविताले मनमा हैन मस्तिष्कमा यसरी हान्थ्यो ।
हालै तेस्रो कविताकृति ‘आतुङ’ सार्वजनिक गरेकी उनले वाचनको शुरुवात भने ‘सलाम आदरणीय आमाबुबा’ कवितामार्फत गरेकी थिइन् । जन्मदिने आमा र बुबाको महिमागानपछि ‘रगत’ शिर्षकको कवितामा पनि नारीकै कुरा उठाइन् उनले । समाजमा हुने राजनीतिक, सांस्कृतिक र प्रशासनिक विभेदप्रतिको उनको व्यंग्य अर्थपुर्ण थियो । नारीलाई दोस्रो दर्जाको नागरिक र भोग्य बस्तुको रुपमा व्यवहार गर्ने परम्परागत पुरुष मनोविज्ञानकै कारण समस्याहरु पैदा भएको उनले कविताको आशय थियो ।
समाजमा हुने राजनीतिक, सांस्कृतिक र प्रशासनिक विभेदप्रतिको उनको व्यंग्य अर्थपुर्ण थियो । नारीलाई दोस्रो दर्जाको नागरिक र भोग्य बस्तुको रुपमा व्यवहार गर्ने परम्परागत पुरुष मनोविज्ञानकै कारण समस्याहरु पैदा भएको उनले कविताको आशय थियो ।
‘६ बराबर ६’ कवितामा भने उनले आफ्नै ६ दिदी बहिनीलाई प्रतीकात्मक रुपमा उभ्याउदै नारी शक्तिको बखान गरिन् । ‘स्वास्थानी साङ्गे’, ‘भिडियो कल’ र ‘ह्यारी, आस्याङ र साहिबा’मा वैदेशिक रोजगारको दर्दनाक कथा भनिन् । काठको बाकसमा लोग्नेको लास आउदा स्वास्थानी साङ्गेमा मग्न युवतीको मनोदशा कस्तो हुन्छ होला ? आफन्तजन र घरको खुशीको लागि भिडियो कलमा विदेशको अग्ला भवन र चिल्ला सडक देखाउने युवाको मन चाहि आफैमा कसरी भतभति पोलिरहेको होला ? कविता सुन्दै गर्दा दर्शक स्रोताहरु उत्तिकै गम्भीर बने ।
यसपछि उनले ‘विद्यार्थी’, ‘त्यो दिन’, ‘मेरो देश मेरो सर्वश्व’, ‘ओ एमाले’ लगायत डेढ दर्जन कविता सुनाइन् । केही कवितामा मुलुकको राजनीतिक विसंगती र पार्टीहरुभित्र देखिएको विचलनप्रति अनिताले औंलो ठड्याइन् । उनकै ‘गलाफ’ शिर्षकको कविता भने कवि फूलमान वलले बाचन गरे । कवितामा प्रेम गर्ने संस्कृतिमा आएको विचलनलाई फूलको विम्बमा उतारिएको थियो भने श्रम र संघर्षप्रतिको अगाध स्नेह र सम्मान प्रकट गरिएको थियो ।
अर्को शक्तिशाली कविता थियो, ‘ओ एमाले’ । यसमा उनले कार्यकर्तालाई नेताले छरिदिने आहारामा लोभिने परेवाको रुपमा प्रतिबिम्बित गर्दै पार्टीभित्रको विकृति–विसंगती माथि औंला ठड्याइन् । ‘हुन त अहिले नेकपा भइसकेको छ, एकीकरणको क्रममा’, उनले भनिन्, ‘तर, यो समग्र राजनीतिक विचलन र विकृति विरुद्धको सिर्जना हो ।’
काठको बाकसमा लोग्नेको लास आउदा स्वास्थानी साङ्गेमा मग्न युवतीको मनोदशा कस्तो हुन्छ होला ? आफन्तजन र घरको खुशीको लागि भिडियो कलमा विदेशको अग्ला भवन र चिल्ला सडक देखाउने युवाको मन चाहि आफैमा कसरी भतभति पोलिरहेको होला ? कविता सुन्दै गर्दा दर्शक स्रोताहरु उत्तिकै गम्भीर बने ।
अनिताका कवितामाथि टिप्पणी गर्दै समालोचक तथा कवि सुरेश हाचेकालीले अनिताका लेखनमा माक्र्सवादी सौन्दर्यचेत, राष्ट्रिय एकता र महिला उन्मुक्तिको स्वर पाएको दावी गरे । पछिल्लो समय विभिन्न समुदायबाट नेपाली साहित्यमा भित्रिएको मौलिक विम्ब, प्रतीक र मिथकहरुले भिन्नै स्वाद दिलाएको दावी गर्दै हाचेकालीले अनिताका केही कवितामा तामाङ समुदायको सांस्कृतिक स्वाद भेटिने बताए ।
राष्ट्रिय नाचघरका महानिर्देशक राजेश थापा, पुर्व सभासद मीरा ध्वोँजु, शिवकुमारी खनाल लगायतले अनिताका कवितामा समकालिन राजनीतिक तथा सामाजिक चेतना सशक्त रुपमा पाइने बताए । कविता बाचन अघि अनिताकै बहिनी सरिता लामा, सबिता लामा र संगिता लामाले नृत्य प्रस्तुति दिएका थिए ।
काभ्रेको तेमाल मेच्छेमा जन्मिएका अनिताले ‘अनुराग’, ‘अर्पण’ र ‘आतुङ’ गरि तीन कविताकृति सार्वजनिक गरिसकेकी छन् ।