नमोबुद्ध संवाददाता,,,
धुलिखेल–भौतिक पुर्वाधारको द्रुत विकासलाई केन्द्रित गरी भौगोलिक विकटता चिर्नेगरी खानीखोला गाउँपालिकाले आफ्ना नीति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।
खानीखोला गाउँपालिकाको तेस्रो गाउँ सभामा अध्यक्ष कृष्ण खुलालद्वारा
प्रस्तुत आ.व. २०७५÷०७६ को बार्षिक नीति, कार्यक्रम तथा वजेट
यस तेस्रो गाउँसभाका सभाध्यक्षज्यू, सदस्यहरु र गाउँकार्यपालिकाका पदाधिकारीहरु, नागरिक समाज, बुद्धिजीवी, पत्रकार, प्रमुख प्रशासकिय अधिकृत एवं अन्य कर्मचारी मित्रहरु, सर्वप्रथम खानीखोला गाउँपालिकाका निर्वाचित पदाधिकारीज्यूहरुलाई म गाउँपालिका अध्यक्ष र गाउँकार्यपालिका परिवारको तर्फबाट हार्दिक स्वागत गर्दछु । साथै देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न तथा जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाउने महान् अभियानमा सहादत प्राप्त गर्नु भएका सम्पूर्ण ज्ञात, अज्ञात शहीदहरु प्रति हार्दिक श्रद्धा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
१,नेपाल राज्यको राज्य पुनः संरचना पछि भएको पहिलो चरणको स्थानीय तहको निर्वाचन पछि खानीखोला गाउँपालिकाको तर्फवाट तेस्रो गाउँ सभामा दोस्रो पटक नीति, वजेट तथा कार्यक्रमहरु प्रस्तुत गर्न यस गाउँ सभामा उपस्थित हुन पाउँदा गौरव महसुस गरेको छु । जनताले सात दशक सम्म गरेको वलिदानी पुर्ण संघर्ष पछि यो सुनौलो अवसर हामी समक्ष जुरेको छ । नेपालको संघीय संरचना अन्तर्गत जनतासँग प्रत्यक्ष र नजिकवाट सरोकार राख्ने स्थानीय तहको महत्व, भावना र सार्थकता सम्पूर्ण सर्वसाधारणमा समेत वोध गराउने यो सुखद समयलाई स्मरण गर्न चाहन्छु ।
२, संघीय लोतान्त्रिक गणतन्त्र समावेशी न्याय सहितको समानुपातिक समावेशी शासन व्यवस्था मौलिक हक विविधता वीच एकता सहिष्णुता र धर्मनिरपेक्षता जस्ता महत्वपूर्ण उपलब्धी संस्थागत हुदै मुलुक संविधान कार्यन्वयनको चरणवाट राष्ट्रि«य स्वाधिनता र स्वाभिमान, लोकतन्त्र दिगो शान्ती,सुशासन विकास र समृद्धिको नयाँ युग शुरु भएको छ ।
३, यस काभे्रपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका ७ वटा वडा रहेको काभे्रको डाँडापारी भनेर चिनिने तराई झर्दा चाकलको नामले पहिचान बनाएको पूर्वमा महाभारत गाउँपालिका पश्चिममा महांकाल गाउँपालिका उत्तरमा वेथानचोक गाउँपालिका र दक्षिणमा वागमति गाउँपालिकाको वीच भागमा रहेको यस खानीखोला गाउँपालिका राजधानीको काठमाडौबाट करीव १२५ कि.मी.को दुरीमा अबस्थीत एउटा शितल, शान्त, प्रदुषणरहित, हरीयालीयुक्त खानीखोलाले घेरिएको वस्ती÷गाउँ भनेर चिनिन्छ ।
४,यस खानीखोला गाउँपालिका २०६८ को जनगणनामा १४,३९८ जनसंख्या रहेको यो सानो गाउँ, विकास निर्माणमा पिछडिएको दुर्गमका कारण राज्यवाट प्राप्त हुने सेवा सुविधा पर्याप्त मात्रमा लिन नसकिएको, सरकारी तथा गैर सरकारी निकायवाट सञ्चालन हुने कार्यक्रमहरु सहज ढंगले यहाँको जनताहरुले प्राप्त हुन नसकेको, विकटताको कारणले गर्दा आजसम्म पनि पालिकाको केन्द्रमा यातायात सेवाको सुविधा सहज ढंगले प्राप्त हुन सकिरहेको छैन । झनै पालिका भित्र रहेको वडापालिकाको केन्द्रमा यातायात सेवा सुविधा पु–याउने त कहिले हो कहिले ? पिडादायक वीचमा यहाँको जनताहरु आफ्नो जनजीविका चलाईरहेका छन् । भारी भोग्नु पर्दाको पिडा अनि गरिवी रेखांकनमा निम्न वर्गका वसोवास गरी वस्ने जनताको हितमा काम गर्न हामीलाई स्थानीय तहको निर्वाचनवाट जिम्मेवारी सुम्पेको छ ।
५, सबै प्रकारको प्राकृतिक विविधता बोकेको यस गाउँपालिकामा सडक, शिक्षा, खानेपानी, स्वस्थ्य, कृषि, पशु र पर्यटनलाई नमुनाको रुपमा विकास गरी समग्र खानीखोला गाउँपालिकाको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा उल्लेखनीय योगदान हुने सम्भावना देखेको छु । जसको लागि गाउँपालिकाको रणनीतिक विकास योजना बनाई आगामि दिनमा अगाडि बढाइनेछ । यसका साथ साथै समग्र गाउँपालिकाको एकिकृत विकास योजना तयार गरी स्पष्ट लक्ष्य र उद्देश्यका साथ परिणाम मुखी भई अगाडि बढन आफु प्रतिवद्ध रहेको व्यहोरा यस सम्मानित सभामार्फत समग्र खानीखोला गाउँबासीमा प्रतिबद्धता जाहेर गर्न चाहन्छु ।
आदरणीय सभासदज्यूहरु,
हामी सबैलाई थाहा छ हाम्रा चाहना र आवश्यकताहरु असिमित छन तर स्रोत र साधनहरु सिमित छन । उपलव्ध सिमित स्रोत र साधनबाट समग्र गाउँपालिकाको सम्पूर्ण नागरिकहरुको चाहना र विकासलाई सम्बोधन गर्न आफैमा चुनौतिपूर्ण छ । त्यसैले सिमित स्रोत र साधनलाई प्राथमिकताका साथ परिचालन गरी अधिकतम जनसहभागिता, सहकार्य तथा साझेदारीमा विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने हाम्रो आवश्यकता र वाध्यता हो । यस तर्फ सम्पूर्ण सदस्यज्यूहरुको सहयोग र सहकार्यको पूर्ण सहयोगको आशा लिएको छु ।
अव म आगामी आ.व.२०७५।०७६ का बजेट नीति तथा कार्यक्रम र गाउँपालिकालाई विकासको लक्ष्य हासिल गर्न सकिने प्रस्तावहरुमा जान चाहन्छु ।
प्रस्तावहरु:
१) आ.व. २०७५।०७६ को अनुमानित बजेट नीति तथा कार्यक्रम पारित सम्वन्धमा ।
४) आवश्यक ऐन तथा कार्यविधिहरु सम्वन्धमा ।
५) आ.व. २०७४।०७५ को निर्णय तथा आम्दानी र समिक्षा सम्वन्धमा ।
६) गाउँपालिकाको संगठनात्मक स्वरुप र कर्मचारी कार्य विवरण वारे ।
७) ऐन नियम, विनियम, कार्यविधि सम्वन्धमा ।
क) आर्थिक ऐन २०७५
ख) विनियोजन ऐन २०७५
८) विषयगत गुरुयोजना बनाउने ।
क) भौतिक पूर्वाधार गुरुयोजना,
ख) सरसफाई गुरुयोजना,
ग) हरियाली व्यवस्थापन गुरुयोजना ।
गाउँसभाका सभासदज्यूहरु,
अब म यस खानीखोला गाउँपालिकाको योजना, बजेट तथा कार्यक्रम तर्जुमाको लागि अबलम्बन गरिएका पद्धति तथा लिइएका आधारहरुको बारेमा व्याख्या गर्न चाहन्छु । जसमा,
१,नेपालको संविधानले निर्देशित गरेको स्थानीय तहको काम, कर्तव्य तथा अधिकार सम्वन्धी विषय तथा प्राथमिकताहरु ।
२.स्थानीय सरकार सञ्चालन ऐन २०७४ को नीतिगत व्यवस्था र प्राथमिकताको आधारहरु ।
३.राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग ऐन २०७४ को नीतिगत व्यवस्था र प्राथमिकता तथा सन्नतुलनका आधारहरु ।
४. स्थानीय तहको वार्षिक योजना तथा वजेट तर्जुमा दिग्दर्शन ।
५.अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ ले गरेको नीतिगत व्यवस्था ।
६. नेपाल सरकार अर्थ मन्त्रालयवाट वित्तिय समानीकरण अनुदान र राजश्व वाँडफाटको सिलिङ सहितको मार्गदर्शन ।
७.संघीय र प्रदेश सरकारले जारी गरेको नीति कानुन र मापदण्डहरु ।
८. संघीय सरकार र प्रदेश सरकारवाट प्राप्त अन्य मार्गदर्शन एवं निर्देशन तथा सुझावहरु ।
९.चौधौ योजनाले निर्दिष्ट गरेको लक्ष्य एवं उद्धेश्यहरु ।
१०.जनतावाट माग भै आएका र हामीले व्यक्त गरेका प्रतिवद्धता पत्र,राजनैतिक घोषणापत्र र समय समयमा सार्वजनिक गरेका वचनवद्धताहरु ।
आदरणीय सभासदज्यूहरु,
उपलब्ध सिमित श्रोत साधनलाई उपयोग गरी दिगो र भरपर्दो विकास गर्नु हाम्रो प्रतिवद्धता हो । यसो गर्न हामीले योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता पूर्वक क्रमशः कार्यान्वयन गर्दै लैजानुपर्ने वाध्यता भएकोले सोको लागि सालबसाली रुपमा आयोजनालाई विभाजन गरी प्राथमिकताका क्षेत्रहरुको पहिचान गर्नुपर्ने आजको आवश्यकता हो । सोही सिद्धान्त अनुरुप हामीले योजना तथा कार्यक्रमहरु छनौट गर्दा देहायका आधारहरु तय गरी सोही अनुरुप योजना तथा कार्यक्रम छनौट गरेका छौ ।
योजना तथा कार्यक्रमहरु छनौटका आधारहरु:
१. आर्थिक विकासका नयाँ ढोका खोल्न सक्ने सम्भावित क्षेत्रहरुः सडक,खानेपानी, शिक्षा, स्वस्थ्य, व्यावसायिक कृषि तथा पशु र पर्यटकीय क्षेत्र, उद्योग, पर्यटकीय मार्ग आदी ।
२. पिछडिएका क्षेत्र, वर्ग र समुदायलाई प्रत्यक्ष फाइदा पुग्ने र नयाँ रोजगारीको श्रृजना हुन सक्ने योजना तथा कार्यक्रमहरु ।
३. स्वास्थ्य र शिक्षाको उपलब्धता तथा गुणस्तरीयतामा अभिबृद्धि हुने कार्यक्रमहरु ।
४. महिला तथा बालबालिकालाई प्रत्यक्ष फाइदा हुने कार्यक्रमहरु ।
५. वातावरण संरक्षण तथा प्रवद्र्धन हुने र दिगो विकास लक्षित कार्यक्रमहरु ।
६. विपदबाट कम क्षति पुग्ने र विपदको समयमा उद्दार गर्न सघाउ पुग्ने योजना तथा कार्यक्रमहरु ।
७. दलित, पिछडा वर्ग, जनजाति, सिमान्तकृत समुदायको रोजगारी तथा प्रतिनिधित्वलाई टेवा पु¥याउने योजना तथा कार्यक्रमहरु ।
८. अधुरा र क्रमागत योजनाहरुलाई पुरा गर्ने वजेट तथा कार्यक्रमहरु ।
९. विभिन्न क्षमता अभिवृद्धिका कार्यक्रमहरु ।
१०.कम लागत र छिटो प्रतिफल दिने आयोजनाहरु ।
गाउँसभाका सभासदज्यूहरु,
अव म चालु आ.व. २०७४÷०७५ को खानीखोला गाउँपालिकाको वजेट खर्च, प्रगति र समीक्षा पेश गर्ने अनुमति चाहन्छु ।
१, आ.व. २०७४÷०७५ मा समानीकरण अनुदान रु.१२ करोड ४६ लाख ३३ हजार सशर्त अनुदान ८ करोड ४ लाख ९० हजार र गत आ.व.गाउँपालिकामा रहेको ५२ लाख गरी जम्मा रु. २१ करोड ३ लाख ८० हजार रकमवाट विनियोजन भएको योजना तथा कार्यक्रमको संक्षेपमा समिक्षा गर्दै यस अवधिमा भएका योजना तथा कार्यक्रमको प्रगति प्रस्तुत गर्दछु । त्यसै गरि आन्तरिक आय रु १० लाख अनुमान गरिएको थियो, जसको यथार्थ विवरण आउन अझै बाँकी रहेको छ । समग्र प्रतिवेदन तयार गर्दा सम्म करिव ८८.५९ प्रतिशत वजेट खर्च भइसकेको छ । यसरी समग्र विनियोजन भएको रकमवाट योजना तथा कार्यक्रमहरु सम्पन्न भइ गाउँपालिका क्षेत्रको विकासमा उल्लेखनिय प्रगति भएको जानकारी यस सभामा पेश गर्दछु ।
क्षेत्रगत प्रगतिको विवरण यसप्रकार प्रस्तुत गरेको छु ।
क) आर्थिक विकास :
आर्थिक विकासको क्षेत्रमा यस गाउँपालिकाले आ.व. २०७४÷०७५ मा विनियोजन भएको रकमवाट राम्रो प्रगति भएको अनुमान गरिएको छ । जसमा श्री ग्रामिण विकास केन्द्र नेपालको आयोजनामा आयआर्जन तथा चेतना अभिवृद्धि कार्यक्रम जसमा व्यावसायिक वाख्रा पालन, व्यावसायीक कफी उत्पादन, व्यावसायिक तरकारी खेती, उद्यमशीलता तालिम लगायतका कार्यक्रमहरु सञ्चालन गरि आर्थिक विकासमा सहयोग पुगेको छ ।
त्यसै गरी नमुना प्रगति युवा क्लववाट उद्यमशीलता तालिम कृषि प्रवद्र्धनका कार्यक्रम सचालन गरी आर्थिक विकासमा सहयोग पुगेको देखिन्छ । धार्ने कृषि सहकारी मार्फत अदुवा खेती तालिम अलैची कफी,कफी पल्पर मेसिन, वेसार टनेल निर्माण लगायत कृषि कार्यक्रम सञ्चालन गरियो । चमत्कार कृषि सहकारीवाट शेयरधनीहरुलाई क्षमता अभिवृद्धि तालिम, ताराज्योति महिला समुहवाट वेमौसमी तरकारी खेती तालिम, सांतोक पालरी कृषि फर्म वाट उन्नत जातका वोका खरीद गरि नश्ल सुधारको कार्य, ज्ञानज्योती साकोस मार्फत क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरियो । वडा नं ४ मा वासघारी कृषक समुहवाट कृषि सम्वन्धी कार्यक्रम सञ्चालन गरियो ।
वडा नं ४ मा वंगुरपालन कार्यक्रमको लागी वंगुरको पाठापाठी खरीद गरि माझी समुदायलाई वितरण गरियो । वडा नं ६ मा सिमान्तकृत पहरी जातीको लागी वाख्रा खरीद तथा वितरण कार्य गरिएको छ । लगायतका सामाजिक संघ संस्थाहरुले उल्लेखनीय कार्यक्रमहरु सञ्चालन गरि आर्थिक विकासमा टेवा पुगेको अनुमान गरिएको छ ।
ख) सामाजिक विकासः
शिक्षा विकास कार्यक्रम ः यस खानीखोला गाउँपालिकामा राज्यवाट यस खानीखोला गाउँपालिकामा रहेका विद्यालयहरुमा पर्याप्त मात्रामा शिक्षक दरवन्दी नपठाको कारण साविक गा.वि.स.रहेको वेला देखि आवश्याकतामा आधारित विद्यालयहरुमा निजी श्रोत शिक्षक रहेकोले सो शिक्षकहरुको लागी तलवभत्ता वापत विनियोजन भएको रकमवाट शिक्षा सुधारमा प्रगति भएको छ ।
खेलकुद तथा अतिरिक्त क्रियाकलाप ः युवा सशक्तिकरण कार्यक्रमको लागी विनियोजन भएको रकमवाट नयाँ वर्ष २०७५ सालको पावन अवसरमा प्रथम खानीखोला गाउँपालिका कप खुल्ला पुरुष भलिवल प्रतियोगिताको कार्यक्रम सम्पन्न भएको गरिएको छ त्यसै गरि वडा न १ मा पनि वडा स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता सम्पन्न भएको छ साथै विभिन्न स्थानमा भलिवल प्रतियोगितामा यस गाउँपालिकाको तर्फवाट भाग लिई प्रथम स्थान हासिल गरेको छ । साथै वडा नं ४ को खत्रीडाँडा र वडा नं ७ को च्योमोनडाँडामा खेलमैदान निर्माण भएको छ ।
स्वास्थ्य सुधार कार्यक्रमः खानीखोला गाउँपालिकामा रहेको विभिन्न स्वास्थ्य चौकीमा मागको आधारमा औषधी वितरण गर्न नेपाल सरकारवाट सशर्त अनुदानवाट औषधी खरीदको रकम नपुग भएकोले वित्तिय समानीकरण अनुदान वापतको रकमवाट विनियोजन गरि पर्याप्त मात्रामा औषधी पुगेको छ । साथै वडा नं १ को सामुदायिक स्वास्थ्य इकाईमा का.स.कर्मचारीको लागी त.भ. फलामेटार स्वास्थ्य चौकीमा खोप कार्यकर्ताको लागी तलवभत्ता वडा नं ४ मा प्रिफ्याक भवन हस्तान्तरणको कार्यमा खर्च भएको छ । र साल्मेचाकल साल्धारा को स्वास्थ्य चौकीमा भैपरी आउने कार्यक्रम खर्च भौतिक पूर्वाधार निर्माणका साथै मिल्चे स्वास्थ्य चौकीमा सडक निर्माण र का.स.को तलवभत्ता र प्रिफ्याक भवनको लागी घडेरी निर्माण भएको छ ।
खानेपानी: खानीखोला गाउँपालिकामा रहेको ७ वटै वडामा विनियोजन भएको रकमवाट खानेपानीको लागी पाइप खरीद तथा निर्माण कार्य भएको छ ।
महिला, वालवालिका तथा जेष्ठ नागरिक र समावेशी :महिलाहरुको लागी क्षमता अभिवृद्धि उद्यमशीलता तालिम व्यावसायिक तालिम सञ्चालन गरिएको छ भने वालवालिकाको लागी अपांगता र आर्थिक विपन्न भएकाहरुलाई स्टेशनरी वितरण गरि विद्यालय जान प्रोत्साहन लगायत खुल्ला नृत्य प्रतियोगिताको कार्यक्रम सञ्चालन गरिएको छ साथै दलितहरुको लागी व्यवसायिक वंगुरपालन, आरान चलाउनको लागी नयाँ प्रविधि मेसिन खरीद तथा जडान लगायत आरान सुधारका कार्य हरु भएको छ साथै आदीवासी जनजातिहरुको लागी ल्होछार कार्यक्रमहरु जस्ता विविध कार्यक्रम सञ्चालन भएको छ र विशेष क्षमता भएका नागरिक तथा जेष्ठ नागरिकहरुको उत्थान र विकासमा सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई सहज ढंगले सेवा सुविधा पुर्याउदै गैर सरकारी संस्थाहरुको परिचालन र सस्कृति, सम्पदा तथा पर्यटन प्रवद्धनको लागी विभिन्न निर्माण तथा कार्यक्रमहरु सञ्चालन गरिएको छ ।
ग) पूर्वाधार विकास : सडक तथा भवन र उर्जा खानीखोला गाउँपालिकाको आ.व. २०७४÷०७५को नीति तथा कार्यक्रम र वजेटवाट ७ वटै वडामा गरी करीव ५ करोड विनियोजन रकमवाट नयाँ ट्याक निर्माण करीव ४९ कि.मी.सडक निर्माण भएको छ भने मर्मत सम्भार तथा स्तरउन्नती ४५ कि.मी.मर्मत सुधार भएको छ । आ.व. २०७४÷०७५ मा विनियोजन भएको सिंचाई निर्माण तथा मर्मत, भवन निर्माण, लघु जलविद्युत आयोजना मर्मत सुधार,गुम्वा मठमन्दिर मर्मत सुधार, सौर्य उर्जा, जलाधार क्षेत्र संरक्षण लगायतमा विनियोजन भएको रकमवाट निर्माण कार्य तथा मर्मत सुधारका कार्यहरु सम्पन्न भएको छ ।
घ) वातावरण तथा विपद व्यवस्थापन : आ.व.२०७४÷०७५ मा वातावरण तथा विपद व्यवस्थापनको लागि विनियोजन भएको रकमवाट ताल्ढुंगा खहरे नियन्त्रण, माझीटार खहरे नियन्त्रण, वागमती तटवन्ध, भोक्टेनी खहरे नियन्त्रण, फूलडाँडा मैनडाँडा पहिरो नियन्त्रण लगायतका स्थानहरुमा विनियोजन भएको रकमवाट निर्माण कार्य सम्पन्न भएको छ सडक स्तर उन्नति गर्दा विभिन्न स्थानहरुमा तार जाली प्रयोग गरि वातावरणमा सुधार आएको छ ।
ङ) संस्थागत विकास तथा सेवा प्रवाह : यस खानीखोला गाउँपालिकामा नेपाल सरकारले तोके वमोजिमको पर्याप्त मात्रामा कर्मचारी नभएको कारण जनतालाई सेवा सुविधा अपेक्षित रुपमा दिन सकिरहेको छैन । जसले गर्दा गाउँपालिकाको संस्थागत विकास गर्न आवश्यक कर्मचारी, कार्यालय भवन, प्रविधि तथा उपकरणको अभावै अभाव छ । खास गरी गाउँपालिकाको आफ्नो भवन नहुँदा कर्मचारीले काम गर्ने स्थान र सेवाग्राहीले सेवा लिन केही कठिनाई भएको महसुस गरिएको छ । वडा समितिको कार्यालय नै झनै समस्या छ । सेवा दिन सक्ने उपयुक्त स्थान छैन । यति हुदाँ हुदै पनि केही हद सम्म सेवा सुविधा पुर्याएको छ ।
च) वित्तिय व्यवस्थापन र शुसासन : गाउँपालिका भएको र संस्थागत क्षमता विकास भइनसकेको अबस्थामा वित्तिय व्यवस्थापनमा नेपाल सरकारको नीति पालना गर्ने कार्य वाहेक उल्लेखनिय रुपमा नयाँ नीति तथा प्रविधि अपनाई वित्तिय व्यवस्थापन र सुशासन कायम गर्ने योजना तथा कार्यक्रम पूर्णरुपमा सञ्चालन गर्न सकिएको छैन । तथापी गाउँपालिकाले सबै प्रकारका वित्तिय अनुशासन कायम हुने कार्य, समयमा नै वित्तिय प्रतिवेदन पेश गर्ने कार्य भने गर्दै आएको छ । यस गाउँपालिकामा वैंक स्थापना नभएका कारण खानीखोला गाउँपालिकाका सेवाग्राहीहरुले असहज महसुस गरेका छन । यस गाउँपालिकामा साविकका गा.वि.स.मा पेश्की बेरुजु देखिएको हुनाले ताकेता गरिरहेको र पेश्की बेरुजु फस्र्योट तथा असुल उपर गर्न खानीखोला गाउँ कार्यपालिका कार्यान्वयन गर्न क्रियाशील भएको साथै आर्थिक अनिमियतता तथा भ्रष्टाचार मुक्त खानीखोला निर्माण गर्ने अठोट गरेका छौ ।
आदरणीय सभासदज्यूहरु,
अब म यस खानीखोला गाउँपालिकाको आगामी आ.व. २०७५÷०७६ को नीति, वजेट तथा कार्यक्रम प्रस्तुत गर्न गइरहेको छु । नीति, वजेट तथा कार्यक्रम प्रस्तुत गर्नु पूर्ब यस खानीखोला गाउँपालिकाको दिर्घकालिन सोंच (ख्ष्कष्यल), लक्ष्य (न्यब)ि, उद्देश्य (इदवभअतष्खभ) र अपेक्षित उपलब्धिको बारेमा संक्षिप्त प्रस्तुत गर्दछु ।
खानीखोला गाउँपालिकाको,
दिर्घकालिन सोंच (ख्ष्कष्यल) ः “सडक, कृषि, व्यापार, पर्यटन र उद्योगको विकासः सुन्दर र समृद्ध गाउँपालिका निर्माण हाम्रो सशक्त अभियान” यस खानीखोला गाउँपालिको दीर्घकालीन सोच रहेको छ ।
लक्ष्यः : वडापालिकाको केन्द्रमा सडक संजालले जोड्ने ग्रावेल गर्ने र मूल सडकहरुलाई स्तरउन्नती गर्दै वाह्रै महिना चल्ने सडकको निर्माण र विस्तार, कृषि, पशु, उद्योग, पर्यटन विकास गरी नागरिकको आयस्तरमा उल्लेखनिय रुपमा बृद्धि गर्दै पाँच बर्ष भित्रमा मध्यम आय भएका नागरिक सो सरह बनाउने ।
उद्देश्य : सबै वडा कार्यालयहरुलाई सधै यातायात संचालन हुने गरी सडक संजालले जोड्ने क्रमशः निर्माण भएका सडकहरुको मर्मत सुधार गरी टोल वस्तीहरुमा सडकहरु व्यवस्थित गर्दै लैजाने ।
राष्ट्रिय प्रशारण लाइनको विस्तार गर्न पहल गर्ने र स्थानीय लघु जलविद्युत आयोजनाको मर्मत साथै पुन निर्माण गर्ने ।
गाउँपालिका भित्रमा रहेका स्वास्थ्य चौकीलाई सुविधा युक्त सेवा प्रदायक संस्थाको रुपमा विकास गर्ने र नभएका वडाहरुमा थप स्वास्थ्य चौकी स्थापनाको लागी पहल गर्ने ।
सवै वडामा सञ्चालित विद्यालयहरुमा गुणस्तरीय शिक्षाको प्रत्याभुती दिलाउने कार्यमा सहयोग गर्ने र वालमैत्री शिक्षण विधि अवलम्वन गर्ने ।
सवैलाई स्वच्छ पिउने पानी पु¥याउने अबधारणा अनुरुप आवश्यक स्थानमा खानेपानी उपलब्ध गराउने ।
गाउँपालिका र वडा कार्यालयको लागी जग्गा व्यवस्थापन गरी कार्यालय भवन निर्माण गर्ने ।
कृषिलाई आधुनिकीकरण गर्दै नगदे वाली उत्पादन गर्न आवश्यक स्थानमा सिंचाई सञ्चालन गरी कृषकलाई आय आर्जनमा वृद्धि गर्न पहल गर्ने ।
पर्यटन विकासको लागी मठ मन्दिर लगायत भौतिक पूर्वाधारको आवश्यक व्यवस्थापन गर्ने ।
पशुपालक कृषकहरुलाई व्यवसायिक तथा नश्ल सुधार कार्यक्रमका लागी आवश्यक सहयोग गर्ने ।
वन वातावरण तथा जलवायु परिवर्तन सम्वन्धी कार्यक्रम सञ्चालन गर्ने ।
लक्षित वर्गको लागी महिला, वालवालिका, युवा तथा खेलकुद, दलितहरुका लागी आयआर्जन सम्वन्धी कार्यक्रम सञ्चालन गर्ने ।
सहकारी प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने ।
बालमैत्री र वातावरणमैत्री गाउँ निर्माण गर्ने ।
बालश्रम मुक्त गाउँ निर्माणमा आवश्यक सहयोग गर्ने ।
खुल्ला दिशामुक्त क्षेत्र वनाउदै पूर्ण सरसफाईका लागी आवश्यक कार्यक्रमहरु सञ्चालन गर्ने ।
गाउँपालिका तथा वडा कार्यालयवाट प्रवाह हुने सेवा तथा कार्यक्रमलाई प्रभावकारी वनाउन आवश्यक व्यवस्थापन गर्ने ।
सामाजिक न्याय सम्वन्धी कार्यक्रम संचालनको लागी आवश्यक व्यवस्थापन गर्ने ।
गाउँपालिकाको केन्द्रलाई व्यवस्थित वस्ती विकासको लागी पहल गर्ने ।
अपेक्षित उपलव्धिः
आगामि ५ (पाँच) बर्ष भित्र गाउँपालिका बासीको प्रति व्यक्ति औसत आम्दानी २ हजार अमेरिकी डलर पु¥याउने ।
गाउँपालिका वासीको औसत आयु ७५ बर्ष पु¥याउने ।
बाल मृत्युदर र मातृ मृत्युदर न्यून पु¥याउने ।
पूर्ण साक्षर गाउँ हुने ।
वालश्रम मुक्त र वातावरणमैत्री हरित गाउँ निर्माण हुने ।
खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भै पूर्ण सरसफाई गाउँ हुने ।
आदरणीय सभासदज्यूहरु,
अब म आगामी बर्षमा उपलब्ध हुने प्रस्तावित आय व्ययको विवरण यस गाउँपालिकाले लिने विषयगत क्षेत्रको नीतिका बारेमा प्रस्तुत गर्न चाहन्छु ,
१. नेपालको संविधानमा व्यवस्था भए वमोजिम स्थानीय तहलाई प्राप्त अधिकारको कार्यान्वयन गर्ने उद्देश्यले व्यवस्थापिका संसदमा प्रस्तुत आ.व. ०७५÷०७६ को वजेटमा व्यवस्था भए अनुसार वित्तिय समानीकरण अन्तर्गत संघीय सरकारवाट ६ करोड र प्रादेशिक सरकारवाट ७६ लाख ६३ हजार तथा सशर्त अनुदान नेपाल सरकार ७ करोड ७९ लाख प्रदेश सरकारवाट २ करोड ५२ लाख ३८ हजार अनुदान प्राप्त भएको व्यहोरा यस सम्मानित सभालाई जानकारी गराउन चाहन्छुु ।
त्यसै गरी नेपाल सरकार राजश्व वाँडफाट तर्फवाट रु.४ करोड ८९ लाख १४ हजार वजेट सिलिङ प्राप्त भएको छ । चालु आ.व.को मौज्दात रकम अनुमानित रु. २ करोड ४० लाख र अनुमानित आन्तरिक आम्दानी रु.५ लाख सहित आ.व. २०७५÷०७६ को कूल वजेट २४ करोड ४२ लाख १५ हजार प्रस्ताव गरेको छु । जस मध्य चालु खर्च तर्फ रु ५ करोड ८५ लाख ६९ हजार ६ सय ७२ विनियोजन गरेको छु । साथै निम्न अनुसारको विषयगत क्षेत्रमा वजेट विनियोजन लागी प्रस्ताव गरेको छु ।
२. सशर्त अनुदान स्वरुप प्राप्त संघीय सरकार र प्रादेशिक सरकारवाट प्राप्त हुने १० करोड ३१ लाख ३८ हजारबाट सञ्चालन गरिने कार्यक्रमहरु तथा त्यसको लागि लाग्ने लागत समेत एकिन गरी विविध कार्यक्रमहरु निक्षेपित भै आएकोले सो कार्यक्रमहरुलाई स्वीकृत गरिनेछ ।
सभाका सभासदज्यूहरु,
अब म यस खानीखोला गाउँपालिकाले आगामी दिनमा विभिन्न विषयगत क्षेत्रको विकासमा अबलम्बन गर्ने नीतिका बारेमा प्रस्तुत गर्दछु ।
क) आर्थिक विकास क्षेत्रसँग सम्बन्धित नीति तथा कार्यक्रमहरु :
१. कृषि उत्पादन राम्रो हुने क्षेत्रको पहिचान गरी विषयगत कार्यालय÷शाखाहरुसँग समन्वय गरी उक्त क्षेत्रहरुलाई साना कृषि उत्पादन पकेट क्षेत्र घोषणा गरिनेछ । जैविक कृषि वस्तु उत्पादनको क्षेत्रको रुपमा विकसित गरिनेछ र जैविक कृषि वस्तु उत्पादनमा एक गाउँ एक उत्पादनको रुपमा विकास गरिनेछ । साथै खानीखोला गाउँपालिका अन्तर्गत नमुना कृषि फर्मको स्थापना गरिनेछ । सोको लागी प्रदेश सरकारसँग वजेटको पहल गरिनेछ ।
२. कृषिमा आधुनिकीकरण गरि युवाहरुलाई स्वदेशमै रोजगारी सृजना गर्न युवा लक्षित कृषि स्वरोजगार कार्यक्रमको व्यवस्थापन गरिनेछ ।
३. नेपालको सन्दर्भमा कृषिमा महिलाको सहभागिता करिब ७०% रहेकोले महिला लक्षित कृषि कार्यक्रमलाई बिशेष प्राथमिकता दिइनेछ ।
४. तरकारी तथा फलफुल विक्री र संकलनको लागि तरकारी तथा फलफुल संकलन तथा विक्री केन्द्रको स्थापना गर्न पहल गरिनेछ । यसको लागि अन्य विषयगत निकायसँग समन्वय गरी कार्यक्रम अगाडि बढाइनेछ ।
५. स्थानीय उद्यमशिलता विकास गर्न एक उद्यम विकास कोष स्थापना गरिनेछ । गाउँपालिका भित्रका उद्यमीहरुले उत्पादन गरेका सामाग्रीहरुको विक्री वितरणको लागि साझा सुविधा केन्द्र, लघु, साना तथा घरेलु उद्योगहरुबाट उत्पादित सामान विक्री वितरणको लागि विक्री कक्ष तथा कोशेली घर स्थापना गर्न पहल गरिनेछ ।
६. खानीखोला गाउँपालिकाको चाकल भिमसेनथान मन्दिर तथा गुफा, गोल्मे कृष्णसेन दरवार , लाप्चेको गुफा, पशुपति मन्दिर, महादेवस्थान मन्दिर, त्रिवेणी छ्याङछ्याङ झरणा लाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागी आवश्यक पूर्वाधार विकास निर्माणको लागी पहल गरिनेछ ।
७. यस पालिका क्षेत्रमा रहेका सामुदायिक,कवुलियती, नीजि तथा सार्वजनिक वन क्षेत्रलाई गैर काष्ठ वन पैदावर तथा जडिवुटि उत्पादनको लागी पकेट क्षेत्रको रुपमा विकास गर्न आवश्यक पहल गरि यस क्षेत्रका जनताको आर्थिक विकासमा टेवा पुर्याइने छ । साथै खाली रहेको सार्वजनिक जग्गामा वृक्षारोपन कार्यलाई अगाडी वढाइनेछ ।
८. गाउँपालिका भित्र कृषि फर्म दर्ता गरी कृषि र पशु व्यवसाय सञ्चालन गर्ने कृषकहरुलाई कार्यविधि वनाई अनुदान उपलब्ध गराइनेछ । साथै पशु विमा कार्यलाई अगाडी वढाउन पहल गरिनेछ ।
९. दुग्ध उत्पादनलाई बढावा दिन दुग्ध प्रशोधन केन्द्र स्थापना गरी दुधबाट बन्ने परिकारहरु तयार गर्ने कार्यलाई वढावा दिईने छ । साथै पशु बधशाला तथा आधुनिक कोल्ड स्टोर र पशु हाटवजार भवनको निर्माण गर्न पहल गरिनेछ ।
१०.गाउँपालिका क्षेत्र भित्र रहेका जिल्ला डिभिजन सहकारी कार्यालय काभे्रपलाञ्चोक मार्फत हस्तान्तरण भै आएका सहकारीहरुको तथ्याङ्क अद्यावधिक गरी सहकारीलाई नियमन गर्दै सहकारी हरुको क्षमता अभिबृद्धि गर्ने कार्यक्रमहरु सञ्चालन गरिनेछ यसको लागि गाउँ स्तरीय सहकारी संघ बनाई सहकारी प्रबद्र्धनका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
११.गाउँपालिकामा सञ्चालित साना तथा घरेलु उद्योगहरुको सूचि तयार गरिनेछ, उक्त उद्योगहरुलाई गाउँपालिकामा दर्ता गराई त्यस्ता उद्योगहरुको प्रबद्र्धनमा गाउँपालिकाले सहजिकरण गर्ने गरी कार्यक्रम तथा योजनाहरु सञ्चालन गरिनेछ ।
१२.व्यावसायिक साझेदारी कृषि फर्महरुलाई अनुदानको व्यवस्था गरी आर्थिक आय आर्जन वृद्धिको लागी आवश्यक कार्यक्रम सञ्चालन गरिने छ ।
१३.वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई लक्षित गरी विदेशमा सिकेको ज्ञान, सीप र विज्ञता सदुपयोग गर्ने गरी आय आर्जनका कार्यक्रमहरु संचालन गर्न पहल गरिनेछ ।
१४ एक वडा एक उत्पादन, कार्यक्रमको प्रारम्भ गरिनेछ । र उक्त उत्पादनलाई ब्रान्डिङ गरीने कार्यक्रम अगाडी वढाईने छ ।
१५.खानीखोला गाउँपालिका अन्तर्गत वडा न.१ को दयागाउँ, कोठे, स्याउरीथली वडा नं ६ को मुर्थुम, कोदोखोरिया वडा नं ३ को जुरेसौरेमा र खानीखोला वडा नं ७ खजुलीलेकमा होमस्टे निर्माण गरीने कार्यलाई अगाडी वढाइने छ ।
१६. यस खानीखोला गाउँपालिका काभे्र जिल्लाकै अति दुर्गम र भौगोलिक रुपले विकट र विकासमा पिछडिएको क्षेत्र भएकोले यसलाई विशेष क्षेत्र घोषणा गरी प्रादेशिक तथा संघीय सरकारवाट थप आवश्यक सहयोगको व्यवस्था मिलाउनको लागी पहल गरिनेछ ।
ख) सामाजिक विकासका लागी अवलम्वन गरिने नीतिहरुः
१. खानीखोला गाउँपालिकाका विभिन्न क्षेत्रमा स्वच्छ खानेपानी पु¥याउन विभिन्न विकास साझेदारहरुसँगको सहकार्य गरि अति आवश्यक स्थानमा काम गर्न वजेट विनियोजन गरिनेछ ।
२. खानीखोला गाउँपालिकालाई खुला दिशा मुक्त क्षेत्र घोषणा गरी पुर्ण सरसफाई गर्न आवश्यक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
३. खानीखोला गाउँपालिकालाई बालमैत्री क्षेत्र घोषणा गर्न आवश्यक पूर्बाधार विकास सहित, सामाजिक विकास गरी यसै आर्थिक बर्षबाट तदारुकताका साथ कार्यक्रम तथा योजना सञ्चालन गरी आगामी बर्षहरु भित्रमा बालमैत्री र वालश्रम मुक्त क्षेत्र घोषणा गर्ने गरी कार्यक्रम तथा योजनाहरु सञ्चालन गरिनेछ ।
४. हरेक वडामा स्वास्थ्य विन्दु सञ्चालन गरिनेछ, स्वास्थ्य चौकीहरुको सु–संचालन, क्षमता विकास तथा महिला स्वास्थ्य स्वयं सेविकाहरुको क्षमता विकासमा सहयोग पु¥याउने लगायत समग्र स्वास्थ्य क्षेत्रको विकासको लागि विभिन्न गैसस तथा सरकारी निकायसँग साझेदारी गरी कार्यक्रम सञ्चालन गरिनेछ ।
५. खानीखोला गाउँपालिका क्षेत्र भित्रका सबै शिक्षण संस्थाहरुको सूचि तयार गरी उक्त संस्थाहरुको अनुगमन तथा मुल्याङकन गर्ने पद्धति शुरु गरिनेछ । सामुदायीक विद्यालयहरुमा प्रारम्भिक बाल विकास केन्द्र तथा पूर्ब प्राथमिक कक्षा सञ्चालन गर्न प्रोत्साहन गरिनेछ । ति केन्द्रहरुमा बालमैत्री क्षेत्र स्थापनाको सूचक बमोजिम कृयाकलाप सञ्चालन गरिनेछ ।
६. विद्यालय भर्ना दर बृद्धि गर्ने तथा छोड्ने दर न्यून गर्न विद्यालय भर्ना अभियान र विद्यालय जानका लागि प्रोत्साहन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिने छ । साथै सरकारी, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैर सरकारी संस्थाको सहयोग, समन्वय र सहकार्यमा औपचारिक शिक्षाबाट बञ्चितहरुका लागि अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ ।
७.विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण स्थापना गर्न सुरक्षित भवन सो भवनमा वालमैत्री अपांग मैत्री, पर्याप्त फर्निचर, पुस्तकालय, शैक्षिक सामाग्री, प्रयोगशाला, खानेपानी, छात्रछात्राका लागि छुट्टाछुट्टै शौचालय, खेलकुद सामाग्री व्यवस्था जस्ता न्यूनतम पूर्वाधारमा ध्यान दिइ गुणस्तरीय पठनपाठन कार्यलाई अगाडि बढाइनेछ ।
८. खानीखोला गाउँपालिकाको विद्यालयहरुमा केन्द्रिय स्तरको दरवन्दी अपुग र आवश्यकता वीचमा रहेको अन्तरलाई आवश्यक स्तर अनुसारको पहिचान गरेर वजेटको विनियोजन गरी व्यवस्थापन गरिनेछ । यस खानीखोला गाउँपालिका भित्र रहेका विद्यालयहरुमा आवश्यकता अनुसार शिक्षक दरवन्दी मिलान र विद्यालय समायोजन सम्वन्धी कार्यलाई यसै शैक्षिक सत्र भित्र कार्यन्वयन गरिने छ ।
९. नेपाल सरकारले अंगिकार गरेको समावेशीको सिद्धान्त अनुरुप समावेसी विकासका माध्यमद्धारा समुदायको विकास गर्दै तत् तत् क्षेत्रमा क्षमता विकास गर्ने सामान्य सिद्धान्त अनुरुप त्यस्ता प्रवद्र्धनात्मक कार्यक्रमहरुलाई निरन्तरता दिन आवश्यक वजेट विनियोजन गरिनेछ ।
१०. एकल महिला, अपाङ्गता भएका ब्यक्ति, द्धन्द पिडित, घरवार विहिन, घरेलु महिला हिंसाबाट पिडीत तथा अति गरिब लगायत आर्थिक सामाजिक रुपमा पछाडि परेका परिवारका सदस्यहरुलाई स्वरोजगारमूलक तालिम कार्यक्रमहरु सञ्चालन गरि आर्थिक रुपमा सक्षम वनाउन पहल गरिनेछ ।
११. लक्षित वर्गहरुलाई विकासको मूल प्रवाहमा ल्याउन र विकासमा सहजिकरण गर्न आवश्यकता अनुसार गाउँपालिकामा महिला समन्वय समिति, युवा खेलकूद परिषद, बालबालिका समन्वय समिति, दलित तथा सिमान्तकृत, आदीवासी जनजाति समन्वय समितिहरु गठन गरी केही वजेटको व्यवस्था गरिनेछ । यी समन्वय समितिहरुले लक्षित वर्गको लागि सञ्चालन भएका कार्यक्रमहरुको अनुगमन तथा मुल्याङ्कनमा सहयोग पुर्याउने छन् ।
१२. यस खानीखोला गाउँपालिका भित्र रहेका वहु विवाह,वालविवाह तथा अन्य सामाजिक कुसँस्कार कुरीतिको अन्त्य गरि समतामूलक समाजको विकास गर्न आवश्यक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
१३.सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई अझ सहज र सरल बनाउन आवश्यक व्यवस्था मिलाइने छ ।
१४.भुकम्पबाट क्षति भएका विद्यालय तथा स्वास्थ्य चौकी भवन र मठ मन्दिर, धार्मिक स्थल सामूदायिक भवन हरुको पुनःनिर्माणको लागि राष्ट्रिय पुन–निर्माण प्राधिकरणसँग समन्वय गरी तदारुकताका साथ उक्त भवनहरु निर्माण गर्न पहल गरिनेछ ।
१५.यस गाउँपालिका क्षेत्रमा रहेको परम्परागत तथा स्थानीय कला संस्कृतिको विकास तथा जगेर्ना गर्नको लागी विशेष जोड दिईने छ ।
१६.खानीखोला गाउँपालिका वडा नं ६ अन्तर्गत छ्याङछ्याङ खोला खानेपानी आयोजना साल्धारा,वासपुर खानेपानी आयोजना,सानो वल्देउ खानेपानी तथा सिंचाई आयोजना, खानीखोला गा.पा.वडा नं ३ र ४ मा रहेको महावर खानेपानी आयोजना, त्रिवेणी छ्याङ छ्याङ खानेपानी आयोजना मिल्चे, नारायणखोला खानेपानी आयोजना वडा नं १, पिपलडाँडा खानेपानी आयोजना वडा नं २ निर्माण गर्न विस्तृत अध्ययन प्रतिवेदन तयार गरी पानीको आपुर्ति गर्न पहल गरिने छ ।
१७. यस खानीखोला गाउँपालिकामा “एक घर एक फलफुल र एक वगैचा” नीति अवलम्वन गरी सुन्दर स्वच्छ गाउँपालिका निर्माण कार्यलाई अगाडी वढाइनेछ ।
ग) पूर्बाधार विकास :
१) वातावरण मैत्री तथा दिगो विकासलाई संस्थागत गर्न सडक, खानेपानी तथा सरसफाई आयोजना र ठूलो आयोजना सञ्चालन गर्दा विस्तृत अध्ययन प्रतिवेदन (म्एच् ) तयार गरेर मात्र कार्यक्रम सञ्चालन गर्ने नीति लिइनेछ ।
२. खानीखोला गाउँपालिका भित्र निर्माण भएका सडकहरुलाई आकस्मिक मर्मत सुधार गर्नु पर्ने अवस्थाको सम्वोधन गर्न सडक मर्मत सम्भार कोषको व्यवस्था गरिनेछ । साथै सडक निर्माण गर्दा सडकको दायावायाँमा बृक्षारोपण गर्ने कार्यलाई अगाडि बढाइनेछ ।
३. खानीखोला गाउँपालिका अन्तर्गत रहेका सम्पूर्ण वडाका केन्द्रहरुलाई गाउँपालिकाको केन्द्र सम्म जोड्नका लागी सडक विस्तार कार्यलाई प्राथमिकताका साथ अगाडी वढाउदै गाउँपालिकाको केन्द्रलाई जिल्ला सदरमुकाम सँग जोड्ने मोटरवाटो वाह्रै महिना सञ्चालनको लागी स्तरउन्नती गर्दै कालो पत्रे गर्ने अवधारणाका साथ यस आ.व.लाई सडक विस्तार अभियानको रुपमा अगाडी वढाइनेछ । जसमा निम्न अनुसारको सडकहरु रहेको छ ।
क. खोपासी ताल्ढुंगा सडकलाई क्षेत्रीय राजमार्गको रुपमा विकास गरी कर्मैया सम्म जोड्न पहल गरिनुका साथै कालो पत्रेको लागी विशेष पहल गरिनेछ ।
ख.च्याल्टी फलामेटार ताल्ढुंगा सडक निर्माण तथा विस्तार गर्न वजेट विनियोजनको लागी पहल गरिनेछ ।
ग. नारायणखोला टोड्का खोल्मेडाडा देउराली सडक निर्माणको लागी वजेट विनियोजन गरिनेछ ।
घ. ताल्ढुंगा जगथली सडकको लागी वजेट विनियोजन गरिने छ ।
ङ. श्रीखम्वा कुस्पा देउराली सडक निर्माणको लागी वजेट विनियोजन गरिनेछ ।
च. सुकुम धाप्ले मिल्चे खोरभञ्याङ सडक निर्माणको लागी वजेट विनियोजन गरिनेछ ।
छ. खानीखोला गाउँपालिकाको सवै वडामा सडकलाई मागको आधारमा आवश्यकताको प्राथमिकता पहिचान गरि वजेट विनियोजन गरिनेछ ।
ज. ताल्ढुंगा जगथली जुरे दयाँगाउँ कोदोखोरिया खजुली लेक वोरन ताल्ढुंगा सडक निर्माण गरी जैविक चक्रपथको रुपमा विकास गर्न विशेष पहल गरिनेछ ।
झ. पर्यटन क्षेत्र घोषणा गरिएको वेथाननारायणस्थान देउराली ताल्ढुंगा सडक निर्माण गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकको नमूना गन्तव्य बनाउन विशेष पहल गरिने छ ।
ञ. खेलकुद पूर्वाधार विकास गर्न ताल्ढुंगामा गाउँपालिका स्तरीय रंगशाला निर्माणको लागी पहल गरिने छ ।
ट. भूकम्पवाट क्षति भएका नीजि आवास तथा पुन निर्माण कार्यलाई तिब्रता साथ निर्माणमा लगाइने छ र छुट भएका भूकम्प पिडितहरुलाई सम्वोधन गर्न पहल गरिनेछ साथै भुकम्पीय दृष्टिकोणबाट जोखिम देखिएका संरचनाहरुको व्यवस्थापन गरिनेछ, यसको लागि राष्ट्रिय पुननिर्माण प्राधिकरणसँग समन्वय र सहकार्य गरिनेछ ।
ठ. खानीखोला गाउँपालिका भित्र राष्ट्रिय विद्युत प्रशारण लाइन जडानको लागी विशेष पहल गरिनेछ ।
ड. खानीखोला गाउँपालिका वडा नं २ मा रहेको चाकल भिमसेन मन्दिर लाई व्यवस्थित मन्दिरको रुपमा विकास गरी आन्तरिक तथा वाह्य पर्यटकहरुलाई मनोरम स्थलको रुपमा विकास गर्न वजेट विनियोजन गरिनेछ ।
ढ. ताल्ढुंगामा कम्तीमा २५ शैयाको एक सुविधा सम्पन्न सामुदायिक अस्पताल निर्माण गरी सेवा सुविधा विस्तार गर्न पहल गरिनेछ ।
ड. सुरक्षित गाउँ (सेभ भिलेज) को अवधारणा अगाडी वढाइने छ ।
ढ. खानीखोला गाउँपालिका वडा नं ७ र महाँंकाल गाउँपालिका वडा नं ६ को वीचमा रहेको दुर्लुङखोलामा पक्की पुल निर्माणको लागी विशेष पहल गरिने छ । साथै खानीखोला गाउँपालिका वडा नं ६ र ५ को वीचमा रहेको खानीखोलामा, खानीखोला वडा नं २ र ६ को वीचमा रहेको नारायणखोलामा, गाउँपालिकाको वडा नं २ र ५ को खानीखोला ढोकामा साथै वडा नं. २ को बाहुन विर्ता,सिम्ले,सतिघाट र वडा नं १ को धार्नेको फयलडाँडामा र वडा नं ४ को जगथलीमा महाभारत गाउँपालिका जोडने पक्की पुल निर्माण गरी वजार केन्द्रसँग सम्वन्ध कायम गर्न पहल गरिने छ ।
ण.च्याम्राङवेशी मिल्चे साल्धारा फलामेटार डाडागाउ देखी महाभारत गाउँपालिका जोडने सडकको विस्तार गर्न पहल गरिनेछ ।त. ठूला लगानीकर्ताहरुलाई आकर्षित गर्ने गरी विकासका पूर्वाधारहरु निर्माण लाई प्राथमिकता दिईने छ ।
घ) प्राकृतिक प्रकोप तथा विपद व्यवस्थापन सम्वन्धी नीति
१. खानीखोला गाउँपालिकामा विपद व्यवस्थापन गर्न एक विपद व्यवस्थापन कोषको व्यवस्था गरिने छ ।
२. यस खानीखोला गाउँपालिकाको समग्र विकास र प्रकृतिसँग वातावरण जोडिएको हुँदा यस गाउपालिकालाई वातावरण मैत्री गाउँपालिका घोषणा गर्ने गरी यसै आगामी आ.व. ०७५।०७६ वाटै वातावरण मैत्री विकास निर्माणका कार्यक्रमहरु सञ्चालन गर्ने नीति तय गरी लागु गरिने छ । सोका लागि आवश्यक स्रोत साधन तथा प्राविधिक सहयोगलाई विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय निकायसँग सहकार्य तथा साझेदारीमा विविध कार्यक्रमहरु सञ्चालन गर्न पहल गरिनेछ ।
२. यस खानीखोला क्षेत्र भूकम्प भू–क्षय, आगलागी, चट्याङ जस्ता प्राकृतिक प्रकोपको जोखिम पूर्ण अवस्थामा रहेको हुदाँ यहाँ हुने विकासका गतिविधिलाई यस्ता विपदको जोखिमसँग जोडी विपद प्रतिरोधात्मक संरचनाको निर्माण गर्ने नीतिलाई तदारुकताका साथ अगाडि बढाइने छ ।
३. विपदको समयमा उद्दार गर्न हरेक वडामा एक तालिम प्राप्त विपद उद्दार समुह गठन गरिने छ । उक्त समुहलाई विपदमा उद्दार गर्ने आवश्यक सामाग्री उपलब्ध गराउन पहल गरिने छ ।
४. यस खानीखोला गाउँपालिकामा विपद तथा संकट न्यूनीकरणका लागी गरिने सम्पूर्ण कार्यहरु यस गाउँपालिकाको विपद व्यवस्थापन तथा जोखिम न्यूनीकरण ऐन २०७५ वमोजिम गरिनेछ ।
ङ) संस्थागत विकास तथा सेवा प्रवाह सम्वन्धित नीतिहरु
१. नेपालको संविधानले स्थानीय तहलाई दिएको अधिकारको पूर्ण उपयोग तथा परिपालना गर्न खानीखोला गाउँपालिकाको संस्थागत विकासको लागि उपयुक्त नियम, विनियम तथा कार्यविधि र निर्देशिकाहरु तयार गरी लागु गरिने छ ।
२. सेवा प्रवाहलाई छिटो छरितो बनाउन हाल रहेको सामुदायिक भवनले सम्भव नहुने हुँदा गाउँपालिकाले जग्गाको व्यवस्था गरी भवन निर्माणको लागी पहल गर्ने र कार्यालयको लागी कोठा अपुग रहेमा कोठा भाडामा लिई सेवा प्रवाह गरिनेछ ।
३. वडा कार्यालयहरुको क्षमता विकास गरी आधारभुत सेवाहरु त्यहिबाट उपलब्ध गराउन आवश्यक भौतिक तथा संस्थागत पूर्वाधारको विकास गर्न तदारुकता दिइनेछ । यसको लागि आवश्यक व्यवस्थापन गरिनेछ ।
४. गाउँपालिकाबाट सञ्चालन हुने सबै प्रकारका योजना, आयोजना तथा कार्यक्रमको नियमित अनुगमन तथा मुल्याङ्कन गर्दै उक्त कार्यक्रमहरुको सार्वजनिक लेखापरिक्षण, सार्वजनिक सुनुवाई, सामाजिक लेखापरिक्षण जस्ता कार्यहरुबाट पारदर्शिता एवम् सुशासन कायम गरिनेछ । गुनासो सुन्ने र समाधान गर्ने परिपाटीको विकास गर्न गाउँपालिका भित्र गुनासो सुन्ने अधिकारी तथा गुनासोको कारवाही गर्ने व्यवस्था गरिनेछ ।
५. खानीखोला गाउँपालिकाको आवधिक योजना तर्जुमा गर्न आवश्यक भएको हुदाँ सोको लागी वजेट विनियोजन गरिनेछ । साथै उक्त कार्य प्राथमिकताका साथ अगाडी वढाइनेछ । एकिकृत योजनाको दस्तावेजले आर्थिक विकास, भु–उपयोग योजना, पूर्वाधार विकास योजना, वातावरण तथा विपद व्यवस्थापन योजना लगायत विभिन्न ६ वटा विषयगत क्षेत्रमा योजना तयार गरी कार्यान्वयन गर्न सहजता दिनेछ । यो दस्तावेजले समग्र गाउँपालिकाको विकासलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।
६. नागरिकको सूचनाको हकलाई प्रत्याभुत गर्न सूचनामा सहज पहुँचको सुनिश्चितता गर्न आवश्यक संयन्त्रहरुको विकास गरिनेछ । खुला सरकारको अबधारणाको विकास गर्दै सामाजिक सञ्जाल, वेव साइट तथा अन्य विद्युतिय प्रविधिहरुको विकास र विस्तारमा जोड दिइने छ ।
७. उपभोक्ता हित संरक्षणको लागि आवश्यक पूर्वाधार तयार गरी गाउँस्तरीय उपभोक्ता हित संरक्षण मञ्चको गठन गरिने छ । सबै प्रकारका वस्तु विक्री गर्ने पसलहरुमा मूल्य सूचि राखी समय समयमा अनुगमनको व्यवस्था गरिनेछ ।
८. वर्तमान संविधानले गरेको व्यवस्था अनुरुप गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा गठन हुने न्यायिक समितिलाई श्रोत साधनयुक्त वनाई अगाडि बढाइने छ । गाउँपालिकाबाट सम्पादन हुने न्याय प्रणालीलाई सरल र सहज तुल्याई सबैको पहँुचमा पु¥याइने छ । वडाहरुमा सामुदायिक मेलमिलाप केन्द्रको स्थापना गर्दै मध्यस्तकर्ता तथा मेलमिलापकर्ताहरुको नामावली नियमानुसार सुचीकृत गरी उनीहरुको क्षमता विकासका लागी कार्यक्रम सञ्चालन गर्न वजेटको व्यवस्था गरिनेछ ।
९. गाउँपालिका कार्यालय, वडा कार्यालय र गाउँक्षेत्रका सबै सार्वजनिक निकायहरुमा नागरिक बडा पत्र स्थापना गरी कार्यान्वयनमा ल्याइनेछ । तोकिएको समयमा सेवा प्रवाह नभएमा सोको सुनुवाईको व्यवस्था मिलाइनेछ ।
१०. यस गाउँपालिका अन्तर्गत रहेका सम्पूर्ण सेवा प्रवाह गर्ने निकायहरुमा कार्य सम्पादन तथा मूल्यांकनको आधारमा उचित पुरस्कार र दण्द सजायको व्यवस्था गरिनेछ । उत्कृष्ट कार्य गर्ने गाउँपालिकाका कर्मचारी तथा संस्थाको पहिचान गरी उनीहरुको उत्कृष्टताको उचित मूल्यांकन गरिनेछ । गाउँपालिका कार्यालय तथा वडा कार्यालयवाट प्रदान हुने सेवा प्रवाह कार्यलाई छिटो छरितो तथा प्रभावकारी बनाउनका लागी गाउँ कार्यपालिका र वडा कार्यालयमा कार्यरत स्थायी निजामती कर्मचारीहरुलाई विशेष भत्ताको व्यवस्था गरिनेछ ।
११.छिमेकी गाउँपालिकासंगको सहकार्यमा अन्तर स्थानीय तह साझेदारी कार्यक्रम पहिचान गरी अगाडी बढाईने छ ।
१२.जग्गाको नापी गर्ने र सडकको मापदण्ड तोकी सडकमा परेका जग्गाको लगत कट्टा गर्ने कार्यलाई अगाडी वढाईने छ ।
च) वित्तिय व्यवस्थापन तथा सूशासन सम्वन्धी नीतिहरुः
१. यस गाउँपालिका अन्तर्गत हुने वित्तिय गतिविधिहरु पारदर्शी पूर्ण रुपले सञ्चालन गरिनेछ । गाउँपालिकाको आय व्यय विवरण सार्वजनिकरण गरिनेछ ।
२.गाउँपालिका अन्तर्गत हुने सम्पूर्ण खरीद कार्यहरु सावजनिक खरीद ऐनको परिधि भित्र रही खरीद कार्य सञ्चालन गरिनेछ ।
३.भ्रष्टचार विरुद्ध शुन्य सहनशीलताको विकास गरि वित्तिय सुशासन कायम गरिनेछ ।
४.वित्तिय अनिमियतताको अन्त्य गर्दै वित्तिय अनुसाशन कायम गर्नका लागी यस खानीखोला गाउँपालिका भित्र विगत वर्ष देखी विभिन्न व्यक्ति तथा संस्थाको नाममा रही आएको पेश्की रकम असुल गर्नका लागी विशेष कदम चालिनेछ ।
छ) भवन निर्माण, नक्शा पास तथा भूमि व्यवस्थापन सम्बन्धि नीतिहरु
१. यस खानीखोला गाउँपालिका क्षेत्रमा नयाँ घर निर्माण इजाजत दिने प्रणालीलाई छिट्टै व्यवस्थीत गरिने छ । नेपाल सरकार शहरी विकास मन्त्रालयबाट जारी बस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभुत निर्माण मापदण्ड, २०७२ अनुसार सडक मापदण्ड, सडक अधिकार क्षेत्र तथा सेटव्याक पुरा भएको, सडक ऐन अनुसार गरेको, सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण नगरेको वा नपरेको जस्ता विषयलाई मध्यनजर गरी निर्माण इजाजत दिइने व्यवस्था मिलाईने छ । निजी आवास तथा सार्वजनिक भवनहरु निर्माण गर्दा खास गरी भुकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिइने छ । गाउँपालिकाले तोकेको अलग पहिचान झल्किने मोडेलको घर निर्माण गर्दा लाग्ने महशुलमा केही छुट दिने व्यवस्था मिलाईने छ ।
२. गाउँपालिका क्षेत्र भित्रका सार्वजनिक, पर्ति, ऐलानी जग्गाहरुको पहिचान गरी संरक्षण गर्ने कार्यक्रम ल्याइने छ ।
३. यस खानीखोला गाउँपालिकामा उत्पादन भएका कृषि उत्पादन तथा पर्यटकिय दृष्टिकोणले दिनानु दिन लोकप्रिय हुदै आएको परिप्रेक्षमा यहाँको जमिनलाई वस्ती विकास गर्ने, पर्यटकीय होटल, मोटल र रिसोर्ट निर्माण स्थल, औद्योगिक क्षेत्र, जैविक कृषि उत्पादन क्षेत्र तथा कृषि उत्पादन क्षेत्रको रुपमा समय मै निर्धारण नगरेमा भविश्यमा यसको मौलिकता लोप हुन सक्ने जोखिमलाई मध्यनजर गरी आगामी यस आ.व. देखि सो सम्वन्धी भू उपयोग नीति तयार गरी कार्यान्वयन गरिनेछ ।
ज) सम्बन्ध, सहकार्य तथा साझेदारी :
१. खानीखोला गाउँपालिकालाई विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रि««य संघ संस्थासँग भगिनि सम्बन्ध कायम गर्ने नीति लिइनेछ । यस कार्यमा गाउँपालिकाको विशेषता र विशेष पहिचान उजागर हुने गरी प्रकासन सामाग्री तथा डकुमेन्ट्री तयार गरिने छ । साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्बन्ध विस्तार गर्न आवश्यक पहल गरिने छ ।
२. खानीखोला गाउँपालिकाको विशेष पहिचान बोकेको पर्यटन तथा जैविक उत्पादनलाई वजारीकरण गर्दै यसका उत्पादनहरुलाई अझ गुणस्तरीयता प्रदान गर्न विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्यि संघ सस्था तथा निजी क्षेत्रसँगको सहकार्यलाई अगाडि बढाइने छ । यसको लागि आवश्यक श्रोतको व्यवस्था गाउँपालिकाले गर्ने छ ।
झ) राजश्व परिचालन सम्बन्धी नीतिहरु
१. नेपालको संविधानले स्थानीय तहलाई दिएको २२ वटा अधिकार क्षेत्र भित्र रही श्रोत परिचालनलाई समतामुलक, प्रगतिशिल र न्यायपूर्ण पद्धती अपनाई कर तथा राजश्व निर्धारण गरिने छ । सवै सरोकारवाला करदाताहरुको सहभागितामा राजश्व अभिबृद्धि गरी कुल वजेटमा आन्तरिक आम्दानीको अंशलाई बढाउदै लगिने छ ।
२. गाउँपालिकाले राजश्व सुधार कार्ययोजना (च्भखभलगभ क्ष्mउचयखझभलत ब्अतष्यल एबिल) तयार गरी थप राजश्वका क्षेत्रहरुको पहिचान गर्दै आगामी बर्षदेखि राजश्व अभिबृद्धि गर्ने तर्फ उन्मुख गरिने छ ।
३. सम्पति करलाई आ.व. २०७५ साल श्रावण १ गते देखी लागु हुने गरी व्यवस्थित र प्रभावकारी रुपमा अगाडि बढाइने छ । धन्यवाद ।
जय खानीखोला, काभे्र ।