नमोबुद्ध संवाददाता,,,
धुलिखेल–काभ्रेको चौरीदेउराली गाउँपालिकाको तेस्रो गाउँसभाले पारित गरेको आर्थिक वर्ष २०७५।७६ को नीति ,कार्यक्रम र बजेट शनिबार सार्वजनिक गरिएको छ । सडक सञ्जाल पूरा गर्ने देखि घर–घरमा खानेपानीको धारा पुर्याउनेसम्म सम्मका योजना एक औपचारिक समारोहका बिच सार्वजनिक गरिएको हो ।
अध्यक्ष दिनानाथ गौतमले काभ्रेपलाञ्चोक जिल्ला, चौंरीदेउराली गाउँपालिकाको तेस्रो गाउँसभामाप्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७५÷०७६ को बजेट, नीति तथा कार्यक्रम
हाम्रो चौंरीदेउराली गाउँपालिकाको तेश्रो गाउँ सभामा आफ्नो गरीमामय उपस्थिति जनाउनु हुने आदणीय प्रमुख अतिथिज्यू, संघीय सभाका माननीय सांसदज्यू, प्रदेश सभाका माननीय सांसदज्यू, गाउँपालिका स्थित राजनैतिक दलका प्रमुख एव्ं प्रतिनिधिज्यूहरु, गाउँपालिका स्थित सरकारी एवं गैर सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिज्यूहरु, सुरक्षा निकायका प्रमुख, तथा प्रतिनिधिज्युहरु, उपाध्यक्षज्यू, वडा अध्यक्षज्यूहरु, कार्यपालिकाका सदस्यज्यूहरु र गाउँसभाका सम्पुर्ण सदस्यज्यूहरु, पत्रकार मित्रहरु, लगायत यो ऐतिहासिक महत्वपूर्ण समारोहमा उपस्थित सम्पूर्ण महानुभावहरु सबैमा न्यानो अभिवादन सहित हार्दिक स्वागत गर्दछु । साथै यस महत्वपूर्ण अवसरमा राज्यव्यवस्थाको परिर्वतनको लागि १० वर्षे जनयुद्ध र जनआन्दोलनमा आफ्नो अमूल्य जिवनको वलिदान गर्नु हुने सम्पूर्ण महान ज्ञात–अज्ञात वीर शहिदहरुप्रति भावपूर्ण श्रदाञ्जली तथा वेपत्ता योद्धाहरु प्रति सम्झना एवं सम्मान व्यक्त गर्दछु ।
आदरणीय महानुभावहरु,
गत वर्षमा हामी निर्वाचित भएर आउँदा हामी सँग भौतिक संरचनाहरुको अभाव, हामी नितान्त भिन्न प्रकृया र परिवेशवाट नयाँ परिवेश र प्रकृयामा प्रवेश गरेका थियौं । जनताका असीमित माग र अपेक्षाका विचमा सीमित साधन र श्रोतहरुको परिचालन र नितान्त नयाँ अनुभवका विचवाट हामी गुज्रिन वाध्य थियौं र छौं ।
यद्यपी हामीसँग भएको असाध्यै न्युन प्रशासनिक एवं प्राविधिक जनशक्ति प्रर्याप्त साधान र श्रोतको अभावको विचवाट गत २०७४÷०७५ को वार्षिक नीति तथा कार्यक्रमहरु र वजेटको कार्यान्वयनको प्रकृयामा सम्पूर्ण गाउँपालिका परिवार नै हाम फालेर लागीप¥यो काम गर्ने दौरानमा हाम्रा कतिपय स्वभावजन्य, कतिपय, शैलिगत र कतिपय मनोगतवादी सोच, कतिपय अनुभवको अभाव र कतिपय बुझाइमा एकरुपता ल्याउन नसक्नुका कारण केही कमी कमजोरीका वावजुद पनि हामी झण्डै ९५% विकास बजेटलाई सफलाता पूर्वक कार्यान्वयनमा लैजान सफल भएका छौं । नागरिकता मालपोत र नापी लगायतका अन्य कार्यालयहरु स्थानीय तहबाट सञ्चालन गर्न नपाउँदा पूर्ण रुपमा सरकारको प्रत्याभूति दिलान सकिएको छैन ।
गत वर्षलाई फर्केर हेर्दा जनतामाझ गाउँमा सिंहदरवार भन्ने नारालाई कतिपय सवालहरुमा नपुगे पनि धेरै सवालहरुमा भने प्रत्याभुती दिलाउन सफल भएका छौं । लामो समय देखिको निर्वाचित जनप्रतिनिधिको अभावले नेपाली जनसमुदायले आफ्ना आफूवाट निर्वाचित जनप्रतिनिधीलाई आफैंसँग पाई रहनु र सुख दुखको साथी जनप्रतिनिधि नै हुनु भन्ने भावानको विकास क्रमिक रुपमा हुदै गएको छ । भौगोलिक जटिलता, विकाशका पूर्वाधारहरु पूर्ण रुपमा स्थायीत्वकरण हुन नसकेको अवस्थाले शहर र सदरमुकामको पहुँचलाई सरल र सहज वनाउन कठिन भै रहेको यस गाउँपालिकालाई गत वर्ष हामीले सडकलाई प्रथामिकतामा राखेका थियौं भने यस वर्ष खानेपानीलाई प्राथमिकतामा राखिएको छ । आगामी ४ वर्ष भित्रमा सवैका घर घरमा पिउने पानीको धारा पु¥याउने लक्ष्य राखिएको छ ।
विकाशको सफलता भनेको सामुहिक प्रयत्न नै हो । सामुहिक प्रयत्नबाट मात्रै विकास सम्भव हुने हुँदा हामी सबैले एकअर्का प्रतिको समन्वय र सहकार्यलाई इमान्दारीपूर्वक लैजाने हो भने हामी हाम्रा पालामा यो गाउँपालिकाको आमूल परिर्वतन गर्न सक्छौं भन्ने विश्वास लिएका छौं । मुल रुपमा नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदान नै एक मात्र हाम्रो विकाशको आधार रहेको भएता पनि हाम्रो विषेशतामा हामीसँग रहेको श्रोत र साधनहरुको पहिचान एवं परिचालन गर्न सकेमा हामी आत्मनिर्भर बन्न सक्ने आधारहरु पर्याप्त हुँदा हुदै पनि हामी पछि नै परेका छौं भन्ने कुरालाई हामीले मनन गर्नै पर्दछ र नयाँनयाँ खोज र अनुसन्धानमा लागिपर्नु हामी सबैलाई समयले दिएको जिम्मेवारी हो भन्ने कुरामा हामी सम्पूर्ण चौंरीदेउरालीवासीहरु एकमत हुनुको विकल्प छैन ।
आदरणीय महानुभावहरु
अब म यस गरीमामय तेश्रो गाउँ सभामा आगामी आर्थिक वर्ष ०७४÷०७५ मा सञ्चालन गरिने कार्यक्रमहरुको तर्जुमा गर्दा अवलम्वन गरिएका आधारहरुलाई तपाईहरु सामु राख्न गइरहेको छु । नेपाल सरकार, प्रदेश सरकार र आन्तरिक आयश्रोत नै हाम्रा वजेट निर्माणका मुख्य श्रोत हुन् भने यस गाउँपालिकाका प्राथामिकताका क्षेत्रहरुलाई समेट्ने गरी गरिवी न्युनिकरणमा सहयोग पु¥याउने, रोजगारी सिर्जना गर्ने, स्वरोजगारलाई प्राथमिता दिने र छोटो समयमा सम्पन्न भै प्रतिफल दिन सक्ने, कम लगानीबाट वढी जनसंख्यालाई लाभ पुग्ने र जनसहभागीता प्राप्त गर्न सकिने खालका योजनाहरुलाई प्राथमिकतामा राखिएको छ । गाउँपालिकाको वजेटबाट सम्पन्न हुन नसक्ने ठूला ठूला आयोजनाहरुलाई प्रदेश सरकार र केन्द्रिय सरकार समक्ष पु¥याई सम्पन्न गर्न गराउन विषेश पहल गरिने कुरा याँहाहरुलाई विश्वस्त गर्न चाहान्छु ।
आर्थिक विकास
कृषि सिंचाई, तथा पशु विकाश
–गतवर्ष तय गरि पारित गरिएका आर्थिक विकाश सम्वन्धी नीतिहरुलाई निरन्तरता दिदैं यस वर्ष कृषि तर्फ तरकारी तथा फलफुल खेतीलाई प्राथमिकतामा राखी पकेट क्षेत्र निर्माण तथा विस्तार गर्ने र ब्यवसायिक कृषि फर्महरुलाई गाउँपालिकाबाट अनुदानको व्यवस्था गरिएको छ ।
–उत्पादित कृषि उपजहरुलाई संकलन गर्न प्रत्यक वडा १÷१ वटा संकलन केन्द्र निर्माण गरिने छ ।
–प्रत्येक वडामा यस वर्ष न्यूनतम १÷१ वटा गाई भैंसी फर्म संचालन गर्ने किसानहरुलाई बढि मा १ लाख सम्म र्वािषक अनुदानको व्यवस्था गरिएको छ ।
–पशु क्षेत्रमा नस्ल सुधार कार्यक्रम लागू गर्नको लागि यसै वर्षदेखि कृत्रिम गर्भाधान गर्ने कार्यलाई प्रारम्भ गरिने छ ।
–न्युनतम ५ वटा दुहुनो भंैसी पाली र्वािषक न्युनतम ३००० लि. दुध तोकिएको केन्द्रमा लागी विक्री गर्ने किसान वा फर्मलाई आवश्यक कार्यविधि वनाई अनुदान दिने ब्यवस्था गरिएको छ ।
–न्युनतम २५ वटा माउ वाख्रा र २५ वटा खसी बोका नियमित पाल्ने र वार्षीक २५ वटा तोकिएको केन्द्रमा लगी दर्ता गरि विक्री गर्ने किशान, फर्म लाई वढीमा रु. १ लाख सम्म अनुदान दिने व्यवस्था गरिने छ ।
–यसवर्ष किशानहरुलाई आवश्यक विउ, विजन, विरुवा वितरण गरिने छ ।
गाई, भैंसी र वाख्रा पालक व्यावसायिक
–किशानहरुलाई सुधारिएको गोठ निर्माण गर्न बढीमा रु ५० हजार सम्म आर्थिक सहयोग गरिने छ ।
–भौगोलिक सम्भाव्यताको आधारमा कहाँ कुन प्रकारको खेती गर्न सकिन्छ अध्ययन गरि सोही अनुसारका विउ तथा विरुवा उपलब्ध गराउने निति लिइएको छ ।
–यसवर्ष चिया, अलैचि, कफि, कागती र फलफुलका विस्तारित विरुवाहरुको प्राविधिकहरुद्धारा आवश्यक निरीक्षण तथा उपचार गरी अध्ययन गरिनेछ ।
पर्यटन
–गाउँपालिकाभित्र रहेका धार्मिक साँस्कृतिक तथा ऐतिहासिक र पुरातात्विक सम्पदाहरुलाई प्रचार प्रसार गरी पर्यटकीय आर्कषण गर्ने विधिलाई अलवम्वन गरिने छ ।
–पर्यटकीय स्थलहरुको निर्माण, संरक्षण तथा प्रवद्र्धन गर्दै सम्भाब्य होमस्टेहरु संचालन गर्न पहल गरिने छ ।
सामाजिक विकास
शिक्षा :
–गत वर्ष शुरु गरिएको प्राविधिक र विज्ञान संकायका विद्यार्थीहरुलाई दिइएको छात्रावृत्तिलाई यस वर्ष पनि निरन्तरता दिइएको छ ।
–विद्यालयहरुलाई आवसीय बनाइ गुणस्तरीय शिक्षा दिने कुरामा पहल गरिने छ ।
–आगामी शैक्षिक सत्र देखि कक्षा २ लाई अंग्रेजी माध्यमबाट पठन पाठन गरिने छ । यसको लागी आवश्यक तयारी गरिएको छ ।
–गत वर्ष १ जना SEE का सर्वोत्कृष्ट विद्यार्थीलाई दिइएको पुरस्कारलाई यस वर्ष पनि निरन्तरता दिदै थप यसै गाउँपालिकाको कुनै पनि विद्यालयमा अध्ययन गर्ने +२ को सर्वोकृष्ट अंक पाप्त गर्ने विद्यार्थीलाई पनि सोहि बराबरको रकमले पुरस्कृत गरिने छ ।
–यस वर्ष स्थगनमा परेका र डाउन साईज भएको विद्यालयहरुमा मापदण्डभित्र पर्ने गरी विद्यार्थी भर्ना भए आगामी वर्ष पुन सञ्चालन गर्ने र नभए मर्ज गरिनेछ ।
–शिक्षक दरवन्दी मिलानको प्रक्रियालाई यसै वर्षबाट लागू गरिने छ ।
–विद्यालय स्तरका सबै तहका परीक्षाहरुलाई गाउँपालिका स्तरीय वनाई बैज्ञानिक परीक्षा प्रणाली लागू गरिनेछ ।
स्वास्थ्य सम्बन्धी
–गत वर्षका नीति तथा कार्यक्रमहरुलाई निरन्तरता दिँदै गत वर्ष दिइएका केही गम्भीर प्रकृतिका रोगका विरामीहरुलाई दिने आर्थिक सहयोग यस वर्षबाट कटौती गरिएको छ ।
–स्वास्थ्य चौकीहरुमा पर्याप्त औषधीको व्यवस्था गरिनेछ । साथै आवश्यक औजार तथा जनशक्तिको बन्दोवस्त गर्ने व्यवस्था गरिएको छ ।
–गाउँपालिका स्तरीय अस्पतालको लागि जग्गा प्राप्त भै पूर्वाधार बन्ने रकम समेत नेपाल सरकारबाट विनियोजन भैसकेको हुँदा शिघ्रती शिघ्र निर्माण सम्पन्न गरी सेवा सञ्चालन गर्न पहल गरिनेछ ।
–महिला स्वास्थ्य स्वय्ंसेविकाहरुका लागि प्रोत्साहत स्वरुप मासिक रु.५०० का दरले बैठक भत्ता दिने व्यवस्था गरिएको छ । साथै ६० वर्ष उमेर पुगेको स्वय्ंसेविकाहरुलाई सम्मान स्वरुप रु.१५,०००÷– एकमुष्ट प्रदान गरी ससम्मान विदाई गरिनेछ ।
–वडा नं. ४ मा स्वास्थ्य चौकी नरहेको हुँदा जग्गा व्यवस्थापन गरी स्वास्थ्यचौकी स्थापना गर्न पहल गरिनेछ ।
–सबै स्वास्थ्य चौकीहरुमा आवश्यक औजार उपकरण र सामग्रीहरुको व्यवस्थापन गरिनेछ ।
–लैङ्गिक हिंसाका विरुद्ध सचेतना अभिवृद्धि गर्ने व्यवस्था गरिएको छ ।
पुर्वाधार सडकः
–नेपाल सरकार र विभिन्न दात्री निकायबाट आर्थिक सहयोग गरि कालोपत्रे गर्न सुरु गरिएका, स्तरोन्नती गर्न सुरु गरिएका सडकहरुलाई छिटो काम सम्पन्न गर्न गराउन पहल गरिनेछ।
–गाउँपालिका स्तरिय चक्रपथ सडकलाई यथा सम्भव छिटो सम्पन्न गरि सेवा संचालन गरिनेछ।
–भैरहेको सडकहरुलाई स्तरोन्नति गरिनेछ, साथै आवश्यक टोल वस्तीहरुमा सडक पुर्र्याउने र कृषि सडकलाई विस्तार गरिनेछ।
–सडक तथा संरचनाहरु निर्माण गर्दा वातावरणीय सन्तुलनलाई पुर्ण रुपमा ध्यान दिइनेछ।
खानेपानि तथा सरसफाईः
–सुख्खाग्रस्त क्षेत्र घोषित वडाहरुमा आगामी २ वर्ष भित्र स्वच्छ पिउने पानीको ब्यवस्था गारिनेछ।
–भैरहेको प्राकृतिक मुहानहरुको संरक्षण गरि उपभोग गर्न सरल र सहज बनाइनेछ ।
–वृहत चौरीखोला लिफ्टिङ खानेपानी योजनाको काम छिटो भन्दा छिटो प्रारम्भ गराई १ वर्ष भित्रै सम्पन्न गराउन पहल गरिनेछ।
सिंचाईः
–कृषियोग्य भूमिहरुमा सिंचाईको ब्यवस्था गरि कृषि उपजलाई वृद्धि गर्न सिंचाई पोखरी, कुलो र लिफ्टिङ सिंचाई निर्माण गारिनेछ।
–कृषि, स्वास्थ्य तथा सर सफाई बन तथा वातावरण लगायत विकास निर्माणममा सहयोग गर्ने सरकारी एवं गैरसरकारी, संघसंस्थाहरुसँग सहकार्य गरिनेछ।
–साझेदारीको रुपमा काम गर्ने संघसंस्थाहरुलाई विकास निर्माण लगायतका कार्यहरु गर्न र गराउँन साझेदारी कोषको ब्यवस्था गरिनेछ।
–सहकारीलाई संरक्षण एवं प्रवर्धन गर्ने नीतिलाई आत्मसाथ गारिनेछ।
खेलकुद तथा मनोरञ्जनः
–युवाहरुलाई खेलकुद तर्फ आकर्षित गराई, पालिका स्तरिय खेलकुद प्रतियोगिता संचालन गरिनेछ।
–युवाहरुलाई ब्यवसायीक ढंगले स्वरोजगारी बनाउने र विभिन्न ब्यवसायहरुमा जोड्नको लागि प्रयत्न गरिनेछ। यसको लागि विभिन्न निकायहरुसँग समन्वय गरि सिपमुलक, ब्यवसायमुलक र क्षमता अभिवृद्धिका तालिमहरुको ब्यवस्था गरिनेछ।
–आवश्यकता अनुसार सवै वडाहारुमा १ खेल मैदान बनाउने र गाउँपालिका स्तरीय खेल मैदानलाई ब्यवस्थीत गारिनेछ।
–गाउँपालिकाको साँस्कृतिक एवं धार्मिक महत्वका स्थानहरु विभिन्न जाती र समुदायका भाषा धर्म संस्कृति आदिको संरक्षण र सम्वर्धन गारिनेछ।
भवन तथा आवासः
–गाउँपालिका भरीको श्रोत र सम्भावनाहरुको पहिचान गारि परिचालन गर्न गाउँपालिकाको गुरुयोजना निर्माण गर्ने ब्यवस्था गरिएकोछ।
–सबै वडा कार्यालय रहेको भवनहरुलाई आवश्यक मर्मत सम्भार गर्ने ब्यवस्था गरिएकोछ। नयाँ भवनहरु निर्माण गर्न यथासंभव पहल गारिनेछ।
उर्जा(लघु तथा साना जलविद्युतः
–यस गाउँपालिका भित्र रहेका लघु जलविद्युत परियोजनाहरुलाई मिनी ग्रिड वनाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नको लागि आवश्यक पहल गारिनेछ।
–हाल विद्युतिकरण नभएका तर प्रकृयामा प्रवेश गारेका वडाहरुको विद्युतिकरण छिटो सम्पन्न गर्न गराउन पहल गारिनेछ।
सूचना संचारः
–सूचना संचार, इन्टरनेटलाई सबैको पहुँचमा सहज रुपले पुर्र्याउन आवश्यक पहल गारिनेछ।
–गाउँपालिका भित्र पस्ने र निस्कने सबै सिमा जोडिएका सडकहरुमा होर्डिङ वोर्ड स्वागत वोर्ड राख्ने ब्यवस्था गरिएको।
–गाउँपालिकाको सबै निर्वाचित जनप्रतिनिधिहरुलाई न्याय, शुसासन सम्बन्धी क्षेमता अभिवृद्दि गर्ने ब्यवस्था गरिएकोछ।
–Website, Apps, F.M, Online आदी संचालनको ब्यवस्था गरिएको छ । साझेदारी वा ब्यवसायीहरुलाई ँ।ः संचालन गर्न आवश्यक सहयोग गर्ने निती लिइएकोछ।
शुसासन
–गाउँपालिका भित्र हुने सम्पुर्ण विकास योजनाहरुको कडा अनुगमन गर्ने ब्यवस्था गरिएको छ ।उपभोक्ता समिति निर्माण गर्दा सार्बजनिक अनुगमन समिति गठन गर्न र उसको सिफारिसमा मात्र भुक्तानि दिने ब्यवस्था गरिएको छ ।
–५ लाख भन्दा माथि विकास निर्माणका योजनाहरुलाई ठेक्का कोटेशन मार्फत पनि पठाउने ब्वस्था गरिएको छ ।
–प्रत्येक वडाहरुमा १÷१ वटा आमा समूह गठन गर्ने र गठन भई सञ्चालमा रहेका आमा समूह तथा महिला समूहलाई उनीहरुको बचत रकम र परिचालनलाई हेरी प्रोत्साहन स्वरुप रु.५,०००÷– का दरले प्रत्येक समूहलाई दिने व्यवस्था गरिएको छ ।
–गाउँपालिका भित्र संचालन हुने डोजर स्काभेटर जस्ता हेभी ईक्वीमेन्टहरुलाई सूचिकृत गर्ने र मनपरि भाडा ज्याला असुल गर्ने प्रकृयालाई नियन्त्रण गर्न भाडादर कोटेशशन माग गरिनेछ ।
–सूचिकृत नभएको र कोटेशन प्राप्त नगरेका साधनहरुलाई गाउँपालिका भित्र काम गर्ने अनुमानित नदिने नीति लिईएको छ ।
–गाउँपालिका भित्र रहेका सबै उद्योग ब्यापार ब्यवसायीहहरुलाई आफ्नो ब्यवसाय दर्ता गर्न निश्चित अवधि दईने छ र उक्त अवधि नाघेपछि दर्ता गर्दा दर्ता अबिलम्ब शुल्क समेत लिई दर्ता गरिनेछ ।
–सबै उद्योग ब्यवसायीहरुलाई करको दायरा भित्र ल्याईने छ । ऋणमा काम गर्ने र विकास अनुदानको सहि सदुपयोग नहुने प्रबृत्तीलाई अन्त्य गर्न यस बर्ष देखि उधारो काम गर्ने प्रथालाई अन्त्य गरिएको छ । यस आर्थिक बर्ष देखि उधारो काम गरेको वा ऋणमा काम गरेको भुक्तानी गरिने छैन ।
–गाउँपालिका भित्र हाल सम्म संचालनमा रहेका खानेपानी उपभोक्ता समुहहरुको तथ्याङ्क लिने र खाने पानी तथा सरसफाई योजनाहरुलाई ब्यवस्थित नियमित र नियन्त्रण गर्न गाउँपालिका स्तरिय एक खानेपानी बोर्ड समिति वा समन्वय समिति गठन गरिने छ ।
–राजश्व असूली कर, सेवा शूल्क असुली गर्ने कार्यलाई निश्चित समय निर्धारण गरी अभियानको रुपमा सञ्चालन गरिनेछ । आ.व. २०७५÷०७६ साउन देखि एकीकृत सम्पत्ति कर लगाईनेछ । पहिलो चरणमा निर्वाचित जनप्रतिनिधि र शिक्षक कर्मचारी र उद्योग व्यावसायीहरुबाट शुरु गरिनेछ ।
–०७५ अषाढ सम्म को बाँकी बक्यौता मालपोत ०७६ पौष मसान्त भित्र बुझाउने कर दातालाई २५ प्रतिशत छुट दिईने छ र पौष मसान्त भित्रमा नबुझाउने कर दातालाई माघ १ गते देखि २५ प्रतिशत थप जरिवाना सहित असुल गरिने छ ।
–मालपोत तथा व्यवसाय कर संकलन गर्नको लािग प्रत्येक वडामा आवश्यक आवधिक करारमा कर्मचारीको व्यवस्था गरिनेछ ।
–प्राकृतिक श्रोत र साधनको अध्ययन अनुसन्धान गरि परिचालन गर्नको लागि आवस्यकता अनुसार खोला बगरहरुको र पहाडहरुको क्ष्भ्भ् गराउने ब्यवस्था गरिने छ
–आ.व. ०७५÷०७६ को दहत्तर बहत्तर उठान सवारी कर निकासी पैठारी सेवा शूल्क आदि उठान टेन्डर÷कोटेशनको व्यवस्था गरिनेछ ।
–सार्बजनिक स्थान विद्यालय हाता वरिपरि मादक पदार्थ बेचविखन गर्न रोक लगाईने छ
–मादक पदार्थ सेवन गरि सार्कजनिक स्थलमा हो हल्ला गर्ने झै झगडा गर्नेहरुलाई प्रहरी प्रशासन लगाई कार्वाहि गरिने छ ।
–सुरक्षा कर्मसँग समन्वय गरि मादक पदार्थ बिक्रि वितरण गर्ने निश्चित समय र स्थानको निर्धारण गरिने छ ।
–कार्यपालिका र गाउँसभाले पारित गरेको ऐन कानुन नियम नियमावलिहरु र कार्य बिधिहरु सबै राजपत्रमा प्रकाशित गर्ने ब्वस्था गरिने छ ।
–आ.व.को अन्तिम अवस्थामा आएर योजनाहरुको फरफारक गर्ने र भुक्तानी लिने प्रक्रियालाई अन्त गरी यो आ.व. देखि जेठ १५ गतेसम्म मात्र भुक्तानी दिइने छ ।
–गाउँपालिका भित्र सञ्चालन रहेका राष्ट्रिय स्तरका केन्द्र र प्रदेश सरकारबाट सञ्चालित योजनाहरु निर्माण प्रक्रियामा रहेका र ठेक्का लागेका योजनाहरुको अनुगमन गर्न दक्ष प्राविधिक सहितको १ शक्तिशाली अनुगमन समिति गठन गरिनेछ ।
–उचित स्थानमा बसपार्क निर्माण गर्नको लागि आवश्यक पहलकदमी लिइने छ ।
–बजार र जनघनत्वको चाप रहने र रहेका स्थानहरुमा डम्पिङ साइड निर्माणको अध्ययन थालिनेछ ।
–पानीका श्रोत तथा मुहानहरुको संरक्षण गर्न रिचार्ज पोखरीहरु निर्माण गर्ने कार्यको थालनी गरिनेछ ।
अन्तमा, यस गरिमामय सभामा आफ्नो अमूल्य समय, मौसमका कठिन चुनौतिहरुको सामना गर्दै आईपुग्नुहुने माननीय सभासदज्यूहरु लगायत सम्र्पूण उपस्थित महानुभावहरुलाई स–धन्यवाद ज्ञापन गर्दै आफ्नो भनाईलाई यहीँ टुङ्याउँदछौ ।