शिशिर दोङ / धुलिखेल । जिल्लामा रहेको सामुदायिक सिकाई केन्द्र हरुको प्रतिनिधिहरूको दुई दिने गोष्ठीमा धुलिखेलमा सम्पन्न भएको हो । स्थानीय तहका सरकारले सिकाई केन्द्रलाई अझै अपनत्व महसुस नगरेको गोष्ठीमा सहभागी हरुको गुनासो छ । सिकाई केन्द्रद्वारा संचालित निरन्तर कक्षाको समीक्षा तथा पदाधिकारीको क्षमता अभिबृद्धि कार्यक्रम यही असार २७ र २८ सम्पन्न भएको हो ।
“विगतमा स्थानिया तहमा जनप्रतिनिधी नहुँदा कर्मचारीले त सामुदायिक सिकाई केन्द्रलाई बुझेन बुझेन तर जन प्रतिनिधिले त बुझ्नु पर्थ्यो तर उहाँहरुले बुझ्न समेत खोज्नु भएन । हामीलाई त्यसैमा दुःख लाग्छ । सचेतना महिला सामुदायिक सिकाई केन्द्रका सुविद्या त्रिपाठीले भने ।“
शिक्षा विकास तथा समन्वय इकाई काभ्रेका प्रमुख वीर बहादुर राई ,विद्यालय निरिक्षक महान दास लामा लगाएतले पनि सिकाई केन्द्र नेपाल सरकारको मान्यता प्राप्त संस्था भएकोले सम्पूर्ण जनप्रनिधीहरुले बिस्तारैआफ्नै महसुस गर्नु हुनेछ भन्ने कुरामा विश्वस्त रहेको धारणा राख्नु भयो । विगत वर्षहरुमा नेपाल सरकार अनौपचारिक शिक्षा केन्द्र सानठिमी बाट प्राप्त रकमबाट मात्रै ग्रामिण भेगमा कार्यक्रम संचालन गरिरहेका सिकाई केन्द्रलाई यसवर्ष देखि कार्यालयमा सूचना प्रविधि संचालन गर्नका लागि गाउँपालिका भित्रका एक सामुदायिक सिकाई केन्द्रलाई रु दुई लाख रकम विनियोजन गरेको छ ।
यो रकमको लागि गाउँपालिका भित्रका सामुदायीक सिकाई केन्द्रले कार्ययोजना प्रतावना पेश गर्नु पर्छ । यो रकम केही गाउँपालिका भने वितरण गर्न आनाकानी समेत गरेकोछ । “सूचना प्रविधिको जडान को शीर्षकमा आएको बजेट माग गर्दा गाउँपालिका प्रतिनिधिहरूले हामीलाई माथि बाट नै रकम आएको छैन । भनेर टाल टुल गरिरहेकोछ खानिखोला गाउँपालिका अन्तरगतका परिवर्तन सामुदायिक सिकाई केन्द्रका अनिता तामाङको भनाई छ ।
गोष्ठीमा सहभागीहरूले अब प्रत्येक गाउँपालिका तथा नगरपालिकामा रहेका शिक्षा विभागले सामुदायिक सिकाई केन्द्र बारे जानकारी मूलक कार्यक्रम संचालन गर्नु पर्ने कुरामा जोड दिएक थिए । गोष्ठीको सहजीकरण स्रोत व्यत्ती इन्द्र पाण्डे गरेका थिए । हाल सम्म काभ्रेपलाञ्चोक जिल्लामा नेपाल सरकार अनौपचारिक शिक्षा विभाग अन्तर्गत दर्ता भई ३४ वटा सामुदायिक सिकाई केन्द्रहरु सञ्चालनमा छन् ।