जैशिथोक,१२ असार :
थांका तालिमपछि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका ११ जैशिथोक मण्डनका युवामा उत्साह जागेको छ ।
स्थानिय जनजागृति सामुदायिक सिकाई केन्द्रको स्थानिय समन्वयमा ललितकला प्रज्ञा प्रतिष्ठान,परम्परागत तथा शिल्पकला विभागको आयोजनामा ७ दिनसम्म थांका लेखनसम्बन्धी तालिम लिएका उनिहरुमा यो उर्जा मिलेको हो ।
थांका कलाको महत्व,यसप्रति युवाको भविष्य,आर्थिक उपार्जनको अवसरबारे जानकारी पाएसंगै पहिलोचोटी रंग र व्रस चलाएका उनिहरुमा थांकालाई आर्थिक आम्दानीको राम्रो स्रोत बनाउन सकिने विश्वास पलाएको हो ।
तालिमका सहभागि मञ्जु लामाले भन्नभयो‐ “यो तालिमबाट थाहा पाएँकी गाउँमै वसेर पैसा कमाउन सकिने रहेछ,अव हामीलाई निर्धक्क व्रस चलाउन सक्ने गरी ३,४ महिनाको तालिम चाहिन्छ ।”
तालिम समापनको क्रममा आईपुग्नुभएका प्रदेशसभा सांसद लक्ष्मण लम्सालले आर्थिक उपार्जनको राम्रो माध्यम थांका बन्न सक्ने बताउँदै यसमा आवश्यक ज्ञानसीपको विकासका लागि आफु तत्पर रहने प्रतिवद्धता जनाउनुभयो ।
थांकाको बजार स्तिार हुदै गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो–“वाटो बन्नु,विजुली बल्नु मात्रै विकास हैन,सबैभन्दा ठुलो कुरा त ज्ञान सीप हो, यसको विकासमा लागौं,एउटै थांकाबाट लाखौं कमाउन सकिन्छ,किन जानु पर्यो साउदी अरव ?”
उहाँले आ‐आफुमा सिप क्षमताको विकास गरी त्यसै अनुसारको काम गरी स्वरोजगार बन्न सके मुलुक छिट्टै सवृद्धीको उधोगतिमा लाग्ने धारणा व्यक्त गर्नुभयो ।
वडाध्यक्ष माधवप्रसाद न्यौपानेले स्थानिय नागरिकको आर्थिक स्तर उकास्न यस्ता सीप तथा क्षमता अभिवृद्धिका लागि स्थानिय तहबाट बजेट छुट्याईने वचनवद्धता जाहेर गर्नुभयो ।
ललितकला प्रज्ञा प्रतिष्ठान,परम्परागत तथा शिल्पकला विभाग प्रमुख प्राज्ञ निमाग्याम्छो लामाले देश संघियतामा गईसकेको अवस्थामा साँस्कृतिक पर्यटन विकासमा संस्कृतिको प्रवर्दनमा थांकाको विशेष महत्व रहने बताउनुभयो ।
उहाँले भन्नुभयो –“ अब चाईनासंगको नाका खुलेसंगै थांकाले ठुलो बजार लिन्छ,अहिले जत्ति जनशक्ति क्रियाशिल छन् त्यत्तिले धान्न सक्दैन,त्यसैले यसमा राम्रो अवसर छ ।”
उहाँले थप्नुभयो‐“अहिले हामीले तपाईहरुलाई भोक जगाएका मात्र हौं,चहानुभयो भने अहिले स्थानिय तहमै बजेट छन्,तपाईहरु आफैं गर्न सक्नुहुन्छ,भोलीका दिनमा तपाईहरुबबाट जे जत्ति थांका तयार हुन्छ त्यसको वजार प्रवर्दनका लागि पनि तयार छु, मिहेनत गरेअनुसार एउटै थांका १५,२० लाखमा पनि विक्री हुन्छ । ”
जनजागृति विद्यालयका प्रधानाध्यापक पञ्चलाल लामा,सामुदायिक सिकाई केन्द्रका अध्यक्ष राममाया तामाङ ,जनजागृति विद्यालय व्यवस्थापन समिति अध्यक्ष आसमान लामा लगायतले गाउँमा नयाँ विषयको तालिमले सकारात्मक उर्जा प्रवाह गरेको बताउनुभयो ।
गाउँमै आम्दानीको स्रोतको विकास गरी अर्थ उपार्जन गर्नसक्ने उपायको खोजी भईरहेको सन्दर्भमा यसको आवश्यकता पुर्ति गर्न थांका तालिमले कहि हदसम्मको भुमिका खेलेको उनिहरुको भनाई छ ।
उनिहरुको एउटै बोली छ‐“गाउँमै वसेर अर्थ उपार्जन गर्ने दरिलो माध्यम बन्नेगरी सिप सिकाउन सके युवा विदेशिदैनन् की ।”
तामाङ पत्रकार संघ काभ्रेका अध्यक्ष जगत तामाङले थांका व्यवसाय मौलिक संस्कृति प्रवद्र्धनको अलावा आर्थिक आम्दानीको दरिलो स्रोत बन्न सक्ने धारणा राख्नुभयो ।
तालिममा स्थानिय ३३ जना युवा सहभाागि भए । तालिम समापनमा मंगलबार सांसद लक्ष्मण लम्सालका साथै स्थानिय शिक्षक, जनप्रतिनिध,पार्टी प्रतिनिधि,संघसंस्थाका प्रतिनिधिहरु तथा गाउँलेहरु समेतको उपस्थिती रह्यो ।