ऐतिहासिक जलयात्राको नदीको रुपमा स्थापित त्रिशुली लगायतका नदीमा जलयात्रा गर्नेहरु दिनानुदिन बढिरहेका छन्। यसले पर्यटन व्यवसायमा समेत उत्तिकै मद्दत पुर्याएको छ। तर नदी किनारमा रहेका बिभिन्न क्रसर उद्येगले जलयात्राको सौन्दर्य बिगारेका मात्र छैनन, यसको अस्तित्वमै प्रश्न उठाएका छन्।त्रिशुली नदीमा व्यवसायिक रुपमा र्याफिंग संचालन भएदेखि नै यसको चर्चा अर्न्तराष्ट्रिय रुपमा हुन थालेको छ। जलयात्राको लागि साहसिक गन्त्व्यको परिचय बनाएको त्रिशुली नदी विश्वका उत्कृष्ट नदीहरु मध्येको एक मानिन्छ। विदेशमा मात्र नभएर स्वदेशमा पनि यसको चर्चा उत्तिकै छ, त्यसैले त धेरै संख्यामा नेपालीहरु पनि र्याफिंगको मज्जा लिन त्रिशुली नदीमा पुग्छन्।पर्यटकीय उद्योगको रुपमा विस्तारै फस्टाउदै गएको र्याफिटंग व्यवसाय अहिले मारमा परेको छ। धादिंग जिल्लामा दर्जनौको संख्यामा संचालित क्रसर उद्योगका कारण यो व्यवसाय अहिले प्रभावित बन्दै गएको छ। त्रिशुलीको बगरबाट निकालिने बालुवा र गिटीले त्रिशुली नदी दिनप्रतिदिन प्रदुषित बन्दै गएको छ। त्रिशुली नदीको केही भाग बलौटै बगरमा परिणत भएको छ। र्याफिटंगको मज्जा लुट्न आउने स्वदेशी तथा विदेशीहरु त्रिशुली नदीको यो अवस्था देख्दा निराश त हुन्छन् नै, यही व्यवसायबाट जीवन धान्दै आएका गाइडहरु पनि चिन्तीत छन।त्यसो त त्रिशुली नदी संरक्षणको लागि आवाज नउठेका पनि होइनन् तर केवल एकदिने संरक्षणको प्रयासले त्रिशुली नदी खतरामुक्त भने हुनसकेको छैन। नेपाल एशोसिएसन अफ र्याफिंग एजेन्टस् नाराले प्रत्येक वर्ष जलयात्रा पर्वको अवसरमा सामूहिक र्याफिंग मशोत्सवको आयोजना गर्दछ। पर्यटन विकास र संरक्षणको लागि आयोजना गरिने यस्ता कार्यक्रम सराहनीय हुँदाहुँदै पनि यसको मूल उदेश्य भने पूरा हुन सकेको छैन।वातावरणीय दृष्टिकोणले पनि धादिंग जिल्लाको वातारण अहिले प्रदुषित बन्दै गएको छ। त्रिशुली नदीमा थिग्रिदै गएको बालुवाले त्रिशुली नदीको स्वरुपमा पनि क्रमश परिवर्तन ल्याएको छ। विविध रुपमा संचालन गरिएका क्रसर उद्योगले पर्यटन उद्योग व्यवसाय विस्थापित हुने अवस्थामा पुगेको छ। पूर्व वातावरण मन्त्री गणेश साह नदी प्रयोजनको उपयुक्तता हेरी नदीको उपयोग सम्बन्धी निती सरकारले चाँडोभन्दा चाँडो ल्याएमा मात्र नदी संरक्षणको प्रयास सफल हुने बताउँछन्नेपालमा साना र ठूला गरी ६ हजार भन्दा बढी नदी नालाहरु छन्। तीमध्ये केही नदी मात्र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ। विशेषगरि र्याफिटिंग व्यवसायको लागि चर्चित त्रिशुली, भोटेकोशी जस्ता नदीहरु जलविद्युत आयोजनाका लागि प्रस्तावित छन्। जलविद्युत आयोजना संचालन भए यी नदीहरु बगरमा परिणत हुने धेरैको भनाई छ। साथै साहसिक जलयात्राको रुपमा अर्न्तराष्ट्रिय रुपमा ख्याति कमाएका यी नदीको प्राकृतिक सौन्दर्य पनि नष्ट हुने संरक्षणविद्को भनाई छ। तसर्थ राज्यले पर्यटकीय दृष्टिकोणले खासै महत्व नराख्ने नदीबाट जलविद्युत निकाली अर्न्तराष्ट्रिय पहिचान बोकेको यी नदीलाई विकास र प्रदुषणको भुमरीमा पार्न नहुने धेरैको सुझाव छ।