कोरियाली सरकारले बैदेशिक कामदारहरुको  गैरकानुनी बसोबास गर्ने समस्या लाई समाधान गर्ने अभिप्रायले बैदेशिक कामदार हरुको कोरिया बसाई बढाउने भयको छ । श्रम मन्त्रालयको अनुसार अब बैदेशिक कामदारको काम गर्ने अवधि १० वर्ष ८ महिना सम्म हुने भएको छ ।   यसका लागी श्रम मन्त्रालयले  ‘इमान्दार श्रम पछि  स्वदेश फर्केका विदेशी कामदारहरू पुनः कोरिया प्रवेश गरि काम गर्न सक्ने प्रणाली’ लागु गर्ने भएको  छ । यसका लागी श्रम मन्त्रालयले निम्न अनुसारको प्रकिया अवलम्बन गर्ने तयारी गरिरहेको कोरियावाट प्रकाशित एक पत्रिकाले उल्लेख गरेको छ ।उक्त श्रम नीति २००७ को दोस्रो महिना देखि कोरियामा काम गर्ने समय (४ बर्ष १० महिना) निम्न अनुसारको प्रकिया अवलम्बन गर्ने भएको  छ ।

क) चार वर्ष १० महिना एउटै कम्पनीमा काम गरि बसेका कामदारले फेरी उक्त कम्पनीले बोलाउन चाहेमा आउन पाउने । यसका लागि ४ वर्ष १० महिना पुग्नु भन्दा ३० दिन पहिला कम्पनी कामदारसंग श्रम सम्झौता गर्न नोदोम्बु जानु पर्ने तर  ३० जना भन्दा बढी कामदार भएको कम्पनीले यसरी बोलाउन नपाउने ।

ख) ग्रान्डिङ, वेल्डिङ, फलाम र पलास्टीक सम्बन्धि काम गर्ने कम्पनीमा भने ५० जना भन्दा कम कामदार भए पनि बैदेशीक कामदारलाई पुनः रोजगारीका लागि कम्पनीले बोलाउन सक्ने ।

ग) इपिएस लागु हुन भन्दा पहिला ३+३ मा बसेकाहरुका लागि पनि यो नियम लागु हुने । तर कम्पनि परिर्वतनको हकमा  कम्पनीको कारणले परिर्वन गरेकाले मात्र पाउने । कम्पनी परिर्वतन गरेकाहरुले भने नेपालमा गएर बिशेष परिक्षा दिइ पुनः कोरिया प्रवेश गर्न सकिने । विशेष  परिक्षामा घर फर्केकाहरूले मात्र भाग लिन पाउने छन् भने लागु भएका देशमा वर्षमा ४पटक( तीन तीन महिनामा) विशेष कोरियन भाषा परिक्षा  गरिनेछ ।
हाल   भियतनाम, थाइल्याण्ड, इन्डोनेसिया तथा पाकिस्तानमा विशेष कोरियन भाषा प्रणाली लागु भैरहेको छ भने यो वर्षको १० औ महिनासम्ममा उजवेकिस्तान, फिलिपिन, बंगलादेश, कम्बोडिया, मंगोलिया, नेपाल आदिमा विस्तार गर्ने लक्ष रहेको र बाँकी देशमा पनि सम्भब भएसम्म छिटो लागु गर्ने योजना रहको  पत्रिकाले उल्लेख गरेको  छ ।

घ) कम्पनीको कारणले परिर्वन गरेकाहरु लगातार एक वर्ष काम गरेको कम्पनीले फेरी बोलाउन चाहेमा पनि उक्त प्रणालीवाट कोरियामा पुनःआई काम गर्न सकिने भएको छ । आफु खुसि परिबर्तन गर्ने हरु यसमा सहभागी हुन पाउने छैनन् ।

यसका लागि कोरिया छोडेको ९० दिन पछि आउन पाउने ब्यवस्था रहेको छ ।

छ । यसका लागि अन्य भाषा परिक्षा तथा टेनिङ्ग दिनु नपर्ने पनि कोरियाली श्रम मन्त्रालयले जनाएको छ ।

गैर कानुनी बसोबास गरेको कुनै प्रमाण भएका विदेशी कामदारका लागि कुनै मौका नदिइने भएकाले निश्चित रूपमा तोकिएको समयभित्र कोरिया छोड्ने बैदेशिक कामदारले मात्र यो   प्रक्रियामा सहभागी हुन पाउने उक्त पत्रिकाले उल्लेख गरेको छ ।

पुरा जानकारीको लागि सरोकार श्रमिकमा हेर्नुहोस

प्रतिक्रिया दिनुहोस !