मोबाइल फोन खास गरेर इयर फोन बढी प्रयोग गर्नाले तपाई वा तपाईका बच्चाहरूलाई बहिरो बनाउन सक्छ। दैनिक ६ देखि ७ घण्टा मोबाइलको प्रयोग गर्नेहरू बहिरोपनको सिकार भइरहेको कुरा पछिल्लो अनुसन्धानकर्ताले बताएका छन्। मोवाइल फोनमा ६ देखि ७ घण्टा कुरा गर्नुका साथै इयरफोनबाट गीत–संगीत सुन्नेहरू पनि बहिरोपनको सिकार भइरहेका छन्। जो मानिस मोबाइल कम यूज गर्छन् ती मानिसको पनि सामान्य मानिसकोभन्दा सुन्ने द्दमता १५ प्रतिशत कम रहेको पाइएको छ। यस्ता मानिसहरूको संख्या ७० प्रतिशत रहेको बताइएको छ। अध्ययनमा संलग्न मानिसलाई तीन वर्गमा विभाजित गरेर अनुसन्धान गर्दा १३–१९ वर्ष, २० देखि ४५ वर्ष र ४६ देखि ६५ वर्षका मानिस बहिरोपनको सिकार भएको फेला परेका छन्। अन्यको तुलनामा बच्चामा यो समस्या बढी पाईएको छ। स्मरणीय छ, आजभोलि राजधानीमा लगायतका शहर–गाउँ जताततैका के बच्चा के युवा प्रायः जो पनि कानमा इयरफोन लगाएर हिंडेको, काम गरिरहेका भेटिन्छन्। यिनीहरू मध्ये बढीभन्दा बढीले सुन्ने द्दज्ञद्दमता गुमाएर सुन्न सक्ने मिशिन लगाउनै पर्ने बाध्यता आइपरेको पाइएको छ। भारतमा गरिएको अध्ययनमा यो इयरफोन फेसन १३ वर्षसम्म बच्चाका लागि खतरनाक सावित भएको छ, साथै ६५ वर्षका बृद्धा पनि बहिरोपनबाट प्रभावित भइरहेका छन। दिल्लीको मौलाना आजाद मेडिकल कलेजका इएनटी डिपार्टमेण्टको अध्ययनमा १३ वर्ष र ६५ वर्षसम्मका करीब ४०० ब्यक्तिलाई समावेश गरिएको थियो। अस्पतालका डीन र ईएनटी विभागका हेड डा अरुण अग्रवालको भनाई छ, कानमा करीब १५ हजार स्पेशल हेयर सेल्स हुन्छन्, त्यसपछि नर्व्स हुन्छन्। यी जब खराब हुन थाल्छन् तब सुन्ने द्दज्ञद्दमता कम हुन थाल्छ। एक पटक सेल्स खराब भएपछि फेरि सद्धे हुन मुश्किल पर्छ। सुन्ने मतामा कमी आएको कुरा सुरुमा थाहा पत्तो नै हुँदैन। जब थाहा हुन्छ तब उपचार नै नहुनेगरी ३० प्रतिशत सेल्स खराब भइसकेका हुन्छन्।